राष्ट्रिय समाचार
म्याग्दीमा भेटियाे अनौठाे भैंसी
सन्तोष गौतम बेनी १ असार । म्याग्दीका कृषकले पालेको एउटा भैसीले लगातार चार वर्षदेखि दूध दिईरहेको छ । बेनी नगरपालीका २ रोहोटेकापानीका कुलानन्द र गिताकुमारी रिजालले पाल्नुभएको भैसीले २०७१ देखि हालसम्म निरन्तर दूध दिईरहेको हो । वि.स २०७१ साउन २५ गते ब्याएको भैसीले त्यसपछि नब्याएको र बिहान, बेलुकी दूध दिईरहेको कृषक रिजालले बताउनुभयो । रिजालले […]
नेकपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया
विकल्प न्यूज/बेनी असार १ गते । पार्टी एकताको घोषणा गरेका तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र सम्मिलित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीको आयोजनामा अगुवा कार्यकर्ता भेला एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ‘माक्र्सवाद लेनिनवादको प्रकाशमा पार्टी एकतालाई सुदृढ गरौं, लोककल्याणकारी स्थायी सरकारमार्फत समाजवादको यात्रामा अघि बढौं’ भन्ने मूल नारासहित सदरमुकाम बेनीमा नगरपालिकास्तरीय अगुवा कार्यकर्ता […]
जलजलाका कृषकलाई एक्काईस लाख अनुदान वितरण
सन्तोष गौतम/विकल्प न्यूज बेनी १ असार । पर्वतको जलजला गाउपालिकाले कृषकहरुलाई व्यवसायिक पशुपालनतर्फ आकर्षित गराउन यस वर्ष २१ लाख रुपैयाँ भन्दा बढी अनुदान वितरण गरेको छ । गाउँपालिकाको पशु सेवा शाखाले व्यवसायिक गाईभैसी, बाख्रा र कुखुरापालनमा कृषकहरुलाई आकर्षीत गरी मासु, दुध र अण्डाको उत्पादन वृद्धी गरी आत्मनिर्भर बनाउने उद्देश्यले अनुदान वितरण गरेको हो । विभिन्न […]
मल्लाजमा ज्येष्ठ नागरिकलाई सम्मान
सन्तोष गौतम/विकल्प न्यूज मल्लाज ३१ जेठ । पर्वतको जलजला गाउँपालिका ३ का ८० वर्ष भन्दा बढी उमेरका ज्येष्ठ नागरिकहरुलाई बिहीबार सम्मान गरिएको छ । गाउँपालिका अन्तरगत ३ नम्बर वडा कार्यालयले ३६ जना ज्येष्ठ नागरिकहरुलाई नगद एक हजार रुपैयाँ सहित, झुल र दोसल्ला ओढाएर सम्मान गरेको हो । जेष्ठ नागरिक सम्मान कार्यक्रममा वडाको प्रस्तावमा गाउँपालिकाले ७५ […]
दुर्गम र कान्छो वडालाई उपेक्षा गरिएको जनप्रतिनिधिको गुनासो
सन्तोष गौतम/विकल्प न्यूज डाँडागाउँ ३० जेठ । म्याग्दीको मालीका गाउँपालीका ३ को वडा कार्यालयमा पूर्वाधार र दरबन्दि अनुसारका जनशक्तिको अभावमा सेवा प्रवाहमा कठिनाई भएको छ । स्थानीय तह कार्यान्वयन र जनप्रतिनिधि निर्वाचित भएको एक वर्ष बितेपनी वडाको कार्यालय व्यवस्थापन हुन सकेको छैन् । किटीनी स्थित बालविकास केन्द्रको भवनको एउटा कोठामा स्थापना भएको वडा कार्यालयमा जनप्रतिनिधि […]
मंगलाको कुहुँमा अधिकांश योजना अन्तिम चरणमा
विकल्प न्यूज/बेनी जेठ २९ गते । म्याग्दीको मंगला गाउँपालिका १ कुहँुमा चालु आर्थिक वर्ष २०७४÷०७५ मा गाउँपालिका मार्फत बिनियोजन भएका विकास योजनाको निर्माण तिव्र पारिएको छ । शिक्षा,सडक,खानेपानी, सिँचाई लगायतका भौतिक पूर्वाधार र सामाजिक क्षेत्रमा विनियोजन भएको एक करोड ३९ लाख पाँच हजार रुपियाँ बराबरका योजनाहरुमा धमाधम काम भइरहेको हो । गाउँपालिकाको अनुदानमा वडा कार्यालयले […]
बिमवासीको उदाहरणीय प्रयास (सम्पादकीय)
विकल्प न्यूज/बेनी जेठ २९ गते । म्याग्दीको पश्चिम भेग स्थित मालिका गाउँपालिका ७ बिम गाउँलाई मदिरा मुक्त बनाउने अभियान सुरु गरिएको छ । जनप्रतिनिधि र स्थानीय अगुवाहरुले गाउँलाई मदिरा मुक्त बनाउने अठोट लिएका छन् । अव्यवस्थित मदिराको प्रयोगले गाउँमा अशान्ति,झैझगडा र आपसी सम्बन्धमा खलवल पु¥याउने जस्ता नकरात्मक क्रियाकलापहरुमा वृद्धि भएको भन्दै न्यूनिकरणका लागि वडाको पहलमा […]
गाउँ पञ्चायतका साइनबोर्डहरुमा कालो पोतेको त्यो रात !
