ताजा समाचार:
Search

बैसरीको पहिरोबाट खसेको ढुङ्गा लागेर चालक घाईते

विकल्प न्यूज/बेनी
साउन २४ गते ।

बेनी–जोमसोम सडकखण्ड अन्तरगत बैसरीमा गएको पहिरोबाट खसेको ढुङ्गा लागरे एक जना सवारी चालक घाईते भएका छन् ।

रघुगंगा गाउँपालिका– २ बैसरीमा गुडिरहेको बोलेरो जीपमा खसेको ढुङ्गा लाग्दा जीप चालक ४० बर्षिय लुक्चन गर्वुजा घाईते भएका छन् । बेनीबाट अन्नपूर्ण गाउँपालिका– ७ तिप्ल्याङ जादै गरेको ग १ ज ६८२० नम्वर बोलेरो जीपमा पहिरोबाट खसेको ढुङ्गा लागेको थियो । घाईतेलाई अन्य सवारीचालकले उद्वार गरी उपचारका लागि बेनी अस्पताल ल्याईएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । गर्वुजाको बेनी अस्पतालमा उपचार भईरहेको छ। बर्षातपछि निरन्तर खसेको पहिरोले चारदिनदेखि बन्द भएको यो सडक बुधबार आंशिक रुपमा खुलेको थियो ।