पर्यटन दिवसमा पर्यटन अभियान्ता र पत्रकार सम्मानित


ठाकुरप्रसाद आचार्य
म्याग्दी,असोज ११ गते ।

जिल्लाको पर्यटन क्षेत्रमा योगदान पु¥याउने पर्यटन अभियान्ता र पत्रकारलाई सम्मान गरिएको छ । ४५ औं विश्व पर्यटन दिवसका अवसरमा पर्यटन तथा उद्योग कार्यालय म्याग्दीले शुक्रबार बेनीमा आयोजना गरेको कार्यक्रममा पर्यटन अभियान्ता तथा व्यावसायी तेजबहादुर गुरुङ र पर्यटकीय स्थलहरुको प्रचारप्रसारमा योगदान पु¥याएको भन्दै पत्रकार घनश्याम खड्का र सन्तोष गौतमलाई सम्मान गरिएको हो ।

गण्डकी प्रदेश सभा सदस्य बिमला गौचन,जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा,उपप्रमुख डिलकुमारी खत्री र पर्यटन तथा उद्योग कार्यालय म्याग्दीका प्रमुख पोषनाथ शर्माले उहाँहरूलाई दोसल्ला र प्रमाणपत्रले सम्मान गर्नुभएको हो ।


अन्नपूर्ण गाउँपालिका ४ नारच्याङ निवासी गुरुङ समुन्द्री सतह देखि ८०९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधारशिविरमा पर्यटकीय संभावनाको खोजी र प्रवद्र्धनमा विगत एक दशक अघिदेखि निरन्तर रुपमा क्रियाशिल हुनुहुन्छ ।


मौरिस हर्जोग पदमार्गको पहिचान,पूर्वाधार निर्माण र यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकाले उहाँलाई सम्मान गरिएको पर्यटन तथा उद्योग कार्यालय म्याग्दीका प्रमुख शर्माले बताउनुभयो । साथै जिल्लाको पर्यटन क्षेत्रलाई पत्रकारिताको माध्यमबाट प्रचारप्रसारमा टेवा पु¥याउनुहुने संचारकर्मीलाई पनि सम्मान गरिएको उहाँले जानकारी दिनुभयो ।


सम्मान कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य बिमला गौचनले जिल्लामा भएका पर्यटकीय स्थलहरुको प्रचारप्रसार र भौतिक पूर्वाधार निर्माण गरेमा पर्यटक भिœयाउन सकिने विचार व्यक्त गर्नुभयो । संघीयता पछि स्थानीय तह ,प्रदेश र संघीय सरकारले पर्यटन क्षेत्रको विकासका लागि प्राथमिकतामा राखेर पूर्वाधार निर्माण र प्रवद्र्धनमुलक कार्यक्रमहरु अघि सारेको उहाँको भनाई थियो ।


कार्यक्रममा बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछाने,बेनी नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष उत्तमकुमार कर्माचार्य,म्याग्दी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेश शाक्य र पर्यटन अभियान्ता अमर बानियाँले जिल्लाको पर्यटन क्षेत्रको संभावना,चुनौती र समस्याका वारेमा विचार व्यक्त गर्नुभएको थियो ।


जिल्ला समन्वय समितिका प्रमुख थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन पर्यटन तथा उद्योग कार्यालयका कर्मचारी सन्तोष ढुङ्गानाले गर्नुभएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *