ताजा समाचार:
Search

राष्ट्रिय समाचार

भाडा समायोजनको माग

विकल्प न्यूज/बेनी पुस २० गते ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठनले सार्वजनिक भाडादर समायोजनको माग गरेको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीमा पुगेका अनेरास्ववीयु र अनेरास्ववीयु क्रान्तिकारीले सदरमुकाम बेनी देखि लामो तथा छोटो दुरीमा सञ्चालन हुने सार्वजनिक सवारी साधनको भाडादर समायोजनको माग गर्दै ध्यानाकर्षणपत्र बुझाएका हुन् । अनेरास्ववीयुका सुवास विश्वकर्मा र अनेरास्वीयु क्रान्तिकारीका […]

मालिकाका एक हजार ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण

विकल्प न्यूज/बेनी पुस १७ गते ।  म्याग्दीको मालिका गाउँपालिकाले सबै वडामा घुम्ती शिविर सञ्चालन गरेर एक हजार जना भन्दा बढी जेष्ठ नागरिकहरुलाई गाउँमै परिचयपत्र वितरण गरेको छ । सात वटा वडा रहेको मालिकाका सबै वडामा एक हप्तासम्म घुम्ती शिविर सञ्चालन गरेर एक हजार ७५ जना जेष्ठ नागरिकलाई वडा कार्यालयबाटै परिचयपत्र वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष खरमाया […]

महिला उद्यमीहरुको अगुवाईमा बेनीमा माघेसंक्रान्ती मेलाको आयोजना हुने

विकल्प न्यूज/बेनी पुस १८ गते ।  म्याग्दीका महिला उद्यमीहरुले म्याग्दी भ्रमण वर्ष २०७५ को अवसर पारेर परम्परागत रुपमा बेनीमा लाग्ने माघेसंक्रान्ती मेलाको जर्गेना गर्नका लागि सदरमुकाम बेनीमा मेलाको आयोजना गर्ने भएका छन् । म्याग्दी उद्योग बाणिज्य संघ अन्र्तगत रहेको महिला उद्यम विकास समितिको मुल आयोजनामा आगामी पुस ३० र माघ १ गते सदरमुकाम बेनीमा माघे […]

अन्तर्राष्ट्रिय बजारमा बिक्न सक्ने शैक्षिक जनशक्ति उत्पादन गरौं

प्रताप बानियाँ/विकल्प न्यूज म्याग्दी, पुस १८ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले अन्तर्राष्ट्रिय शिक्षा नीतिसँग प्रतिस्पर्धा गर्नसक्ने शैक्षिक जनशक्ति उत्पादन गर्नुपर्ने बताउनुभएको छ । म्याग्दी बहुमुखी क्याम्पसको बुधबार बेनीमा २८औं वार्षिकोत्सवको उद्घाटन गर्दै उहाँले अन्तर्राष्ट्रिय बजारमा बिक्ने जनशक्ति तयार गर्नुपर्ने बताउनुभएको हो । उहाँले विगतमा शिक्षा लिने र दिने सवालमा त्रुटिहरु भएको हुँदा अन्तर्राष्ट्रिय बजारमा […]

सुन्तला जोन सञ्चालक समिति गठन

विकल्प न्यूज/बेनी पुस १७ गते । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत म्याग्दी, पर्वत र बाग्लुङका सात वटा स्थानीय तहलाई समेटेर स्थापना भएको सुन्तलाको ब्यवसायिक कृषि उत्पादन तथा प्रसोधन केन्द्र (जोन)को मंगलबार बेनीमा सञ्चालक समिति गठन भएको छ । बेनपा ३ राखुका खिमबहादुर पुनको संयोजकत्वमा ९ सदस्यीय सञ्चालक समिति गठन भएको हो । परियोजनाको कार्यबिधि अनुसार समितिको […]

गण्डकी प्रदेश स्तरीय छात्रा भलिबल प्रतियोगिता सुरु

विकल्प न्यूज/बेनी पुस १७ गते ।  म्याग्दीमा मंगलबार देखी छात्रा भलिबल प्रतियोगिता सुरु भएको छ । स्वतन्त्र विद्यार्थी युनियन र म्याग्दी बहुमुखी क्याम्पसको संयुक्त आयोजनामा पहिलो पटक गण्डकी प्रदेश स्तरीय भलिबल प्रतियोगिता सुरु भएको हो । सात समुह सहभागी रहेको प्रतियोगिताको पहिलो उद्घाटन खेलमा आयोजक म्याग्दी बहुमुखी क्याम्पस बी र न्यु वेस्ट प्वाईन्ट आवासिय मावि […]

नारच्याङमा अबैध क्रसर उद्योग चलाएर ब्रह्मालुट

विकल्प न्यूज/बेनी पुस १७ गते ।जिल्लाको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा लामो समय देखी अवैध रुपमा क्रसर उद्योग सञ्चालन गरेको पाइएको छ । जलविद्युत आयोजनाको आडमा क्रसर सञ्चालन गरेर नदीजन्य पदार्थको चरम दुरुपयोग गरेको खुलासा भएको हो । नारच्याङको पटार स्थित मिस्त्री खोलाबाट नदीजन्य पदार्थको उत्खनन् गरी निकासी गर्ने गरिएको छ । नदी किनारमा जथाभावी रुपमा […]

पोखरेबगर–चित्रे सडक स्तरउन्नतीको काम तिव्र

विकल्प न्यूज/बेनी पुस १७ गते । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर देखि घार हुँदै शिखको चित्रे सम्म साढे १८ किलोमिटर सडक स्तरउन्नती सहित कालोपत्रे गर्ने योजनाको निर्माण तिव्र पारिएको छ । निर्माणको ठेक्का पाएको ठेकेदार कम्पनीले यतिखेर सडक फराकिलो बनाउने काम गरेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण आयोजना कार्यान्वयन इकाई म्याग्दीले करिब २८ करोड रुपियाँ लागतमा सडक कालोपत्रे […]

जलजलामा सञ्चालित शिविरमा नौ लाख रुपैयाँ सम्पति तथा भूमिकर संकलन

विकल्प न्यूज/बेनी पुस १७ गते । जलजला गाउँपालिकाले परिचालन गरेको घुम्ती टोली मार्फत नौ दिनको अवधिमा नौ लाख रुपैयाँ भन्दा बढी सम्पति तथा भुमिकर संकलन गरेको छ । १, २, ३, ४ र ७ नम्बर वडामा सञ्चालन भएको घुम्ती शिविरबाट हालसम्म एक हजार २८७ जनाबाट नौ लाख ३४ हजार ६२८ रुपैयाँ राजस्व संकलन भएको टोलीका […]

नेपाली काँग्रेस म्याग्दीले मनायो ४३ औं मेलमिलाप दिवस

साधन राम्जाली/विकल्प न्यूज पुस १७ गते । नेपाली काँग्रेसले ४३ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस देशभर विभिन्न कार्यक्रम गरि मनाएको छ । यसैगरि म्याग्दीमा पनि विभिन्न कार्यक्रम गरी ४३ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसम मनाइएको हो । बेनीमा आयोजना गरिएको कार्यक्रममा जिल्ला सभापति खमबहादुर गबुर्जा मगर (खम्बिर)ले पार्टीलाई बलियो बनाउन सबै एकताबद्ध हुनुपर्नेमा […]

देविस्थानका २१६ जनालाई ज्येष्ठ नागरिक परिचयपत्र

विकल्प न्यूज/बेनी पुस १७ गते । म्याग्दीको मालिका गाउँपालिका –५ देविस्थानका २०० जनालाई जेष्ठ नागरिक परिचयपत्र बितरण गरिएको छ । सोमबार देविस्थानमा गाउँपालिकाको आयोजनामा भएको घुम्ती शिविर मार्फत २१६ जनालाई जेष्ठ नागरिक परिचयपत्र वितरण गरिएको हो । जनप्रतिनिधि र सम्बन्धित शाखाका कर्मचारी सहितको टोलीले वडा कार्यालयमै शिविर सञ्चालन गरेर जेष्ठ नागरिकका साथै थप २ जनालाई […]

५० लाख लगानीमा बेनीका युवाले खोले मौलीक खाजा घर

विकल्प न्यूज/बेनी पुस १६ गते ।  यहाँका एक युवाले  ५० लाख लगानी गरेर मौलिक परिकारको रेष्टुरेण्ट खोल्नुभएको छ । बेनीको गणेश टोलमा रेहको पुरानो घरलाई मर्मत सम्भार गरेर चिटिक्क पारेर रेष्टुरेण्ट खोलिएको छ । युवा व्यवसायी २७ वर्षीय सिसम श्रेष्ठले मौलिक खानाका परिकारको स्वाद लिन पाइने वल्डहाउस रेष्टुरेण्ट सञ्चालन गर्नुभएको हो । मौलिक शैलीको ६० वर्ष […]

घारका किसानहरुले बनाए “मिनी कोल्डस्टोर” (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज पुस १६ गते ।  उत्तिरी अन्नपूर्ण गाउँपालिका ६ घारका कृषकहरुले सुन्तला भण्डारका लागि कोल्डस्टोर(शितभण्डार) निर्माण गरेका छन् । बिरौटा बहुउद्देश्यीय कृषक समुहले गाउँमा शितभण्डार निर्माण गरेको हो । तत्कालिन जिल्ला कृषि विकास कार्यालयको पाँचलाख अनुदान र कृषकहरुको एकलाख ४२ हजार रुपियाँ बराबरको श्रमदानमा शितभण्डार निर्माण गरिएको हो । समुहमा आवद्ध ३३ जना […]

डाँडागाउँका १२५ जनालाई ज्येष्ठ नागरिक परिचयपत्र वितरण

विकल्प न्यूज/बेनी पुस १५ गते । म्याग्दीको मालिका गाउँपालिकाले आइतबार वडा न. ३ डाडागाउँमा आयोजना गरेको घुम्ती शिविर मार्फत १२५ जनालाई जेष्ठ नागरिक परिचयपत्र वितरण गरेको छ । जनप्रतिनिधि र सम्बन्धित शाखाका कर्मचारी सहितको टोलीले वडा कार्यालयमै शिविर सञ्चालन गरेर जेष्ठ नागरिकका साथै थप चार जनालाई अपाङ्गता परिचयपत्र वितरण गरेको गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले जानकारी […]

शिक्षकहरुलाई जिम्मेवार बन्न अध्यक्ष तिमिल्सीनाको निर्देशन

विकल्प न्यूज/बेनी पुस १५ गते ।  राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले शिक्षकहरुलाई जिम्मेवार भएर आफ्नो दायीत्व पुरा गर्न निर्देशन दिनुभएको छ । जलजला गाउँपालिका ३ मल्लाज स्थित विद्याज्योती माविले ७१ औ वार्षिकोत्सवको अवसरमा आइतबार आयोजना गरेको समारोहमा अध्यक्ष तिमिल्सीनाले शिक्षकहरुलाई जागिरे मानसिकता त्यागेर आफ्नो दायीत्वप्रती जिम्मेवार हुन निर्देशन दिनुभएको हो । १० देखि ४ बजेसम्म मात्र नभएर […]