पुननिर्माणले चिटिक्क सामुदायिक विद्यालय

विकल्प न्यूज/बेनी
पुस १८ गते ।
भुकम्पले क्षति पुगेका जिल्लाका सामुदायिक विद्यालयहरु पुननिर्माण भएपछि चिटिक्क परेका छन् । २०७२ सालको भुकम्पका कारण भत्कीएका तथा जोखिममा परेका विद्यालयहरु पुननिर्माण गरिएको हो ।

राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) द्धारा अहिले सम्म २५ वटा सामुदायिक विद्यालयहरु पुननिर्माण गरि चिटिक्क पारिएका छन् । नयाँ भवन बनेपछि पठपाठनमा सहज भएको विद्यालयहरुले जनाएका छन् ।

पुननिर्माण सुरु भएको पहिलो वर्ष ४ वटा दोस्रोमा ६ र तेस्रो वर्ष १५ गरी २५ वटा सामुदायिक विद्यालयहरुमा सुविधा सम्पन्न नयाँ भवन बनेका छन् । आर्थिक वर्ष २०७५ ÷ ०७६ को पहिलो चरणमा निर्माण हुन लागेका २० वटा विद्यालय भवन मध्य अधिकांश निर्माण सम्पन्न भएका छन् । भने केही अन्तिम चरणमा पुगेका छन् । दोस्रो चरणमा ४५ वटा भवन निर्माणको चरणमा प्रवेश गरेको जिल्ला आयोजना कार्यान्वनय इकाई (शिक्षा) का निमित्त इकाई प्रमुख इन्जिनियर विष्णु रिजाल बताउनुभयो ।

आगमी ६ महिना भित्र ४५ वटै भवन निर्माण हुने उहाँले बताउनुभयो । विद्यालयको आवश्यकता अनुसार २,३ र चार कोठा भएका नयाँ भवन बनेका छन् । विद्यालय व्यवस्थापन समितिले निर्माण समिति गठन गरी भवन बनाउने गरेका छन् ।

आयोजनाले २ कोठेलाई २३ लाख ९० हजार,३ कोठेलाई ३५ लाख ८० हजार र ४ कोठेलाई ७० लाख ४० हजार रुपैयाँ उपलब्ध गराउछ । अपुग रकम विद्यालय आफैले स्रोत व्यवस्थापन गरेर भवन बनाउनुपर्दछ ।

जिल्लाका ९७ विद्यालय भुकम्पले क्षति पु¥याएको भन्दै सुचिकृत भएकामा पछि ४ विद्यालय थप गरी एकसय १ विद्यालय पुगेका छन् । सामाग्री ढुवानीमा समस्या,हिमपात र भवनको डिजाइन परिवर्तन गर्दा रकमको अभावका कारण पुननिर्माणमा ढिलाई भएको इकाईका सव इन्जिनियर प्रेम नेपालीले बताउनुभयो । आर्थिक वर्ष २०७५÷०७६ को पहिलो चरण अन्तर्गत सुरु भएका २० वटा विद्यालयका भवन माघ सम्म सवै सम्पन्न हुने नेपालीले बताउनुभयो ।