उसुमा म्याग्दीलाई दुई पदक

विकल्प न्यूज/बेनी
फागुन १४ गते ।

जारी आठौं राष्ट्रिय खेलकुदको प्रदेश छनौटमा म्याग्दी जिल्लाले पहिलो स्वर्ण पदक उसु मार्फत हात पारेको छ ।
म्याग्दीका उसु खेलाडी शुशिल श्रेष्ठ स्वर्ण पदक जित्दै राष्ट्रिय खेलकुदकालागि छनौट भएका छन् ।

चितवनको भरतपुरमा फागुन १३ देखि शुरु भएको गण्डकी प्रदेश स्तरीय छनौट प्रतियोगिताबाट बेनी नगरपालिका ९ का शुशिल गत वर्ष भएको राखेप च्याम्पियनसिपमा पनि राष्ट्रिय प्रतियोगितामा सहभागि भएका थिए ।
त्यस्तै उसुमै बेनी कि दिपिका राईले रजत पदक हात पारेकी छिन् ।

जिल्ला उसु संघ म्याग्दीमा आवद्ध ७ खेलाडी सहभागि रहेको प्रदेश स्तरीय छनौटमा म्याग्दीका मिलन थापा फाइनल प्रवेश गरेका छन् भने अभिशेक बानियाँ, अबिस्ना शाही, सुरज पौडेल सेमीफाइन प्रवेश गरेका छन ।
जिल्ला उसु संघ म्याग्दीका प्रशिक्षक विकल कँडेलका अनुसार फागुन १४ गते सम्मको खेलमा एक स्वर्ण र एक रजत हात लागि सेकेको छ ।
फाइनल पुगेका मिलनको सम्भावना राम्रो रहेकोले अर्को पनि स्वर्णमा दावेदारी रहँदै गर्दा पनि सेमीफाइनलमा पुगेकाहरु पनि स्वर्णकै लागि खेलीरहेको प्रशिक्षक कँडेलले बताए ।