राष्ट्रिय समाचार
कर तिर्ने संस्कारको विकास गरौं ः मन्त्री पुन (भिडियो सहित)
विकल्प न्यूज/बेनी पुस १९ गते । गण्डकी प्रदेश सरकारकी सामाजिक विकास मन्त्री नरदेवी पुनले उद्योगी व्यापारीहरुलाई कर तिर्ने संस्कारको विकास गर्न अनुरोध गर्नुभएको छ । निजी क्षेत्रको छाता संगठन म्याग्दी उद्योग वाणिज्य संघको २६ औं वार्षिक साधारणसभामा बोल्दै मन्त्री पुनले व्यवसायीहरुमा कर तिर्ने संस्कार बसाल्न अनुरोध गर्नुभएको हो । नागरिकहरुमा कर तिर्ने संस्कारको विकास गरी […]
राष्ट्रिय जनगणना २०७८ लाई प्रभावकारी बनाउन जोड
विकल्प न्यूज/बेनी पुस १८ गते । मेरो गणना मेरो सहभागिता भन्ने मुल नाराका साथ हुन लागेको राष्ट्रिय जनगणना २०७८ लाई प्रभावकारी बनाउन सरोकारवालाहरुले जोड दिएका छन् । तथ्याङ्क कार्यालय बागलुङले शुक्रवार बेनीमा गरेको जिल्ला स्तरीय अन्तरक्रिया गोष्ठीमा बोल्ने बक्ताहरुले जनगणनालाई प्रभावकारी रुपमा सम्पन्न सरोकारवालाहरुको सक्रिय भूमिका हुनुपर्नेमा जोड दिएका हुन । गोष्ठीमा संविधानसभाका सदस्य गोविन्द पौडेलले […]
म्याग्दी मगर समाज काठमाण्डौद्धारा सुरेशको उपचारमा १० लाख सहयोग
विकल्प न्यूज/बेनी पुस १८ गते । मंगला गाउँपालिका– ५ अर्मन नेटाका मृगौला पीडित सुरेश छन्त्यालको उपचारमा म्याग्दी अर्मन समाज काठमाण्डौ र म्याग्दी मगर समाज काठमाण्डौको सयुक्त पहलमा १० लाख रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ । सुरेश बचाउ अभियानमा मगर समाज काठमाण्डौका अध्यक्ष टंक बुढाथोकीले ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यलाई सो सहयोग हस्तान्तरण गरेका […]
पुननिर्माणले चिटिक्क सामुदायिक विद्यालय
विकल्प न्यूज/बेनी पुस १८ गते । भुकम्पले क्षति पुगेका जिल्लाका सामुदायिक विद्यालयहरु पुननिर्माण भएपछि चिटिक्क परेका छन् । २०७२ सालको भुकम्पका कारण भत्कीएका तथा जोखिममा परेका विद्यालयहरु पुननिर्माण गरिएको हो । राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) द्धारा अहिले सम्म २५ वटा सामुदायिक विद्यालयहरु पुननिर्माण गरि चिटिक्क पारिएका छन् । नयाँ भवन बनेपछि […]
गलेश्वरमा नक्कली उपभोक्ता समिति गठन गरी योजनालाई ठेक्का
ठाकुरप्रसाद आचार्य/कमल खत्री पुस १८ गते । भनिन्छ ‘धर्म सम्झेर काम गर्नुपर्छ’ कल्पना गर्नुस त धार्मिक क्षेत्रमै विधि र प्रकृया मिचेर काम हुन्छ भने के भन्ने होला ? यहाँको एक चर्चित पवित्र धार्मिक संस्था भित्र अपवित्र प्रवृतिले जरा गाडेको तथ्यहरु बाहिरीएका छन् । धार्मिक संस्थामा हुने क्रियाकलापहरु सवै पारदर्शी हुन्छन भन्ने आम विश्वास पनि छ […]
