ताजा समाचार:
Search

बहराईनमा रहेका म्याग्देलीहरुको तिज विशेष कार्यक्रम

विकल्प न्यूज/बहराइन
भदौ २३ गते । 41239132_716897568674543_5350770630742507520_nरोजगारीको शिलशिलामा बहराइन पुगेका नेपालीहरुले हरितालिका तिजका अवसरमा कार्यक्रम आयोजना गरेका छन् । म्याग्दी उद्दार समिती बहराईनले चेलिबेटी भेटघाट तथा तिजको दरखाने कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ ।
नारिहरुको महान पर्व तिजको पावन अवसरमा आयोजना गरिएको उक्त कार्यक्रममा हर्ष र उल्लास मय बातावरणमा म्याग्देली हरुको ठुलो संख्यामा उपस्थिति रहेको थियो।

कार्यक्रममा संस्थाका कार्यवाहक माहासचिब सुरेश गर्बुजा को संचालन,अध्यक्ष लोक राम्जालीको सभापतित्व तथा कोषसंयोजक दिनेश बस्नेतको को स्वागत मन्तब्य रहेको थियो । कार्यक्रममा बोल्दै संरक्षक गोरख राम्जाली,प्रमुख सल्लाहकार लाल प्रसाद पुन,बरिस्ठ सल्लाहकार छबिलाल बि क,बिस्नु रकाल र महिला सामाजसेवी किस्न बिस्ट को मन्तब्य रहेको थियो।

अध्यक्ष राम्जालीले बिदेशमा रहेपनि आफ्नो चाडपर्व रितिरिवाज र पराम्परा लाई अगाल्नु पर्ने र नारीहरूक विशेष चाडमा प्रदेशमा रहेका दिदि बहिनिहरूलाई खल्लोपना नहोस भन्ने उद्श्य म्याग्दी उद्दार समितिले बर्षिनी तिज,बिजयादशमी र दिपाबलीमा कार्यक्रम गर्दै आएको र उपास्थित सबैलाई हरितालिका तिजको शुभकामना सहित धन्यबाद व्यक्त गर्नु भएको थियो।
सो कार्यक्रम अध्यक्ष राम्जालीले स्वदेशमा रोजगारीको अभाबले गर्दा लाखौं युवा(युवतीहरू खाडि मुलुकमा आफ्नो श्रम र पसिना बगाउन बिवश भएको र नेपाल सरकारको बिगत मन्त्री परिषद् बाट पारित खाडि मुलुकमा घरेलु कामदार बन्देज निर्णय बाट घरेलु श्रमजीवी हरू पिडित भएका र ।बिगतको मन्त्री परिषद् को निर्णय तत्काल खारेज गरि करार अबधी पूरा गरि नेपाल बिदामा गएका वा जाने घरेलु कामदारको सहजरूपमा श्रम स्वीकृती पाउने र पुन रोजगारीमा फर्कने वातावरण बनाईदिनबहराइन मा रहेका घरेलु श्रमजीवी हरूको हस्ताक्षर संकल्न गरी नेपाल सरकार श्रम मन्त्रालय मा निबेदन बुझाउन लागेको पनि बताउनु भयो।