राष्ट्रिय समाचार

बैसरीको पहिरोबाट खसेको ढुङ्गा लागेर चालक घाईते

विकल्प न्यूज/बेनी साउन २४ गते । बेनी–जोमसोम सडकखण्ड अन्तरगत बैसरीमा गएको पहिरोबाट खसेको ढुङ्गा लागरे एक जना सवारी चालक घाईते भएका छन् । रघुगंगा गाउँपालिका– २ बैसरीमा गुडिरहेको बोलेरो जीपमा खसेको ढुङ्गा लाग्दा जीप चालक ४० बर्षिय लुक्चन गर्वुजा घाईते भएका छन् । बेनीबाट अन्नपूर्ण गाउँपालिका– ७ तिप्ल्याङ जादै गरेको ग १ ज ६८२० नम्वर […]

संगीतकर्मी संघले तिज गीत प्रतियोगिता आयोजना गर्ने

विकल्प न्युज/ बेनी साउन २४ गते । राष्ट्रिय संगीतकर्मी संघ म्याग्दीले हरितालिका तिज पर्व २०८० को पावन अवसर पारि जिल्ला स्तरीय खुल्ला तिज गीत प्रतियोगिता आयोजना गर्ने भएको छ । संघले बुधबार बेनीमा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताको बारेमा जानकारी गराएको हो । संघका अध्यक्ष गाकुल विश्वकर्माले तिजको अवसरमा भाद्र २९ गते महिला अधिकार, बाल […]

बेनीमा गोलभेडाको मुल्य एकसय पचास पुग्यो

ठाकुरप्रसाद आचार्य/म्याग्दी साउन २३ गते । म्याग्दीको सदरमुकाम बेनीमा गोलभेडाको मुल्य प्रतिकिलो एकसय पचास पुगेको छ । दुईहप्ता अघिसम्म ८० देखि ९० रुपियाँमा किनबेच भइरहेको गोलभेडा एकहप्ता यता मुल्य ह्वातै बढेको हो । मुल्य बढ्दा किसानलाई फाइदा भएको छ भने उपभोक्ताले चर्को मुल्यमा खरिद गर्नुपर्ने बाध्यता भएको छ । नेपाली गोलभेडा भारतीय बजारमा जानथालेका कारण […]

राहुघाट–तातोपानी सडकखण्डमा रातको समयमा यातायात आवागमन बन्द

बेनी, साउन २३ गते ।  बेनी–जोमसोम सडकको राहुघाट–तातोपानी खण्डमा रातमा सवारी आवागमन बन्द गरिएको छ । यस खण्डको बैसरीलगायतका क्षेत्रमा पहिरो गई बारम्बार यातायात अवरुद्ध हुन थालेपछि रातको समयमा सवारी आवागमन बन्द गरिएको हो । सोमबार जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाको अध्यक्षतामा बसेको सर्वपक्षीय समन्वय बैठकले ठाउँठाउँमा पहिराको कारण दैनिकजसो सडक आवागमन अवरुद्ध हुने […]

मालिका गाउँपालिकाको गत आवको प्रगति प्रतिवेदन सार्वजनिक

 विकल्प न्यूज/बेनी साउन २३ गते ।  म्याग्दीको मालिका गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० को प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । गाउँपालिकाको केन्द्र दरवाङमा सोमबार आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्कीले प्रतिवेदन सार्वजनिक गर्नुभएको हो । गत वर्ष रु. ५८ करोड १८ लाख ४४ हजार ६७७ बिनियोजन भएकोमा रु. ४१ करोड ६१ लख […]

साउनको चौथो सोमबार बेनीको शिवालय मन्दिरमा भक्तजनहरु (फोटोफिचर)

विकल्प न्यूज/बेनी साउन २२ गते । साउनको चौथो सोमबार बेनी स्थित शिवालय मन्दिरमा भक्तजनहरुले पुजाआजा र दर्शन गरेका छन् । मनोकामना पुरा हुने विश्वासले सोमबार मन्दिरमा भक्तजनहरु पुगेका छन् । मन्दिरमा म्याग्दीका साथै पर्वत र बागलुङबाट पनि भक्तजनहरु आएको शिवालय मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विक्रम श्रेष्ठले जानकारी दिनुभयो । चारसय वर्ष पुरानो एतिहासिक शिवालय मन्दिर […]

घारखोला जलविद्युत् आयोजनाको परीक्षण सफल

 विकल्प न्यूज\बेनी साउन २१ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माण भएको १४ मेघावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको परीक्षण सफल भएको छ । म्याग्दी हाइड्रोपावर प्रालिले निर्माण गरेको घारखोला जलविद्युत् आयोजनाको परीक्षण सफल भएपछि उत्पादित विद्युत् आजदेखि केन्द्रीय प्रसारण लाइनमा आबद्ध गराइएको छ । आयोजनाका आवासीय इञ्जिनियर जोसेप बज्राचार्यले सबै परीक्षण सफल भएपछि घारखोलाको विद्युत् दाना […]

जामुनाखर्क मावि र विद्यामन्दिर आविमा शैक्षिक सामग्री वितरण

विकल्प न्यूज/बेनी साउन २१ गते । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले बेनी नगरपालिका ६ का दुई विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । आईतवार अर्थुङेमा रहेको जामुनाखर्क माध्यामिक विद्यालयमा अध्ययनरत ९ जना र विद्यामन्दिर आधारभूत विद्यालय जामुनाखर्कमा अध्ययनरत ३४ जना विद्यार्थीहरुलाई झोला, कपी, कलम, पेन्सिल, लगायतका शैक्षिक सामग्री […]