पर्यटन वर्ष २०२० ः जोमसोम पुगेका पर्यटकलाई स्वागत
विकल्प न्यूज/मुस्ताङ पुस १७ गते । जोमसोम भ्रमणमा पुगेका पर्यटकहरुलाई स्थानीयवासीहरुले स्वागत गरेका छन् । नेपाल भ्रमण वर्ष २०२० सुरु भएसँगै मुस्ताङ भ्रमणमा आएका पर्यटकहरुलाई जोमसोमवासीहरुले स्वागत गरेका हुन । पर्यटन वर्षको पहिलो दिन पोखरा÷जोमसोम हवाई स्वदेशी तथा विदेशी पर्यटकलाई जोमसोम विमानस्थलमा भव्य स्वागत गरिएको हो । जिल्ला समन्वय समिति मुस्ताङ र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना […]
बेनी नगरका योजना कार्यान्वयनमा तिव्रता
विकल्प न्यूज/बेनी पुस १६ गते । बेनी नगरपालिकाले चालु आर्थिक वर्षमा सञ्चालित विकास योजनाहरुको कार्यान्वयनलाई तिव्र गतिमा लगेको छ । वर्खा र चाढपर्वका कारण योजना कार्यान्वयनले गति लिन नसकेको नगरपालिकामा मंसिर महिना सँगै योजना कार्यान्वनयले गतिलिन थालेको छ । नगरपालिकाद्धारा विनियोजन भएका विकास योजनाहरु कार्यान्वयनका लागि उपभोक्ता समिति गठन र सम्झौताले तिव्रता पाएको हो । […]
बेनी–जोमसोम सडकका मजदुरले पारिश्रमिक नपाएपछि आन्दोलित (भिडियोसहित)
विकल्प न्यूज/बेनी पुस १६ गते । राष्ट्रिय गौरबको आयोजना बेनी–जोमसोम–कोरला सडकमा काम गर्ने मजदुरहरुले लामो सयमदेखि पारिश्रमिक नपाएपछि आन्दोलित भएका छन् । मजदुरहरुले तलबको माग गर्दै बुधवार जिल्ला प्रशासन कार्यालय म्याग्दी अगाडि प्यालेकार्ड सहित शान्तिपूर्ण धर्नामा बसेका हुन । बेनी जोमसोम सडक खण्ड अन्र्तगत गलेश्वर देखि तातोपानी सम्मको सडक स्तरउन्नतीको ठेक्का लिएको ठेकेदार कम्पनी शर्मा एण्ड […]
भ्रमण वर्ष सुरु
विश्वास रेग्मी काठमाडौँ, पुस १६ गते । २० लाख पर्यटक भिœयाउने र पर्यटनलाई अर्थतन्त्रको मुख्य अङ्गका रूपमा स्थापित गर्ने लक्ष्यसहित बुधबारदेखि नेपाल भ्रमण वर्ष २०२० सुरु भएको छ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर राजधानीको दशरथ रङ्गशालाबाट बुधबार नै यसको औपचारिक उद्घाटन हुँदैछ । करिब एक वर्ष लामो निरन्तर प्रयास र एक सयभन्दा बढी स्वदेशी […]
कारोवार सुरु गरेको छोटो अवधि मै शालीग्राम लघुवित्तको डेढकरोड भन्दा वढी लगानी
विकल्प न्यूज/बेनी पुस १५ गते । म्याग्दी सदरमुकाम बेनीमा केन्द्रिय कार्यालय रहेको शालीग्राम लघुवित्त वित्तीय संस्थाले विभिन्न ६ स्थानमा आफ्नो सेवा विस्तार गरेको छ । नेपाल राष्ट्र बैँकको बैँक तथा वित्तीय संस्था नियमन विभागबाट घ बर्गको विक्तिय कारोवारको अनुमती लिएर गत भदौदेखि गण्डकी प्रदेश स्तरको वित्तीय संस्थाको रुपमा स्थापना भएको यस संस्थाले छोटो अवधिमै आफ्नो […]
