राष्ट्रिय समाचार
औलामा खानेपानी आयोजना निर्माण
सन्तोष गौतम/विकल्प न्यूज बेनी १६ फागुन । म्याग्दीको मालिका गाउँपालिका ३ औलामा ठूलोगैरा खानेपानी तथा सरसफाई आयोजना निर्माण भएको छ । पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना मार्फत निर्माण भएको आयोजनाको बुधबार तेस्रो तथा अन्तिम अनुगमन र सार्वजनिक परिक्षण गरिएको छ । आयोजनाको फिनल्याड सरकारकी प्राबिधिक सल्लाहकार सन्ना लिना राउटेनाले उद्घाटन गर्नुभयो । ७० […]
‘लाहुरे’ संस्कारले गर्दा राज्य सत्तामा मगर समुदायको उपस्थिती न्युन रह्योः मन्त्री थापा
साधन राम्जाली / विकल्प न्युज बेनी फागुन १५ गते । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा मगरले लाहुरे संस्कारका कारण राज्य सत्तामा मगर समुदायको प्रतिनिधित्व न्युन रहेको बताउनुभएको छ । बुधबार नेपाल मगर संघको ३७ औं स्थापना दिवस तथा नेपाल मगर संघ जिल्ला शाखा म्याग्दीको सातौं अधिवेशनलाई सम्बोधन गर्नुहुँदै यस्तो कुरा बताउनुभएको होे […]
हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री अधिकारीसहित सातजनाको मृत्यु
ताप्लेजुङ : ताप्लेजुङमा बुधबार भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीसहित सातैजनाको मृत्यु भएको छ । ताप्लेजुङको लिङखिम र फुरुम्बु गाउँपालिकाको बीच भागमा अवस्थित सिस्ने खोलामा हेलिकप्टर दुर्घटनामा परेको हो । संघीय प्रहरी इकाइ धरानका एसएसपी शरद खत्रीका अनुसार दुर्घटनामा परेका सबै सातजनाकै निधन भएको हो । ‘घटनास्थलमा सबै सातजनाको […]
प्रत्यक्षदर्शीको बयान : दुर्घटना स्थलमा अहिले पनि धुँवा आइरहेको छ
१५ फागुन, काठमाडौं । पर्यटनमन्त्री सवार हेलिकोप्टर ताप्जेलुङमा दुर्घटना भएको पुष्टि भएको छ । जनकल्याण आधारभूत स्कुलका प्रधानाध्यापक महेश निरौलाले हेलिकोप्टर दुर्घटना भएको आफैंले देखेको बताएका हुन् । https://www.facebook.com/apnewshd/videos/2188500594793729/ उनका अनुसार एक बजेतिर विद्यार्थीहरुले सर हेलिकोप्टर आगो लाग्यो भनेर खबर गरेका थिए । उनले अनलाइनखबरसँग भने, ‘हेर्दा आगो लागेको देखियो । भीर भएकाले मानिसहरु पुग्न अप्ठ्यारो […]
मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटना
संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीद्न्र अधिकारी चढेको हेलिकप्टर दुर्घटना भएको छ । ताप्लेजुङ जाँदै गरेको एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परेको हो । थप विवरण आउन बाँकी छ । साभार कान्तिपुर दैनिक काठमाडौँ संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटनामा परेको छ । काठमाडौँबाट ताप्लेजुङ जाँदै गरेको एयर डाइनेस्टीको उक्त […]
प्रभु सहकारीद्धारा दिवंगत सेयर सदस्यको परिवारलाई सहयोग
विकल्प न्यूज/बेनी फागुन १५ गते । मंगला गाउँपालिका २ बाबियाचौर स्थित प्रभु बचत तथा ऋण सहकारी संस्थाले दिवंगत सेयर सदस्यको परिवालाई आर्थिक सहयोग गरेको छ । सेयर सदस्य स्वर्गीय हरिप्रसाद आचार्यको निधन भएको वार्षिक पुण्य तिथी पारेर मंगलबार परिवारका सदस्यलाई पच्चिस हजार रुपैयाँ सहयोग गरिएको सहकारीका प्रबन्धक राजकुमार पाण्डेले जानकारी दिनुभयो । सहकारीका अध्यक्ष भिमप्रसाद […]
म्याग्दीको उच्च भेगमा भारी हिमपात – विद्यालयहरु बन्द
विकल्प न्यूज/बेनी फागुन १५ गते । म्याग्दीका उच्च भुभागहरुमा बुधवार विहान देखि भारीमात्रामा हिमपात भएको छ । मंगलबार राती देखि परेको अविरल वर्षा सँगै आएको हिमपातका कारण चिसो बढेकाले विद्यालयहरुमा पठनपाठन बन्द गरिएको मालिका गाउँपालिका ५ देविस्थान स्थित भिम मावि का शिक्षक यामनाथ पौडेलले जानकारी दिनुभयो । विद्यालय पुरै हिमपातले परेको छ । चिसो बढेकाले […]
बिम ‘लिफ्ट’ खानेपानी आयोजनाको भब्य उद्घाटन
