बैशाख १६ गते ।

पर्वतको जलजला गाउँपालिका ५ लेखफाँट निवासी प्राडा. जगन्नाथ रेग्मी पोखरामा सम्मानित हुनुभएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठान स्थापनाको चौथो वर्षको अवसरमा आयोजित समारोहमा सामाजिक विकास युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले रेग्मीलाई नगद ५० हजार रुपियाँसहित ताम्रपत्रले सम्मान गर्नुभएको हो ।
रेग्मीका सिर्जना, समालोचना र अनुसन्धानका दर्जन कृति प्रकाशित छन् । उहाँ पूर्वीय वाङ्मयका विशिष्ट विद्वान् र समकालीन पुस्तामा शास्त्रीय छन्दका प्रखर कवि हुनुहुन्छ । प्राध्यापनका साथै सिर्जना कर्म र अनुसन्धानलाई सँगसँगै अगाडि बढाइ रहनुभएका रेग्मीले तीन दशकदेखि गरेको साहित्यिक र प्राज्ञिक योगदानको मूल्याङ्कन गर्दै सम्मान प्रदान गरिएको हो ।
सो समारोहमा प्राज्ञ मुकुन्दशरण उपाध्यायसहित अन्य स्रष्टालाई संस्कृति, कला लगायतका विभिन्न विधामा योगदान गरेबापत सम्मान गरिएको थियो । gorkhapatra