गण्डकी प्रदेश स्तरीय छात्रा भलिबल प्रतियोगिता सुरु

विकल्प न्यूज/बेनी
पुस १७ गते । 

म्याग्दीमा मंगलबार देखी छात्रा भलिबल प्रतियोगिता सुरु भएको छ । स्वतन्त्र विद्यार्थी युनियन र म्याग्दी बहुमुखी क्याम्पसको संयुक्त आयोजनामा पहिलो पटक गण्डकी प्रदेश स्तरीय भलिबल प्रतियोगिता सुरु भएको हो ।

सात समुह सहभागी रहेको प्रतियोगिताको पहिलो उद्घाटन खेलमा आयोजक म्याग्दी बहुमुखी क्याम्पस बी र न्यु वेस्ट प्वाईन्ट आवासिय मावि बिचको खेल सम्पन्न भएको छ ।

उद्घाटन खेलमा आयोजक बिलाई पराजित गरि न्यु वेष्ट प्वाईन्ट आवासिय मावि सेमी फाइनलमा प्रवेश गरका छन् भने मंगलबार नै भएको अर्को खेलमा आयोजक म्याग्दी बहुमुखी क्याम्पस ए ले प्रकाश माविलाई र माउण्ट एभरेष्ट आवासिय माविले किसानी माविलाई पराजित गरि सेमिफाइनलको यात्रा तय गरेको रेफ्री संयोजक तेजिन्द्र बानियाँले जानकारी दिनुभयो ।