बेनीमा छात्रा फुटबल प्रतियोगिता सुरु(फोटोसहित)

विकल्प न्यूज/बेनी
भदौ २५ गते । cover photoमहिलाहरुको महान पर्व हरितालिका तीज अवसरमा म्याग्दीको सदरमुकाम बेनीबजारमा छात्रा फुटबल प्रतियोगिताको आयोजना गरिएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा सोमबार देखि छात्रा फुटबल प्रतियोगिता सुरु भएको हो । माध्यमिक स्तरीय छात्रा फुटबल प्रतियोगितामा १२ विद्यालयले भाग लिएका छन् । यो दोस्रो संस्करण हो । DSC_0296फुटबल प्रतियोगिताको उदघाटन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेश खेलकुद समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले खेलकुदले छात्राहरुको क्षमता विकास गर्न सहयोग पुग्ने धाराणा राख्नुभयो । नेकपाका जिल्ला नेता तथा पूर्व सभासद गोविन्द पौडेल र बेनी नगरपालिका ७ का वडाअध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले खेलको विकासका लागि स्थानीय सरकारले सहयोग गर्ने विचार व्यक्त गर्नुभयो । DSC_0300फुटबल मार्फत छात्राहरुमा भएको प्रतिभालाई उजागर गर्नका लागि तीज पर्वको अवसरमा प्रतियोगिता आयोजना गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्ण कुमार विश्वकर्माले बताउनुभयो । DSC_0301प्रतियोगितामा प्रथम हुनेलाई नगद २० हजार, द्धितिय १२ हजार, ट्रफी मेडल र प्रमाणपत्र रहेको छ । त्यस्तै प्रतियोगितामा सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडीलाई जनही २५ सय र अनुशासित टिमलाई चारहजार रुपियाँ मेडल र प्रमाणपत्रको ब्यवस्था गरिएको खेल संयोजक तथा खेलकुद विकास समितिकी सदस्य मनकुमारी विकले बताउनुभयो । DSC_0313प्रतियोगिताको फाइनल दिन तीज गीत प्रतियोगिता पनि राखिएको छ । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विश्वकर्माको अध्यक्षता,कोषाध्यक्ष दिनेश केसीको सञ्चालन र खेलसंयोजक विकको स्वागतमा उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।  यसै विच आजै बालमन्दिर आधारभूत विद्यालय कालीपुल र न्यू वेष्ट प्वाईन्ट आवासीय मावि बेनी विच उद्घाटन खेल भएको भएको छ । DSC_0329DSC_0327DSC_0329DSC_0335DSC_0336DSC_0342