विकल्प न्यूज/बेनी
बैशाख १७ गते ।

म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा (खम्बिर) उर्जा,जलस्रोत तथा सिँचाई राज्यमन्त्रीमा नियुक्त हुनुभएको छ । नेपाली कांग्रेस म्याग्दीका सभापति समेत रहनुभएका गर्बुजालाई बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले राज्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
राष्ट्रपति पौडेलले गत असार ३१ गते गठित मौजुदा मन्त्रिपपरिषद्मा संविधानबमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गर्बुजालाई बुधबार राज्यमन्त्री पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । यसअघि कांग्रेसबाटै ऊर्जा राज्यमन्त्री रहेका पूर्णबहादुर (कान्छाराम) तामाङलाई वैशाख १० गते प्रधानमन्त्री केपी शर्मा ओलीले बर्खास्त गर्नुभएको थियो । गर्बुजा संघीय सरकारको राज्यमन्त्रीमा नियुक्त भएसँगै म्याग्दीवासीमा खुसी छाएको छ ।