जलजलामा अभिभावक शिक्षा कार्यक्रम मार्फत शैक्षिक जागरण

विकल्प न्यूज/बेनी साउन १९ गते । पर्वतको जलजला गाउँपालिकाले शैक्षिक गुणस्तर बढाउन पहिलो चरणको ‘अभिभावक शिक्षा’ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमले पालिका भित्र शैक्षिक जागरण ल्याएको विश्वास गरिएको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउन अभिभावकहरुलाई जागरुक बनाउन अभिभावक शिक्षा कार्यक्रम संचालन गरिएको थियो । घरमा विद्यार्थीलाई पढ्नका लागि अनुकुल वातावरण बनाउने, छोराछोरीको शिक्षाप्रति […]

म्याग्दीमा साढे १६ किलोमिटर सडक कालोपत्र

ठाकुरप्रसाद आचार्य/म्याग्दी साउन १९ गते । म्याग्दीमा एक वर्षको अवधिमा साढे १६ किलोमिटर ग्रामिण सडक कालोपत्र भएको छ । गत आर्थिक वर्ष २०७९ \८० मा पूर्वाधार विकास कार्यालय,स्थानीय तह र सहरी विकास मन्त्रालय अन्तर्गतको स्थानीय पूर्वाधार विकास कार्यालय कास्कीले गरेर जिल्लाभर १६ क्रिलोमिटर पाँचसय ३० मिटर सडक कालोपत्र गरिएको हो । सडक कालोपत्र भएपछि दुर्घटनाको […]

गलेश्वरमा थपिँदै ठूला होटल

विकल्प न्यूज\बेनी साउन १८ गते । म्याग्दीको बेनी नगरपालिका ९ स्थित प्रशिद्ध धार्मिक स्थल गलेश्वर धाममा पर्यटक आगमन बढेसँगै नयाँ होटल खुल्ने क्रम बढेको छ । कालिगण्डकी करिडोरमा पर्ने गलेश्वर शिवालय पछिल्लो समय धार्मिक पर्यटनको गतिलो गन्तव्यका रुपमा विकास हुँदै जान थालेको छ । मुस्ताङको प्रवेशद्धारका रुपमा समेत परिचित गलेश्वर धाम दर्शनका लागि पछिल्ला केही […]

कृष्णप्रसादको रहर लाग्दो भैंसीपालन (भिडियो सहित)

ठाकुरप्रसाद आचार्य/म्याग्दी साउन १८ गते । बेनी नगरपालिका ७ टुनीखर्क स्थित भैंसी गोठमा पुग्दा ४२ वर्षीय कृष्णप्रसाद शर्मा दुध दुहुदै हुनुहुन्थ्यो । दुध बजारमा पु¥याउन शर्मालाई हतारो थियो । गोठ दुहुना भैंसीले भरिएको छ । सवै भैंसी मोटा र रिष्ठपुस्ट देखिन्थे । कृष्णप्रसादको परिवार र कामदार सवैजना भैंसी र गाईलाई दानापानी दिन व्यस्त देखिन्थे । […]

मृतकको भत्ता वडा सचिवको खल्तीमा

विकल्प न्यूज/बेनी साउन १८ गते । म्याग्दीको रघुगंगा गाउँपालिका–१ की वडासचिव सरस्वती आचार्यले मृतक लगायत पाँचजनाको सुरक्षा भत्तामा अनियमितता गरेको खुलासा भएको छ। वडासचिव आचार्यले लाभग्राहीको बैंक चेकमा आफैंले हस्ताक्षर र औँठाछाप लगाएर सामाजिक सुरक्षा भत्तामा अनियमितता र हिनामिना गरेको उजुरी परेपछि गत असार १९ गते गाउँपालिकाले तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो। गाउँपालिकाका […]

बेनीका सुप्पन श्रेष्ठले मनाए बालगृहका बालबालिका सँग जन्मदिन

विकल्प न्यूज\बेनी साउन १७ गते ।   म्याग्दी बेनी बजारका एक युवाले बालगृहका अनाथ बालबालिकासँग खुसी साट्दै आफ्नो जन्म दिन मनाएका छन् । रोजगारीका क्रममा अष्ट्रेलिया जानुभएका बेनी नगरपालिका वडा नम्बर ७ भिमसेन टोलका सुप्पन श्रेष्ठले बुधवार बाल संगठनद्धारा संचालित बालगृहमा आश्रय लिएर बसेका अनाथ बालबालिकासँग जन्म दिनको खुसी साट्नुभएको हो । श्रेष्ठ एक हप्ता […]

गलेश्वर मन्दिरमा ६ लाख भेटी सङ्कलन

 विकल्प न्यूज/बेनी साउन १७ गते ।  प्रसिद्ध धार्मिकस्थल गलेश्वर शिवालयमा सोमबारसम्म रु छ लाख तीन हजार भेटी सङ्कलन भएको छ । म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको गलेश्वर शिवालय मन्दिरमा साउन महिनाको तेस्रो सोमबारसम्म सो भेटी सङ्कलन भएको हो । मङ्गलबार सरोकारावाला निकायको उपस्थितिमा मन्दिर परिसरमा भेटी गनेर सार्वजनिक गरिएको हो । गलेश्वर शिवालय क्षेत्र विकास […]