ताजा समाचार:
Search

सुरेशको उपचारका लागि इराकबाट एकलाख सहयोग

विकल्प न्यूज/बेनी
भदौ २४ गते । 41346390_671109856593834_9215365453310853120_nमंगला गाउँपालिका ५ नेटाका मृगौला पीडित सुरेश छन्त्यालको उपचारका लागि इराकमा रहेका म्याग्देलीहरुले आर्थिक सहयोग पठाएका छन् ।

बेनी नगरपालिका ६ चुत्रेनी निवासी कृष्ण मल्लको सक्रियतामा इराकमा रहेका नेपालीहरुको सहयोगबाट संकलन भएको एकलाख रुपियाँ आइतवार सुरेश बचाउ अभियान सञ्चालन गर्दै आएको परोपकारी संस्था ओमकुमारी शान्तिकोषलाई हस्तान्तरण गरिएको छ ।

मृगौला पीडित छन्त्यालको आर्थिक अवस्था कमजोर भएका कारण कोषले उपचारका लागि आर्थिक सहयोग अभियान सञ्चालन गर्दै आएको हो ।

दुवै मृगौलाले काम गर्न छोडेपछि हाल टिचिङ अस्पताल काठमाण्डौंमा उपचार गराइ रहेका १९ वर्षिय छन्त्यालको परिवारको आर्थिक अवस्था कमजोर भएका कारण परोपकारी संस्था ओमकुमारी शान्ति कोषले भदौ ५ गतेदेखि सहयोग संकलन अभियान सुरु गरेको हो ।

हाल सम्म छन्त्यालको उपचारका लागि नौ लाख रुपियाँ भन्दा वढी संकलन भइसकेको कोषका अध्यक्ष राजेश शाक्यले बताउनुभयो । छन्त्यालको उपचारका लागि करिव २५ लाख रुपियाँ लाग्ने परिवारको भनाई छ ।