राष्ट्रिय समाचार
गलेश्वर मन्दिरमा ६ लाख भेटी सङ्कलन

विकल्प न्यूज/बेनी साउन १७ गते । प्रसिद्ध धार्मिकस्थल गलेश्वर शिवालयमा सोमबारसम्म रु छ लाख तीन हजार भेटी सङ्कलन भएको छ । म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको गलेश्वर शिवालय मन्दिरमा साउन महिनाको तेस्रो सोमबारसम्म सो भेटी सङ्कलन भएको हो । मङ्गलबार सरोकारावाला निकायको उपस्थितिमा मन्दिर परिसरमा भेटी गनेर सार्वजनिक गरिएको हो । गलेश्वर शिवालय क्षेत्र विकास […]
मराङकी गर्भवतिलाई हेलिकप्टरबाट उद्दार

विकल्प न्यूज\बेनी साउन १६ गते । धवलागिरि गाउँपालिका ६ मराङकी एकजना गर्भवतिको मंगलबार हेलिकप्टरबाट उद्दार गरी पोखरा पु¥याइएको छ । प्रसुति ब्यथा लागेर छटपटिएकी ३२ वर्षीय दीपा पुन केसीको गण्डकी प्रदेशको स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय र धवलागिरि गाउँपालिको समन्वयमा उद्दार गरिएको हो , गर्भवति केसी मंगलबार विहान सुत्केरी हुनका लागि मराङ स्वास्थ्य चौकीमा पुग्नुभएको […]
अर्मनको शिरमा सुन्दर पर्यटकीय गन्तव्य चाङ्गा (फोटोफिचर)

प्रताप बानियाँ / बेनी साउन १६ गते । यतिबेला जताततै हरियाली छाएको छ । डाँडाकाँडाहरु पनि निकै हरियाली देखिएका छन् । खोलानाला समेत सुस्साउन थालेका छन् । ग्रीष्म ऋतुको समय गर्मी हपक्कै बढेको छ । विगतको तुलनामा यसवर्ष गर्मी अत्यधिक महसुस भैरहेको छ । वर्षायामको मौसम छिनछिनमा बदलिन्छ । मौसमले एकैछिनमा अनेक रुप फेरिदिन्छ । […]
साइबर अपराध मुद्दामा म्याग्दीका एक युवा मलेशियामा पक्राउ

विकल्प न्यूज/बेनी साउन १६ गते । बैदेशिक रोजगारका क्रममा मलेशिया पुगेका म्याग्दीका एक युवा साइबर अपराध मुद्दामा पक्राउ परेका छन् । एक युवतीलाई सामाजिक संजालमार्फत चरित्रहत्या गरेको आरोपमा इन्टरपोलको सहयोगमा मलेशियाबाट मंगला गाउँपालिका– ५ सिर्कुमका प्रकाश विक लाई प्रकाउ गरेको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ । सामाजिक संजालबाट चिनजान भएकी युवतीको म्यासेन्जरमा भिडियो कलका […]
म्याग्दीमा बढ्दै डेंगु र स्क्रब टाइफस

साउन १६ गते । म्याग्दीमा पछिल्ला वर्षहरूमा डेंगु तथा स्क्रब टाइफसको बिरामीको सङ्ख्या बढ्दै गएको छ । पछिल्ला केही वर्षको तथ्याङ्क हेर्दा परजीवीको टोकाइबाट लाग्ने रोगका बिरामीको सङ्ख्या बढेको हो । सन् २०१९ देखि २०२३ सम्मको अवधिमा लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु रोगका बिरामी ३१७ पुगेका छन् भने मुसामा हुने किर्नाको टोकाइबाट लाग्ने स्क्रब टाइफसका बिरामीको […]
जलजलामा शैक्षिक गुणस्तर बढाउन अभिभावकलाई शिक्षा

विकल्प न्यूज/जलजला साउन १५ गते । पर्वतको जलजला गाउँपालिकाले शैक्षिक गुणस्तर बढान अभिभावकलाई शिक्षा कार्यक्रम सुरु गरेको छ । जलजला गाउँपालिकाले स्थानीय तहभित्रका सबै विद्यालयमा ‘अभिभावक शिक्षा’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। विद्यार्थीलाईअनुकुल वातावरण निर्माण गर्दै उनीहरूको सिकाइमा थप सहजीकरणका लागि ‘अभिभावक शिक्षा’ को खाँचो देखिएकाले जलजलामा रहेका ४७ वटै सामुदायिक विद्यालयका अभिभावकहरूलाई शिक्षा दिन […]
कालीगण्डकीमा जिप फालेर फरार चालक काठमाडौंमा पक्राउ

विकल्प न्यूज\बेनी साउन १५ गते । बेनी–जोमसोम सडक अन्तर्गत म्याग्दीको महभीर–भीरकाटे खण्डबाट साउन १० गते कालीगण्डकीमा जिप खसेपछि फरार भएका चालक काठमाडौंमा भेटिएका छन् । ग २ च १०३१ नम्बरको बोलेरो जिप भीरबाट खसालेपछि बेपत्ता मालिका गाउँपालिका, ५ देवीस्थानका चालक कम्लेस परियार आइतबार काठमाडौंमा फेला परेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले पुष्टी गरेको छ । सदरमुकाम […]
प्राविधिक शिक्षा : सिक्दै, कमाउँदै छन् विद्यार्थी