यस्ताे छ बेनीमा भेटिएकाे माेटारकाे पुरानाे शेल
विकल्प न्युज । बेनी पुस १५ । २०६० सालमा तत्कालिन माअाेवादिलेे बेनि आक्रमणका वेला हानेकाे माेटारकाे शेल भएकाे अनुमान गरियकाे छ । उक्त शेललाई नेपाली सेनाले डिस्पोजल गरेकाे छ । https://youtu.be/ehPW1NEXNLg
किसानको आवश्यकता अनुसार पशुसेवाका कार्यक्रमहरु बनाउन सुझाव
विकल्प न्यूज/बेनी पुस १५ गते । किसानका आवश्यकता अनुसार पशुसेवाका कार्यक्रमहरु बनाउन सरोकारवालाहरुले सुझाव दिएका छन् । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले बेनीमा गरेको स्थानीय तह सँग समन्वय वैठकमा जनप्रतिनिधिहरुले चालु आर्थिक वर्षमा पशुसेवाका कार्यक्रमहरु व्यवहारिक नभएको गुनासो गरेका छन् । व्यवहारिकतालाई हेरेर पशुसेवाका कार्यक्रमहरु तर्जुमा गर्न उनीहरुको सुझाव छ । कार्यक्रमहरु बनाउदा […]
सिद्धार्थ माविलाई ल्यापटप र प्राजेक्टर सहयोग
विकल्प न्यूज/बेनी पुस १५ गते । यहाँको एक विद्यालयलाई ल्यापटप,प्रोजेक्टर र पुस्तक सहयोग प्राप्त भएको छ । म्याग्दीको मालिका गाउँपालिका ४ च्युरिबोट स्थित सिद्यार्थ माविलाई सोही च्युरिबोट घर भइ हाल युके ,जापान र अमेरिकामा बसोबास गर्नुहुँने समाजसेवी क्याप्टेन लक्ष्मण पुन मगरका तीन दाजुभाई ,धिरज र बिजयको संयुक्त परिवारले सो सहयोग गर्नुभएको हो । विद्यालयको आयोजनामा सम्पन्न […]
आश्रमको फितलो व्यवस्थापन गरेर विवाद मुछिएको शिवालय क्षेत्र विकास कोषको प्रेस विज्ञप्ति !
विकल्प न्यूज/बेनी पुस १३ गते । गलेश्वर स्थित ज्येष्ठ नागरिक आश्रमको फितलो व्यवस्थापन गरेर ज्येष्ठ नागरिकहरुलाई अभाव,पीडा र दुःखमा वस्न बाध्य पारेर विवादमा मुछिएको गलेश्वर शिवालय क्षेत्र विकास कोष र गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रमले गल्ती ढाकछोप गर्न विज्ञप्ती निकालेका छन् । वृद्धवृद्धा र असहाय नागरिहरु आश्रित गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रमको फितलो व्यवस्थापनबारे प्रकाशित समाचारले उजागर गरेका […]
जन्मथलोमा महिला भलिबल कप्तान अरुणा शाहीलाई सम्मान (भिडियो\फोटोसहित)
विकल्प न्यूज/बेनी पुस ११ गते । गाउँपालिका, वडा कार्यालय, आमासमुह लगायतका स्थानीयबासीहरुले बाजागाजासहित भब्य सम्मान गरेका हुन् । गाउँपालिकाको २ नम्वर वडा कार्यालयमा आयोजना गरिएको सम्मान कार्यक्रममा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी, उपाध्यक्ष कमला तिलिजा, वडा अध्यक्ष जीवन मल्ल, प्रमुख प्रशासकिय अधिकृत दिपक रेग्मी, नेकपाका गाउँपालिका अध्यक्ष दिपक कार्की र नेपाली काँग्रेस जिल्ला कमिटि सदस्य केवी […]