सन्तोष गौतम/विकल्प न्यूज बिम १४ फागुन । म्याग्दीको मालिका गाउँपालिका ७ मा निर्माण भएको बिम लिफ्ट खानेपानी आयोजनाको मंगलबार एक समारोहका बीच उद्घाटन गरिएको छ । फिनल्याड सरकारका प्राबिधिक सल्लाहकार सान्ना लिना, मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका, वडा अध्यक्ष रेशम जुग्जाली र पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजनाका सरसफाई विज्ञ चन्द्रभक्त बिष्टले आयोजनाको उद्घाटन गर्नुभएको […]
उसुमा म्याग्दीलाई दुई पदक
विकल्प न्यूज/बेनी फागुन १४ गते । जारी आठौं राष्ट्रिय खेलकुदको प्रदेश छनौटमा म्याग्दी जिल्लाले पहिलो स्वर्ण पदक उसु मार्फत हात पारेको छ । म्याग्दीका उसु खेलाडी शुशिल श्रेष्ठ स्वर्ण पदक जित्दै राष्ट्रिय खेलकुदकालागि छनौट भएका छन् । चितवनको भरतपुरमा फागुन १३ देखि शुरु भएको गण्डकी प्रदेश स्तरीय छनौट प्रतियोगिताबाट बेनी नगरपालिका ९ का शुशिल गत […]
जलजलाका जेष्ठ नागरिकसँग अन्तरक्रिया
विकल्प न्युज/ बेनी फागुन १४ गते । जलजला गाउँपालिकाको आयोजनामा सोमबार जेष्ठ नागरिक र सरोकारवालाहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।जेष्ठ नागरिकहरुको संरक्षण, शसक्तिकरण र विकासका लागि उनिहरुको अपेक्षा तथा गाउँपालिकाको भूमिकाको समन्धमा जेष्ठ नागरिकका प्रतिनिधि र जनप्रतिनिधि तथा कर्मचारीहरुबीच अन्तरक्रिया गरिएको हो । गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)को अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी र […]
पोखरामा गण्डकी प्रदेश स्तरिय सुचना प्रविधिको बृह्त मेला हुने
साधन राम्जाली /विकल्प न्युज बेनी फागुन १४ गते । कास्कीको पोखरामा गण्डकी प्रदेश स्तरिय सुचना प्रविधिको बृह्त मेला २०१९ हुने भएको छ । कम्प्युटर एसोसिएसन नेपाल (क्यान ) महासंघ कास्कीको आयोजनामा सो मेला संचालन हुने भएको हो । मेला यही फागुन १८ गतेदेखी २४ गते संचालन हुने मंगलबार बेनीमा प्रत्रकार सम्मेलन मार्फत जानकारी गाराइएको हो […]
बिहेकै लागि पाकिस्तानदेखि बागलुङसम्म
बागलुङ फरक जात, धर्म र देशका बीचका विवाहलाई अचम्म मान्ने चलन अझै हटेको छैन । बागलुङका एक युवकले पाकिस्तानी युवतीसँग गरेको विवाह यहाँ चर्चाको विषय बनेको छ । बागलुङ जिल्ला अदालतमा अमलाचौरका २३ वर्षीय सुदीन आचार्यले २२ वर्षीया आम्ना सफिकसँग विवाह गरेका छन् । दुई फरक देशको मात्र नभई उनीहरूमध्ये आचार्य हिन्दु र सफिक मुस्लिम हुन् । पाकिस्तानको रावलपिण्डीमा […]
म्याग्दीमा गण्डकी प्रदेशस्तरीय तेकवान्डो प्रतियोगिता सुरु
विकल्प न्युज /बेनी फागुन १३ गते । म्याग्दीमा गण्डकी प्रदेशस्तरीय तेकवान्डो प्रतियोगिता सुरु भएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, पोखरा र जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा सोमबार देखी जिल्लाको सदरमुकाम बेनी बजार स्थित कालिपुल कभरहलमा सो प्रतियोगिता सुरु भएको हो । प्रतियोगिता ३ दिनसम्म संचालन हुने आयोजकले जनाएको छ। कार्यक्रमको उद्घाटन प्रमुख […]
गरिब र विपन्नको उपचारमा सहयोग पु¥याउन हङकङमा जुट्यो ४२ लाख
विकल्प न्यूज/बेनी फागुन १३ गते । म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्तिकोषले सञ्चालन गरेको गरिब तथा विपन्न उपचार कोषमा म्याग्दी प्रवासी संघ(मोना) हङकङमा आवद्ध म्याग्देलीहरुले करिब ४२ लाख रुपियाँ सहयोग गरेका छन् । कोषले स्थापना गर्न लागेको डेढ करोडको अक्षयकोषका लागि सहयोग जुटाउन यतिखेर हङकङमा रहनु भएका कोष अध्यक्ष राजेश शाक्य र सचिव लोकेश पुन मगरलाई […]
मजदुरका लागि असुरक्षित बन्दै निलगिरी जलविद्युत आयोजना
विकल्प न्यूज/बेनी फागुन १३ गते । अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा निर्माणधिन निलगिरी जलविद्युत आयोजना मजदुरका लागि असुरक्षित बन्दै जानथालेको छ । पछिल्ला केही महिना यता आयोजनामा काम गर्ने दुइ मजदुरको ज्यान गएको छ । आयोजनाले मजदुरको सुरक्षाका लागि अपनाउनु पर्ने न्यूनतम मापदण्ड पनि कार्यन्वयन नगर्दा मजदुरहरु जोखिम मोलेर काम गर्नुपर्ने बाध्यता छ । आयोजनाको यतिखेर […]