राष्ट्रिय शिक्षा दिवस ः जलजलाका उत्कृष्ट विद्यालय,शिक्षक र विद्यार्थीलाई सम्मान


विकल्प न्यूज/बेनी
असोज २ गते ।

राष्ट्रिय शिक्षा दिवस २०८१ को अवसरमा पर्वतको जलजला गाउँपालिकाले उत्कृष्ट विद्यालय,प्रधानाध्यापक,शिक्षक र विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ । बुधबार गाउँपालिका केन्द्र लामाखेतमा आयोजित कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्य,उपाध्यक्ष दिपक आचार्य,शिक्षा संयोजक एकिन्द्र खत्री,प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद आचार्य लगायत जनप्रतिनिधि र कर्मचारीहरुले उत्कृष्ट विद्यालय,प्रधानाध्यापक र विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कृत गर्नुभएको हो ।


गाउँपालिकाले अघिल्लो आर्थिक वर्षमा उत्कृष्ट हुने विद्यालय,प्रधानाध्यापक र एसईई परिक्षामा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीलाई पुरस्कृत गरेको शिक्षा,युवा तथा खेलकुद शाखाकी शिक्षा प्राविधिक सहायक देवी रिजालले जानकारी दिनुभयो ।


शिक्षा शाखाले दिएको जानकारी अनुसार विद्याज्योती मावि जलजला ३, वर्ष उत्कृष्ट विद्यालयका रुपमा पुरस्कृत भएको छ । यसैगरी जनकल्याण मावि जलजला ८, नागलिङका प्रधानाध्यापक कृष्णप्रसाद रेग्मी,कृष्णभवन धर्म मावि जलजला ७, का शिक्षक शुमन शर्मा वर्ष उत्कृष्ट शिक्षक,फर्से धाइरिङ मावि जलजला ७, का बाल शिक्षक संगीता सुवेदीलाई उत्कृष्ट बालशिक्षकका रुपमा सम्मान गरिएको छ ।


यसैगरी सोही विद्यालयका लेखा कर्मचारी सविना शर्मा र जनकल्याण माविमा सेवारत देवी रेग्मीलाई उत्कृष्ट कार्यालय सहयोगी र विद्याज्योती मावि जलजला ३ का टेकबहादुर जिसीलाई उत्कृष्ट विद्यालय व्यवस्थापन समितिको अध्यक्षका रुपमा सम्मान गरिएको छ ।
यस्तै सामुदायिक तर्फ उत्कृष्ट जिपीए ल्याउने विद्यार्थीहरु विद्याज्योती माविका आस्था नेपाली र संस्थागत तर्फ अमृत आदर्श प्याराडाईज एकेडेमीका विद्यार्थी करण परियारलाई पुरस्कृत गरिएको छ ।


कक्षा ८ को परिक्षामा उत्कृष्ट अंक ल्याउने जनकल्याण माविका विद्यार्थी रस्किन महत र संस्थागत विद्यालय तर्फ अमृत आदर्श प्याराडाईज एकेडेमीका सुर्वणबहादुर जिसीलाई सम्मान तथा पुरस्कृत गरिएको छ ।


यसैगरी गाउँपालिकाले विषयगत रुपमा ४ जिपीए ल्याउने सफल विषयगत शिक्षक र विद्यार्थीलाई सम्मान गरेको छ । अनिवार्य गणिात र एेिच्छक गणित विषयमा उत्कृष्ट ग्रामप्रकाश माविका विद्यार्थी अश्मी मल्ल, विधान पौडेल र विषय गत शिक्षक रुमबहादुर गाहा,कृष्ण भवन धर्म माविका विद्यार्थी कुशल आचार्य र शिक्षक सिर्जना सुवेदी, विज्ञान विषयमा उत्कृष्ट अंक ल्याउने कुशल आचार्य र शिक्षक बालकृष्ण ज्ञवाली, नेपाली विषयमा उत्कृष्ट नतिजा ल्याउने जनकल्याण माविका यमुना रेग्मी र शिक्षक रघुनाथ सुवेदी र अंग्रेजीमा उत्कृष्ट नतिजा ल्याउने विद्याज्योती माविका विद्यार्थी आस्था नेपाली र शिक्षक हिराबहादुर बरुवाललाई सम्मान गरिएको गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ ।


