साइबर अपराध मुद्दामा म्याग्दीका एक युवा मलेशियामा पक्राउ

विकल्प न्यूज/बेनी
साउन १६ गते ।

बैदेशिक रोजगारका क्रममा मलेशिया पुगेका म्याग्दीका एक युवा साइबर अपराध मुद्दामा पक्राउ परेका छन् । एक युवतीलाई सामाजिक संजालमार्फत चरित्रहत्या गरेको आरोपमा इन्टरपोलको सहयोगमा मलेशियाबाट मंगला गाउँपालिका– ५ सिर्कुमका प्रकाश विक लाई प्रकाउ गरेको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सामाजिक संजालबाट चिनजान भएकी युवतीको म्यासेन्जरमा भिडियो कलका क्रममा भएका अश्लील सम्वादको भिडियो रेकर्ड गरी सामाजिक संजालमा अपलोड गरेको पीडित युवतीको आफन्तको उजुरीपछि उनलाई साईवर ब्यूरोले इन्टरपोलको सहयोगबाट मलेशियाबाट प्रकाउ गरिएको साईवर ब्यूरोका सूचना अधिकारी पशुपति कुमार रायले प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गर्नुभएको छ।

प्रकाउ परेका विकलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तरगतको कसुरमा जिल्ला अदालत काठमार्डौँमा पेश गरी थप अनुसन्धान भईरहेको छ ।