विकल्प न्यूज/बेनी
पुस १७ गते ।
जलजला गाउँपालिकाले परिचालन गरेको घुम्ती टोली मार्फत नौ दिनको अवधिमा नौ लाख रुपैयाँ भन्दा बढी सम्पति तथा भुमिकर संकलन गरेको छ ।
१, २, ३, ४ र ७ नम्बर वडामा सञ्चालन भएको घुम्ती शिविरबाट हालसम्म एक हजार २८७ जनाबाट नौ लाख ३४ हजार ६२८ रुपैयाँ राजस्व संकलन भएको टोलीका संयोजक भेषनाथ आचार्यले जानकारी दिनुभयो ।
उहाँका अनुसार हालसम्म चार वटा व्यवसाय दर्ता भएको छ । आइतबार र सोमबार ७ नम्बर वडा धाइरीङमा शिविर सञ्चालन भएको थियो । मंगलबारदेखि ८ नम्बर वडा नाग्लीवाङमा शिविर सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ ।
स्थानीयबासीको सुबिधाका लागि वडा स्तरमा घुम्ती टोली परिचालन गरेर सम्पति तथा भुमिकर संकलन, व्यवसाय दर्ता र नविकरणको सुबिधा दिएको प्रमुख प्रशासकीय अधिकृत मुना अधिकारीले बताउनुभयो ।
सम्बन्धित वडाका जनप्रतिनिधिहरु र सचिवसँगको समन्वयमा एउटा वडामा एक देखि दुई दिनका दरले पुष २२ गतेसम्म घुम्ति टोली परिचालन गरिएको हो ।