यसैगरी एसइइ परिक्षामा सबैभन्दा धेरै विद्यार्थीलाई उत्तीर्ण (८५.७१प्रतिशत) गराउन सफल बनौं मावि जलजला ९ र अमृत आदर्श प्याराडाइज एकेडेमी (१०० प्रतिशत) लाई पनि सम्मान गरिएको छ ।


गाउँपालिकाले निवृत र दिर्घ शिक्षक सम्मान पदकले सम्मान गरेको छ । निवृत शिक्षक सम्मान पाउने शिक्षकहरुमा बेनी बजार प्राथमिक विद्यालयका ज्ञानु जिसी,कृष्णभवन धर्म माविका छविलाल आचार्य,ज्योतमण्डल माविका पृथ्वीलाल गर्बुजा,विद्याज्योती माविका हरिप्रसाद पौडेल,शान्ती माविका नारायणप्रसाद कँडेल,जनकल्याण माविका लोकराज कुँवर,विद्याज्योती माविका कमलनयन आचार्यलाई निवृत शिक्षक पदकद्धारा सम्मान गरिएको छ ।

यसैगरी विन्धवासीनी आधारभूत विद्यालयका शिक्षक गुमान शिंह जिसी,शिव माविका रत्नबहादुर केसी, शिवप्रसाद आचार्य र फर्से धाइरिङ माविका मुकुन्द्र प्रसाद आचार्यलाई दिर्घसेवा शिक्षक पदकबाट सम्मान गरिएको छ ।
शिक्षा दिवसका अवसरमा गाउँपालिकाको शिक्षा,युवा तथा खेलकुद शाखाद्धारा आयोजित ‘नेपाली समाजमा वैदेशिक अध्ययन र रोजगारीले पारेको प्रभावका विषयमा’ बक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ ।
प्रतियोगितामा श्री कृष्ण भवन धर्म माविका छात्र कविराज आचार्य प्रथम,न्यू होराइजन माविका छात्रा श्रद्धा रेग्मी द्धितीय,शिव माविका छात्र अनुराग सुवेदी तृतीय र जनकल्याण माविका छात्र रस्किन महतले सान्त्वना पुरस्कार प्राप्त गर्नुभयो ।

प्रतियोगितामा प्रथम,द्धितीय,तृतीय र सान्त्वना हुने छात्रछात्राहरुलाई क्रमशः तीनहजार पाँचसय,दुईहजार पाँचसय र एकहजार पाँचसय नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो । गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष दिपक आचार्य,सेवा निवृत शिक्षकका तर्फबाट कमलनयन आचार्य,उत्कृष्ट जिपीए प्राप्त गर्ने विषय गत शिक्षकका तर्फबाट रुमबहादुर गाह,दिर्घ सेवा पदक प्राप्त गर्ने शिक्षकका तर्फबाट मुकुन्द प्रसाद आचार्य, उत्कृष्ट प्रधानाध्यापक कृष्णप्रसाद रेग्मी, उत्कृष्ट विद्यालय व्यवस्थापन समितिका तर्फबाट टेकबहादुर केसी, पेशागत संघसंगठनका तर्फबाट हरिनारायण रेग्मी,नारायण मल्ल,नारायण दत्त रेग्मी, प्रधानाध्यापक तर्फबाट भवानी संकर पौडेलले मन्तव्य व्यक्त गर्नुभएको थियो । शिक्षा शाखा अधिकृत यज्ञप्रसाद लामिछानेको स्वागत र शिक्षा प्राविधिक सहायक देवी रिजालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *