बेनीका सुप्पन श्रेष्ठले मनाए बालगृहका बालबालिका सँग जन्मदिन

विकल्प न्यूज\बेनी
साउन १७ गते ।

  म्याग्दी बेनी बजारका एक युवाले बालगृहका अनाथ बालबालिकासँग खुसी साट्दै आफ्नो जन्म दिन मनाएका छन् । रोजगारीका क्रममा अष्ट्रेलिया जानुभएका बेनी नगरपालिका वडा नम्बर ७ भिमसेन टोलका सुप्पन श्रेष्ठले बुधवार बाल संगठनद्धारा संचालित बालगृहमा आश्रय लिएर बसेका अनाथ बालबालिकासँग जन्म दिनको खुसी साट्नुभएको हो । श्रेष्ठ एक हप्ता अघि बेनी आउनुभएको थियो ।

जन्म दिनका अवसरमा श्रेष्ठ सहितको परिवार दिउसो बालगृहमा पुगेर बालबालिका सँग खुसी साटेका हुन । जन्मदिनका अवसरमा बालबालिका सँगै बसेर श्रेष्ठ परिवारले खाजा खानुका साथै चामल,तेल,दाल लगायत करिब ६ हजार बराबारको खाद्यन्न सामग्री सहयोग गर्नुभएको छ ।

 

बालगृहमा आश्रय लिएर बसेका बालबालिकाको सहयोगका लागि आफूले अष्ट्रेलियामा सहयोग जुटाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । श्रेष्ठले भन्नुभयो, ‘‘जन्मदिनका अवसरमा फजुल खर्च गर्नुभन्दा अनाथ बालबालिका सँग बसेर खुसी साट्न पाउँदा आनन्द मिलेको छ । विदेश फर्किएपछि बालबालिकालाई केही सहयोग जुटाउन पहल गर्दछु ।’’
पछिल्लो समय बालगृहका बालबालिकासँग बसेर जन्मदिन मनाउने प्रचलन बढेको छ । बालगृहमा अहिले ८ जना अनाथ बालबालिकाले आश्रय लिएका छन् ।