राष्ट्रिय समाचार
बेनीमा २२ औं संस्करणको जेसिज कप फुटबल प्रतियोगिता हुने

विकल्प न्यूज/बेनीअसोज ११ गते । म्याग्दीमा विद्यालय तहमा लोकप्रिय मानिने अन्तरमावि जेसिजकप फुटवल प्रतियोगिताको २२ औँ संस्करण आगामी मंसिर १७ देखि २२ गतेसम्म हुने भएको छ । “खेलकुद बिकासमा नविन सोच,प्रतिभा प्रष्फुटनमा हाम्रो जोड“ भन्ने मुल नाराका साथ सञ्चालन हुने प्रतियोगिता एभरेष्ट ग्लोबल एजुकेसन÷भिसा को प्रस्तुतीमा सञ्चालन हुने छ । म्याग्दी जेसीजको तेस्रो साधारण सभाबाट […]
म्याग्दीको पदमार्ग योजना अधूरा

म्याग्दी, ११ असोज । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको बेंसीगाउँदेखि नारच्याङ झरना पुग्न करिब एक किलोमिटर उकालो पैदलयात्रा गर्नुपर्छ । गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयले आर्थिक वर्ष २०७९/८० मा बिनियोजन गरेको बजेटबाट पर्यटन तथा उद्योग कार्यालय म्याग्दीको सहयोगमा नारच्याङवेशीदेखि झरनातर्फ जाने एक सय ५० मिटर पदमार्ग निर्माण भएको थियो । पछिल्लो दुई आर्थिक वर्षमा […]
जोमसोम–कागबेनीखण्डमा कालोपत्र

विकल्प न्यूज/बेनीअसोज ११ गते । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत मुस्ताङको सदरमुकाम जोमसोमदेखि मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र कागबेनीसम्म १३ किलोमिटर सडक कालोपत्र भएको छ । जोमसोम–कागबेनी सडक ११ मिटर फराकिलो बनाएर आक्सपाल्ट प्रविधिको कालोपत्र गरिएको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत जोमसोम–कागबेनीखण्डमा कालोपत्र गर्न २८ करोड १४ लाखमा ठेक्का सम्झौता गरेको थियो । #ADV बेनी–जोमसोम–कोरला सडक आयोजनाका सूचना […]
सहकारी ठगीमा फरार ढोरपाटनका मेयर देवकुमार नेपाली दिल्लीबाट पक्राउ

विकल्प न्यूज/बेनीअसोज ११ गते । सहकारी बचतकर्ताको रकम अपचलन गरी २०८० जेठदेखि फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली भारतको नयाँ दिल्लीबाट पक्राउ परेका छन् । उनलाई शुक्रबार नेपाल प्रहरीले भारतको नयाँ दिल्लीबाट पक्राउ गरेको नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षक टेकप्रसाद राईले जानकारी दिए । उनका अनुसार पक्राउ परेका नेपालीलाई नेपाल ल्याउन आवश्यक कुटनीतिक प्रक्रिया अघि बढाइसकिएको […]
पर्यटन दिवसमा पर्यटन अभियान्ता र पत्रकार सम्मानित

ठाकुरप्रसाद आचार्यम्याग्दी,असोज ११ गते । जिल्लाको पर्यटन क्षेत्रमा योगदान पु¥याउने पर्यटन अभियान्ता र पत्रकारलाई सम्मान गरिएको छ । ४५ औं विश्व पर्यटन दिवसका अवसरमा पर्यटन तथा उद्योग कार्यालय म्याग्दीले शुक्रबार बेनीमा आयोजना गरेको कार्यक्रममा पर्यटन अभियान्ता तथा व्यावसायी तेजबहादुर गुरुङ र पर्यटकीय स्थलहरुको प्रचारप्रसारमा योगदान पु¥याएको भन्दै पत्रकार घनश्याम खड्का र सन्तोष गौतमलाई सम्मान गरिएको […]
धवलागिरि आरोहणका लागि १४ जनालाई अनुमति

म्याग्दी, असोज ८ गते । यस वर्षको शरद्याममा म्याग्दीस्थित धवलागिरि हिमाल आरोहणका लागि १४ जनाले अनुमति लिएका छन् । विश्वको सातौँ अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्दछ । एउटा समूहका १४ जना पुरुष पर्वतारोहीले धवलागिरि हिमाल आरोहणका लागि अनुमति लिएका पर्यटन विभागले जनाएको छ । विभागका अनुसार धवलागिरि हिमाल आरोहणको अनुमति लिएकाबाट रु […]
एकवर्षको अवधिमा बेनी अस्पतालबाट करिब ७४ हजारले सेवा लिए

विकल्प न्यूज/बेनीअसोज ७ गते । म्याग्दीको बेनी अस्पतालबाट अघिल्लो आर्थिक वर्ष २०८०÷०८१ मा करिब ७४ हजार विरामीले उपचार सेवा लिएका छन् । सोमबार बेनी अस्पतालले आयोजना गरेको वार्षिक समिक्षा गोष्ठीमा अघिल्लो वर्ष ७३ हजार ९ सय ३० जनाले ओपिडी सेवा लिएको जानकारी गराइएको थियो ।बेनी अस्पतालले ओपिडी सेवा विस्तार गरेपछि सेवाग्राहीको संख्यामा वृद्धि भएको अस्पतालले […]
कार्ययोजना सहित संगठन निर्माणमा अघि बढ्यो एमाले पर्वत

