विकल्प न्यूज/मुस्ताङ
पुस १७ गते । जोमसोम भ्रमणमा पुगेका पर्यटकहरुलाई स्थानीयवासीहरुले स्वागत गरेका छन् । नेपाल भ्रमण वर्ष २०२० सुरु भएसँगै मुस्ताङ भ्रमणमा आएका पर्यटकहरुलाई जोमसोमवासीहरुले स्वागत गरेका हुन ।
पर्यटन वर्षको पहिलो दिन पोखरा÷जोमसोम हवाई स्वदेशी तथा विदेशी पर्यटकलाई जोमसोम विमानस्थलमा भव्य स्वागत गरिएको हो ।
जिल्ला समन्वय समिति मुस्ताङ र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना –एक्याप०को संयुक्त आयोजनामा भ्रमण वर्ष सफल पार्न पर्यटक स्वागत कार्यक्रम गरिएको थियो ।
पोखराबाट हवाई सेवा मार्फत बुधबार जोमसोम पुगेका भारतीय र पञ्चिमेली देशका पर्यटकलाई स्थानीय जनप्रतिनिधि, जिल्ला स्थित कार्यालयका कर्मचारी, ३ वटै सुरक्षा निकायका प्रतिनिधि, स्थानीय आमा समुह, युवा क्लव, पर्यटन व्यवसायीहरुले भव्य स्वागत गरेको जिसस मुस्ताङकी प्रमुख छिरिङ ल्हामो लोहाले बताउनुभयो ।
सो अवसरमा जोमसोम पुगेका पर्यटकलाई एक्यापले मायाको चिनो स्वरुप उपहार प्रदान गर्यो । पर्यटक स्वागत कार्यक्रमपछि प्रतिक्रिया दिदै जिसस प्रमुख गुरुङले नेपाल पर्यटन वर्ष सफल बनाउन कुनै कसुर बाँकी नराखिने बताउनुभयो । उहाँले भ्रमण वर्षको प्रर्वद्धन ,प्रचार÷प्रसार र गन्तब्यहरुको स्तरोन्नतिका लागि सबै स्थानीय निकाय ,प्रशासन ,सुरक्षा निकाय र पर्यटन व्यवसायीहरु मिलेर सहकार्य गरिने उल्लेख गर्नुभयो ।
यस्तै ,विमान स्थल प्रमुख दिपक विकले पर्यटकको हवाई यात्रा सुरक्षित बनाउन कार्यालय संम्वेदनशील रहेको बताउनुभयो । सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याई नेपालको पर्यटन क्षेत्रलाई दिगो तुल्याउने लक्ष्यसहित सरकारले पर्यटन वर्षको घोषणा गरेको हो ।