चन्द्रप्रकाश बानियाँ /विकल्प न्यूज जेठ २९ गते । ”आगो निभेको छैन !” घर कटेरो वा जङ्गलमा लागेको आगोको कुरा होइन । सुपरिचित पत्रकार हरिहर विरहीको संस्मरण–कृतिको नाम हो यो । पुस्तक प्रकाशित भएको पूरै एक वर्ष सात महिना नाघिसकेछ ! मेरो हातमा परेको पनि एक वर्षभन्दा बढी नै भयो होला । “पढ्नलायक संस्मरण रहेछ यो” […]
माझफाँटको स्वास्थ्य शिविरबाट तीनसय बढी लाभान्वित
प्रताप बानियाँ/विकल्प न्यूज जलजला, जेठ २९ । पर्वतको जलजला गाउँपालिकाको माझफाँटमा सोमबार सञ्चालित पाठेघरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमा महिलाहरुको घुइँचो लागेको छ । ग्रामीण भेगका महिलाहरुलाई घर गाउँमै स्वास्थ्य सेवा दिने उद्देश्यले प्रदेश ४ को सामाजिक विकास मन्त्रालयको आयोजनामा सञ्चालित शिविरबाट तीनसय भन्दाबढी लाभान्वित भएका छन् । माझफाँट महिला बचत तथा ऋण सहकारी संस्थाको व्यवस्थापनमा मल्लाज […]
गुर्जाली आमाहरुको नमुना काम
विकल्प न्यूज/बेनी जेठ २५ गते । जिल्लाको धौलागिरि गाउँपालिका १ गुर्जाका महिलाहरुले गाउँमा पाहुँना नुहाउने घर निर्माण गरेका छन् । गुर्जाको भ्रमणमा पुग्ने पर्यटक र स्थानीयवासीको सुविधाका लागि हिमाली आमा समुहको सक्रियतामा नुहाउने घर निर्माण गरिएको हो । गाउँपालिकाबाट ११ लाख ४७ हजार रुपियाँ आमा समुहको चारलाख ५५ हजार रुपियाँ गरी १६ लाख भन्दा वढी […]
बिमका सार्वजनिक स्थलमा मदिरा सेवनमा प्रतिबन्ध
सन्तोष गौतम/विकल्प न्युज बिम १९ जेठ ।म्याग्दीको मालिका गाउँपालिका ७ बिमका सार्वजनीक स्थलमा मदिरा सेवनमा प्रतिबन्ध लगाउने निर्णय भएको छ । वडा कार्यालयमा शनिबार आयोजित जनप्रतिनिधि, युवा क्लब, आमा समूह र अगुवाहरुको भेलाले बिवाह, छेवार, किरीया लगायत कुनै पनी सार्वजनीक कार्यक्रममा जाडँ, रक्सी नगर्ने निर्णय गरेको हो । वडा अध्यक्ष रेशम जुग्जाली सरोकारवालाहरुको सुझाव र […]
दरबाङमा एकिकृत घुम्ती शिवीरमा सेवाग्राहीको भिड
सन्तोष गौतम/ विकल्प दरवाङ, १८ जेठ । मालिका गाउँपालिकाको केन्द्र दरबाङमा शुक्रबारदेखि एकिकृत घुम्ती शिवीर सुरु भएको छ । जिल्ला प्रशासन कार्यालयको आयोजना, मालिका र धौलागिरि गाउँपालिको समन्वयमा सञ्चालन भएको दुई दिने शिवीरमा सदरमुकाम स्थित सरकारी कार्यालयहरुले सेवा प्रवाह गरेका छन् । प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी, मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका, उपाध्यक्ष खरमायाँ बिटालु, […]
शिक्षाका योजनामा भएको अनियमितताको पर्दाफास
सन्तोष गौतम/विकल्प न्यूज जेठ १५ गते । गत चैत देखि शिक्षा विकास तथा समन्वय इकाईमा परिणत भएको तत्कालीन जिल्ला शिक्षा कार्यालय मार्फत म्याग्दीमा सञ्चालीत पूर्वाधार योजनामा भैरहेको अनियमितताको रहस्य उजागर भएको छ । विद्यालय प्रशासन, व्यवस्थापन समिति र निर्माण समितिलाई घुस मागेर हैरान बनाउने इकाईका प्राबिधिकहरुको विरुद्धमा उजुरी परेपनी उन्मुत्ती दिन चलखेल भएको छ । […]
विपद् व्यवस्थापनमा तत्काल प्रतिकार्य तयारी सम्बन्धी तालिम
प्रताप बानियाँ / विकल्प लुम्ले जेठ १४ । कास्कीको अन्नपूर्ण गाउँपालिका–६, लुम्लेमा सोमबारदेखि विपद् व्यवस्थापनमा तत्काल प्रतिकार्य तयारीसम्बन्धी तालिम सुरु भएको छ । एसियाली प्रकोप पूर्वतयारी केन्द्र, लि–बर्ड, उत्थानशील विकास केन्द्र कर्डको सहयोगमा तालिम सञ्चालन गरिएको हो । विपद् व्यवस्थापनको पूर्वतयारी र वर्तमान अवस्थाबारे जानकारी गराउने उद्देश्यसहित ४ नम्बर प्रदेशस्तरीय तालिमको आयोजना गरिएको आयोजकले जनाएका […]
कृष्ण सेन मदन स्मृति क्रियाशिल पत्रकारिता पुरस्कार आचार्यलाई
सन्तोष गौतम/विकल्प न्यूज बेनी १३ जेठ । प्रेस सेन्टर म्याग्दीद्धारा स्थापित कृष्ण सेन मदन स्मृति क्रियाशिल पत्रकारिता पुरस्कार ठाकुरप्रसाद आचार्यलाई प्रदान गरिएको छ । १६ औं कृष्ण सेन स्मृति दिवस पारेर आईतबार प्रेस सेन्टर र प्रेस चौतारी म्याग्दी शाखाले बेनीमा आयोजना गरेको कार्यक्रममा आचार्यलाई नगद पाँच हजार रुपैयाँ सहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको […]