विकल्प न्यूज/बेनी
पुस १६ गते । यहाँका एक युवाले ५० लाख लगानी गरेर मौलिक परिकारको रेष्टुरेण्ट खोल्नुभएको छ । बेनीको गणेश टोलमा रेहको पुरानो घरलाई मर्मत सम्भार गरेर चिटिक्क पारेर रेष्टुरेण्ट खोलिएको छ । युवा व्यवसायी २७ वर्षीय सिसम श्रेष्ठले मौलिक खानाका परिकारको स्वाद लिन पाइने वल्डहाउस रेष्टुरेण्ट सञ्चालन गर्नुभएको हो । मौलिक शैलीको ६० वर्ष पुरानो घरमा आधुनिक संरचना निर्माण श्रेष्ठले रेष्टुरेण्ट खोल्नुभएको छ । नेवारी
खाजा/खानाका साथै विभिन्न परिकारको स्वाद लिन पाइने सञ्चालक श्रेष्ठले बताउनुभयो ।
एक पटकमा ७० जना बसेर खाजा, खाना खान सक्ने रेष्टुरेन्ट प्रवेश गर्ने वित्तिकै पुराना मौलिक मुदुस, माटाका घैटा, गाग्रीहरु सजावट गरेर राखेको देख्न सकिन्छ । आरामदायी कुर्चि टेवल रहेका बारको वरपर म्याग्दीका पर्यटकीय स्थल, मौलिक संस्कृति झल्काउने चित्रहरु बनाएर सजाइएको छ । रेष्टुरेण्टमा पाँच जनालाई रोजगारी दिएको सञ्चालक श्रेष्ठले बताउनुभयो । आफू सँगै साथीहरु वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकहरुमा पुगेका छन् सञ्चालक श्रेष्ठले भन्नुभयो, “आफ्नै ठाउँमा केही गरौं भनेर मैले व्यवसाय सुरु गरेको छु ।”
काठमाण्डौंमा यस्तै व्यवसाय राम्रो तरिकाले सञ्चालन भएको देखेर यहाँ पनि नयाँपन दिन खोजेको छु सिसमले भन्नुभयो । नयाँ शैलीमा खोलीएको रेष्टुरेण्टमा ग्राहकहरुको भिड लाग्ने गरेको छ । युवाहरु अहिले विदेश जाने लहरनै चलेका समयमा लाखौ लगानीमा नयाँपनका साथ होटल खोल्नु नमुना काम भएको नेकपाका जिल्ला नेता बालकृष्ण सुवेदीले बताउनुभयो ।