विकल्प न्यूज/बेनी
पुस १८ गते ।
म्याग्दीका महिला उद्यमीहरुले म्याग्दी भ्रमण वर्ष २०७५ को अवसर पारेर परम्परागत रुपमा बेनीमा लाग्ने माघेसंक्रान्ती मेलाको जर्गेना गर्नका लागि सदरमुकाम बेनीमा मेलाको आयोजना गर्ने भएका छन् ।
म्याग्दी उद्योग बाणिज्य संघ अन्र्तगत रहेको महिला उद्यम विकास समितिको मुल आयोजनामा आगामी पुस ३० र माघ १ गते सदरमुकाम बेनीमा माघे संक्रान्ति मेला आयोजना हुने भएको हो । मेलाको गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले उद्घाटन गर्नुहुने छ ।
मेलाको बारेमा जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा महिला उद्यम विकास समितिकी अध्यक्ष सुनिता केसीले म्याग्दी भ्रमण वर्ष २०७५ लाई सफल पार्नका लागि दुइदिने माघे संक्रान्ती मेलाको आयोजना गर्न लागिएको बताउनुभयो ।
महिलाहरुकै अगुवाई र सक्रियतामा हुने मेलाले महिलाहरुको क्षमता विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । जिल्लाका ६ वटै स्थानीय तहका महिलाहरुले उत्पादन गरेका सामाग्रीहरु मेलामा प्रदर्शनमा राखिने उहाँले बताउनुभयो ।
माघे संक्रान्ति मेलाको जगेर्ना,स्थानीय कला संस्कृतिको संरक्षण र सम्बद्र्धन,आन्तरिक पर्यटनको प्रवद्र्धन गर्नमा टेवा पु¥याउन मेला आयोजना गर्न लागिएको अध्यक्ष केसीले जानकारी दिनुभयो ।
बेनीको पहिचानका रुपमा परम्परागत रुपमा लाग्ने माघेसंक्रान्ती मेलाको जर्गेना गर्दै आन्तरिक पर्यटन प्रवद्र्धनका निम्ती मेला आयोजनाको गर्न लागिएको उहाँले बताउनुभयो ।
यसपटक बेनी नगरपालिका वडा नम्बर ८ स्थित कालिपुल वसपार्क क्षेत्रमा मेलाको आयोजना गर्न लागिएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यले बताउनुभयो । कालिपुल क्षेत्रको सरसफाईमा सरोकारवाला निकायको ध्यान आकर्षीत गर्न र व्यवसाय प्रवद्र्धन गर्न कालिपुललाई छनौंट गरिएको उहाँले बताउनुभयो ।
कालिपुल क्षेत्रको सरसफाईमा सम्बन्धित निकायले कुनै चासो दिएको छैन,अव हामीले त्यहि क्षेत्रमा मेला आयोजना गरेर सरसफाई गर्न दवाव दिन्छौ उहाँले भन्नुभयो ।
दुई दिन सम्म सञ्चालन हुने मेलामा खुला एकल लोकनृत्य प्रतियोगिता, उद्यमशिलता तथा म्याग्दी भ्रमण वर्ष २०७५ विषयक खुल्ला लोकगीत प्रतियोगिता,महिला पुरुष अन्धनिशान,महिला पुरुष छेलोफाल्ने,महिला पुरुष लठोतान्ने प्रतियोगिताका र स्थानीय कलाकारहरुको प्रस्तुती रहने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । मेलाको उद्घाटनमा स्थानीय जाताजातीको भेषभुषा सहित कलासंस्कृति प्रदर्शन गरिने छ ।
मेलामा जिल्लाका साथै बागलुङ र पर्वतका महिला उद्यमीहरुले उत्पादन गरेका सामाग्रीहरुको प्रचार प्रसारको लागि पर्दशनी समेत गरिने समितिका प्रथम उपाध्यक्ष लक्ष्मी कार्की जानकारी दिनुभयो ।
म्याग्दीका महिलाहरु उद्यमशिलता तर्पm लाग्नेक्रम बढेकाले उनीहरुकै आयोजनामा हुने मेलालाई सफल बनाएर थप हौसला दिनुपर्ने उवासंघका प्रथम उपाध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो ।
दुई दिन सम्म सञ्चालन हुने मेलामा ७ लाख ३५ हजार रुपियाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।
समितिकी अध्यक्ष केसीको अध्यक्षता,महासचिव विष्णु गुरुङको सञ्चालन र प्रथम उपाध्यक्ष कार्कीको धन्यबादमा सम्पन्न कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष सुविन श्रेष्ठ,द्धितिय उपाध्यक्ष राजेश शाक्य,महासचिव लीलाराम गौतम लगायत महिला उद्यमीहरुको सहभागिता रहेको थियो ।