मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटना

संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीद्न्र अधिकारी चढेको हेलिकप्टर दुर्घटना भएको छ । ताप्लेजुङ जाँदै गरेको एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परेको हो ।

थप विवरण आउन बाँकी छ । साभार कान्तिपुर दैनिक

काठमाडौँ

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटनामा परेको छ । काठमाडौँबाट ताप्लेजुङ जाँदै गरेको एयर डाइनेस्टीको उक्त हेलिकप्टर दुर्घटनामा परेको पुष्टि गृहमन्त्रालयले गरेको छ ।

पर्यटनमन्त्री अधिकारीसहित ६ जना सवार एयर डाइनेस्टीको हेलिकप्टर ताप्लेजुङको पाथीभर मन्दिर नजिकै दुर्घटनामा परेको जानकारी गृहसचिव प्रेमकुमार राईले दिएका छन् । स‌ंसद्‍को राज्य व्यवस्था समितिमा उपस्थित भएका उनले हेलिकप्टर दुर्घटना भएको जानकारी गराएका हुन् ।

दुर्घटनाा परेको हेलिकप्टरमा पर्यटन मन्त्री अधिकारी, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, प्रधानमन्त्रीका सरकारी स्वकीय सचिव युवराज दाहाल र अर्जुन गुरुङसहित ६ जना सवार रहेका बताइएको  छ। annapurna post