प्रभु सहकारीद्धारा दिवंगत सेयर सदस्यको परिवारलाई सहयोग

विकल्प न्यूज/बेनी
फागुन १५ गते । मंगला गाउँपालिका २ बाबियाचौर स्थित प्रभु बचत तथा ऋण सहकारी संस्थाले दिवंगत सेयर सदस्यको परिवालाई आर्थिक सहयोग गरेको छ ।

सेयर सदस्य स्वर्गीय हरिप्रसाद आचार्यको निधन भएको वार्षिक पुण्य तिथी पारेर मंगलबार परिवारका सदस्यलाई पच्चिस हजार रुपैयाँ सहयोग गरिएको सहकारीका प्रबन्धक राजकुमार पाण्डेले जानकारी दिनुभयो ।

सहकारीका अध्यक्ष भिमप्रसाद आचार्य, कोषाध्यक्ष प्रेमलाल पौडेल, सहसचिव खगिन्द्र सापकोटा, सदस्इ मनबहादुर थापा, परमानन्द बिक, प्रबन्ध पाण्डे, सेयर सदस्य श्यामसुन्दर कडेल लगायतको टोलीले आचार्यकी श्रीमती भद्रकुमारीलाई सहयोग हस्तान्तरण गर्नुभएको थियो ।