म्याग्दीको उच्च भेगमा भारी हिमपात – विद्यालयहरु बन्द

विकल्प न्यूज/बेनी
फागुन १५ गते ।  म्याग्दीका उच्च भुभागहरुमा बुधवार विहान देखि भारीमात्रामा हिमपात भएको छ । मंगलबार राती देखि परेको अविरल वर्षा सँगै आएको हिमपातका कारण चिसो बढेकाले विद्यालयहरुमा पठनपाठन बन्द गरिएको

मालिका गाउँपालिका ५ देविस्थान स्थित भिम मावि का शिक्षक यामनाथ पौडेलले जानकारी दिनुभयो । विद्यालय पुरै हिमपातले परेको छ । चिसो बढेकाले बाहिर निस्कन सक्ने अवस्था छैन । त्यसैले विद्यालय बन्द गर्नुप¥यो उहाँले भन्नुभयो ।

देविस्थान संगै जिल्लाको माथिल्लो भेगमा भारी हिमपात भएपछि विद्यालयहरुको पठनपाठन प्रभावित बनेको छ ।
म्याग्दीमा तल्लो पहाडी क्षेत्रसम्मै हिउँ पर्ने गरि तेस्रो पटक हिमपात भएको छ । माथिल्लो हिमाली बस्तीहरुमा भने यो सिजनको पाँचौ हिमपात हो । हिमपातले माथिल्लो भेगमा सर्वसाधारण घरबाहिर निस्कन सकेका छैनन् । तस्विर यामनाथ पौडेल