प्रत्यक्षदर्शीको बयान : दुर्घटना स्थलमा अहिले पनि धुँवा आइरहेको छ

१५ फागुन, काठमाडौं ।

पर्यटनमन्त्री सवार हेलिकोप्टर ताप्जेलुङमा दुर्घटना भएको पुष्टि भएको छ । जनकल्याण आधारभूत स्कुलका प्रधानाध्यापक महेश निरौलाले हेलिकोप्टर दुर्घटना भएको आफैंले देखेको बताएका हुन् । https://www.facebook.com/apnewshd/videos/2188500594793729/

उनका अनुसार एक बजेतिर विद्यार्थीहरुले सर हेलिकोप्टर आगो लाग्यो भनेर खबर गरेका थिए । उनले अनलाइनखबरसँग भने, ‘हेर्दा आगो लागेको देखियो । भीर भएकाले मानिसहरु पुग्न अप्ठ्यारो छ । अहिले पनि धुँवा आइरहेको छ ।’