बेनी, साउन ११ गते । म्याग्दीको मालिका गाउँपालिका–७ बिममा रहेको किसानी माविमा सञ्चालित प्राविधिक शिक्षा प्रभावकारी बनेको छ । किसानी प्राविधिक शिक्षालय अन्तर्गत बाली विज्ञान र पशु विज्ञान विषय अध्ययन गर्दै आएका विद्यार्थीलाई लक्षित गरी सञ्चालित सिक्दै कमाउँदै कार्यक्रम फलदायी बनेको हो । शिक्षालयको बाली विज्ञानतर्फका विद्यार्थीले प्रयोगात्मक सिकाइका लागि गरेको तरकारी खेती व्यावसायिक नै […]
म्याग्दीका तीन सामुदायिक वन उपभोक्ता समितिलाई उत्कृष्ट पुरस्कार

ठाकुरप्रसाद आचार्य\बेनी साउन ९ गते । डिभिजन वन कार्यालय म्याग्दीले जिल्लाका तीनवटा सामुदायिक वन उपभोक्ता समितिलाई पुरस्कृत गरेको छ । गत आर्थिक वर्ष २०७९\८० मा वन संरक्षणमा जिल्लामा अब्बल ठहरिएका सामुदायिक वन उपभोक्ता समितिहरुलाई नगद सहित पुरस्कृत सहित सम्मान गरिएको हो । सामुदायिक वनको संरक्षण र व्यवस्थापन गतिविधिहरुमा आधार मानेर तीनसय १४ सामुदायिक वन उपभोक्ता […]
कुवापानीको पहिरोले जलजलाका पाँच बस्ती जोखिममा

विकल्प न्यूज/बेनी साउन ९ गते । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका-५ कुवापानीको पहिरोले ५ वटा बस्ती जोखिममा परेको छ । पहाडको डिल चिरा परेर जंगलमा खसेको पहिरो लेदो बनेर बग्न थालेपछि सयौं रोपनी खेतीयोग्य जमिनमा क्षति पुग्नुका साथै ६ घरपरिवार विस्थापित भएका छन् । ती बस्तीका एक सयभन्दा बढी घर जोखिममा परेका […]
बाख्रा चराउँदै माओवादीका पूर्वकमाण्डर गमबहादुर श्रीसमगर

ठाकुरप्रसाद आचार्य म्याग्दी (बेनी), साउन ९ गते । गमबहादुर श्रीसमगर एक दशकअघिसम्म तत्कालीन नेकपा (माओवादी) ले सञ्चालन गरेको १० वर्षे जनयुद्धका कमान्डरका रूपमा परिचित हुनुहुन्थ्यो। पार्टीको पूर्णकालीन कार्यकर्ता भएर उहाँ सेना र प्रहरीसँगको धेरै लडाइँमा सहभागी हुनुभयो। द्वन्द्व सकिएपछि मगरलाई म्याग्दीवासीले आगामी नेताका रूपमा लिने गर्थे तर अहिले उहाँको परिचय फेरिएको छ। उहाँ अहिले जिल्लामै […]
राज्यको संयन्त्र नै सुन तस्करीमा लागेको एमाले नेता बस्नेतको आरोप

विकल्प न्यूज/बेनी साउन ६ गते । नेकपा एमालेका पोलिट व्युरो सदस्य एवं युवा इन्चार्ज महेश बस्नेतले राज्यको संयन्त्र नै सुन तस्करीमा लागेको आरोप लगाउनुभएको छ । ‘नवीनता, सिर्जनशीलता र गतिशिलता’ भन्ने नारासहित राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी म्याग्दीको दोस्रो पूर्ण वैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । राष्ट्रिय युवा […]
बेनी सामुदायिकका विद्यार्थीलाई बस सेवा

ठाकुरप्रसाद आचार्य/म्याग्दी साउन ६ गते । म्याग्दीको सदरमुकाम स्थित बेनी सामुदायिक माध्यमिक विद्यालयले विद्यार्थीको सुविधा लागि बस सेवा संचालन गरेको छ । जिल्लाका सामुदायिक विद्यालयहरु मध्य बस सेवा संचालन गर्ने बेनी सामुदायिक पहिलो बनेको हो । बस सेवा संचालन हुनेभएपछि विद्यार्थीहरु खुसी भएका छन् । गण्डकी प्रदेश सरकार अन्तर्गतको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र […]
छ वर्षमा पनि पूरा भएन बेनी अस्पताल भवन

म्याग्दी, साउन ६ गते । बेनी अस्पतालको ५० शय्या क्षमताको भवन निर्माणले छ वर्षमा पनि पूर्णता पाउन सकेको छैन । चार वर्षअघि सकिनुपर्ने भवनको हालसम्मको भौतिक प्रगति ७५ प्रतिशत छ । भवन निर्माणमा भएको ढिलासुस्तीका कारण बिरामीको उपचार प्रभावित भएको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले बताउनुभयो । “पचारस शय्या क्षमता भए पनि […]
प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्सको लिडर्स–मिट कार्यक्रम

प्रताप बानियाँ\म्याग्दी साउन ४ गते । प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको बागलुङमा लिडर्स–मिट कार्यक्रम सम्पन्न भएको छ । गएको असार २९ गते महालक्ष्मी लाईफ इन्स्योरेन्स र प्रभु लाईफ गाभिएर प्रभु महालक्ष्मी लाईफ बनेपछि इन्स्योरेन्सको पहिलोपटक हिजो (बुधवार) बागलुङ बजारमा कार्यक्रम गरिएको हो । बागलुङमा देशैभरीबाट इन्स्योरेन्सका एजेन्सी लिडर्सहरुसँग भेटघाट तथा अन्तत्र्रिmया कार्यक्रम सम्पन्न गरिएको प्रभु […]