असोज ६ गते । नेकपा एमाले जिल्ला कमिटी पर्वतले पार्टीलाई थप बलियो र निर्णयक शक्तिका रुपमा अगाडि बढाउन विस्तृत कार्ययोजना निर्माण गरेको छ ।शनिबार सम्पन्न जिल्ला कमिटीको तेस्रो पूर्ण वैठकले पार्टी केन्द्रिय कमिटीले जारी गरेको निर्णयक राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजनालाई आत्मसाथ गर्दै जिल्लामा मिसन २०८४ लाई सफल पार्न एकतावद्ध ढङ्गले अघि बढ्ने निर्णय गरेको […]
बेनी नगरपालिकाले मनायो राष्ट्रिय शिक्षा दिवस

विकल्प न्यूज/बेनीअसोज २ गते । म्याग्दीको बेनी नगरपालिकाले विविध कार्यक्रमको आयोजना गरि राष्ट्रिय शिक्षा दिवस मनाएको छ । ’ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकताः साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने नाराका साथ बेनी सामुदायिक माध्यमिक विद्यालयमा एक समारोहको आयोजना गरि दिवस मनाएको हो । शिक्षा दिवसको मूल समारोह नगर प्रमुख सुरज केसिको अध्यक्षतामा कार्यक्रम सम्पन भएको […]
राष्ट्रिय शिक्षा दिवस ः जलजलाका उत्कृष्ट विद्यालय,शिक्षक र विद्यार्थीलाई सम्मान

विकल्प न्यूज/बेनीअसोज २ गते । राष्ट्रिय शिक्षा दिवस २०८१ को अवसरमा पर्वतको जलजला गाउँपालिकाले उत्कृष्ट विद्यालय,प्रधानाध्यापक,शिक्षक र विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ । बुधबार गाउँपालिका केन्द्र लामाखेतमा आयोजित कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्य,उपाध्यक्ष दिपक आचार्य,शिक्षा संयोजक एकिन्द्र खत्री,प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद आचार्य लगायत जनप्रतिनिधि र कर्मचारीहरुले उत्कृष्ट विद्यालय,प्रधानाध्यापक र विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कृत […]
म्याग्दीमा विभिन्न कार्यक्रम गरेर संविधान दिवस मनाइदै

विकल्प न्यूज/बेनीअसोज १ गते । म्याग्दीमा विभिन्न कार्यक्रमहरु गरेर संविधान दिवस २०८१ मनाइने भएको छ । गत भदौं २५ गते जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाको अध्यक्षतामा बसेको सरोकारवालाहरुको बैठकले असोज २ देखि ४ गते सम्म संविधान दिवसलाई विभिन्न कार्यक्रमहरु गरेर मनाउने निर्णय गरेको थियो । बैठकले असोज २ गते देखि ४ गते सम्म सबै […]
मालढुङ्गा–बेनी खण्ड मर्मत सुरु

पर्वत, असोज १ गते । ठेकेदारको लापरबाहीका कारण लामो समयदेखि अलपत्र बनेको म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी करिडोरअन्तर्गतको मालढुङ्गा–बेनी सडक मर्मत गर्न थालिएको छ । खाल्डाखुल्डी र हिलोले सवारीसाधन सञ्चालन गर्न तथा पैदलयात्रीलाई सास्ती भएपछि सोमबारदेखि मर्मत गर्न थालिएको हो । आइतबार जिल्ला प्रशासन कार्यालय पर्वतमा जलजला गाउँपालिकाका जनप्रतिनिधि, यातायात व्यवसायी र स्थानीयसहित […]
नयाँ भर्सनमा ‘बेनीको बजार’ गीत सार्वजनिक (भिडियो सहित)

ठाकुरप्रसाद आचार्यभदौं ३० गते । बेनीलाई देश विदेशमा परिचित बनाएको ‘बेनीको बजार,जता माया उतै छ नजर किरेमिरे जाले रुमाल’ गीत नयाँ भर्सनमा पुनःनिर्माण गरी सार्वजनिक गरिएको छ । गायक रामचन्द्र काफ्ले र गायिका समीक्षा अधिकारीको आवाजमा रहेको चर्चित गीत नयाँ भर्सनमा पुनःनिर्माण गरिएको हो । शनिबार म्याग्दी जेसिज र समाजिक विकास कार्यालय म्याग्दीले बेनीमा आयोजना […]
बेनीको बजार गीतको गायिका मन छन्त्याल सम्मानित

भदौ २९ गते । लोकप्रिय बेनीको बजार, जता माया उतै छ नजर’ गीतकी रचनाकार एवम् गायिका मन छन्त्याल श्रेष्ठ सम्मानित हुनुभएको छ । शनिबार म्याग्दी सदरमुकाम बेनीमा सामाजिक विकास कार्यालय म्याग्दी र म्याग्दी जेसिजद्वारा आयोजित पानी खायो बाघलै एवम् बेनीको बजार गीतको पुनर्निर्मित म्युजिक भिडियो विमोचन कार्यक्रममा गायिका छन्त्याल श्रेष्ठ सम्मानित हुनुभएको हो । पाँच […]
नेपाली कांग्रेसद्धारा जलजला गाउँपालिका सम्मानित

विकल्प न्यूज/बेनीभदौं २७ गते । नेपाली कांग्रेसले पर्वतको जलजला गाउँपालिकालाई सम्मान गरेको छ । स्थानीय तहको संस्थागत क्षमता स्व–मूल्याङ्कन -Lisa)को आर्थिक वर्ष २०७९\८०को मुल्याङ्कनमा ८६ अंक प्राप्त गरी नेपाली कांग्रेसले नेतृत्व गरेका स्थानीय तहहरु मध्य जलजला गाउँपालिका प्रथम भएको भन्दै पार्टीले सम्मान गरेको हो । विहिबार पार्टीको केन्द्रिय कार्यालयमा केन्द्रीय सदस्य मधु आचार्यको संयोजकत्वमा रहेको […]