ताजा समाचार:
Search

देविस्थानका २१६ जनालाई ज्येष्ठ नागरिक परिचयपत्र

विकल्प न्यूज/बेनी
पुस १७ गते । म्याग्दीको मालिका गाउँपालिका –५ देविस्थानका २०० जनालाई जेष्ठ नागरिक परिचयपत्र बितरण गरिएको छ । सोमबार देविस्थानमा गाउँपालिकाको आयोजनामा भएको घुम्ती शिविर मार्फत २१६ जनालाई जेष्ठ नागरिक परिचयपत्र वितरण गरिएको हो ।

जनप्रतिनिधि र सम्बन्धित शाखाका कर्मचारी सहितको टोलीले वडा कार्यालयमै शिविर सञ्चालन गरेर जेष्ठ नागरिकका साथै थप २ जनालाई अपाङ्गता परिचयपत्र तथा २०० जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको गाउँपालिकाकी उपाध्यक्ष खरमाया बिटालुले जानकारी दिनुभयो ।

गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगर , उपाध्यक्ष बिटालु, प्रमुख प्रशासकीय अधिकृत वुद्धीराम शर्मा, ईलाका प्रहरी कार्यालय दरबाङ्गका प्रमुख प्रहरी निरिक्षक रामप्रसाल पाण्डे , वडा अध्यक्ष पिपला बुढाथोकी मगर , कार्यपालिका सदस्य गौमती चापागाई, वडा सचिव उमादेवि पुन मगर ,स्वास्थ्य शाखाका प्रमुख राजेश थापाको टोलीले सेवा दिनुभएको थियो ।

परिचयपत्रको आधारमा ६० वर्ष भन्दा बढी उमेरका जेष्ठ नागरिकहरुले स्वास्थ्य उपचार, यातायात लगायत सेवामा छुट सुबिधा पाउने व्यवस्था छ । टोलीले स्वास्थ्य परिक्षण, परामर्श तथा औषधी वितरण सेवा दिएको जनाएको छ ।

७ वटै वडामा सञ्चालन गरिने शिविर मार्फत परिचयपत्र वितरणसँगै स्वास्थ्य परिक्षण, परामर्श र निशूल्क औषधी वितरण सेवा उपलब्ध गराउने गाउँपालिकाले जनाएको छ । १८ गतेसम्म सञ्चालन हुने घुम्ती शिविर गाउँपालिकाको सबै सात वडामा संचालन हुने मालिका गाउँपालिकाले जनाएको छ ।