म्याग्दीमा विभिन्न कार्यक्रम गरेर संविधान दिवस मनाइदै


विकल्प न्यूज/बेनी
असोज १ गते ।

म्याग्दीमा विभिन्न कार्यक्रमहरु गरेर संविधान दिवस २०८१ मनाइने भएको छ । गत भदौं २५ गते जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाको अध्यक्षतामा बसेको सरोकारवालाहरुको बैठकले असोज २ देखि ४ गते सम्म संविधान दिवसलाई विभिन्न कार्यक्रमहरु गरेर मनाउने निर्णय गरेको थियो ।


बैठकले असोज २ गते देखि ४ गते सम्म सबै सरकारी कार्याहरुमा विशेष सरसफाई गर्ने, २ गते बुधबार विहान ७ बजे म्याग्दी उद्योग वाणिज्य संघको संयोजनमा कालिपुल बसपार्क देखि मंकाखलको भवन कालिगण्डकी नदी र म्याग्दी खोलाको संगम स्थल बेनी दरबाङ बसपार्क सडक हुँदै बजार क्षेत्र सरसफाई गरिने भएको छ ।


असोज ३ गते विहान ७ बजे विरेन्द्रचोकमा जम्मा भई प्रभातफेरी गर्ने र साँझ सामाजिक विकास कार्यालय र मिलन म्याग्दीको संयोजनमा दिप प्रज्वलन गर्ने कार्यक्रम तय गरिएको छ ।


गाउँपालिकाहरुलाई स्थानीय पालिका प्रमुखको संयोजकत्वको संविधान दिवस तथा राष्ट्रिय दिवस कार्यक्रम आयोजक समिति मार्फत विभिन्न कार्यक्रम गरिने भएको छ ।


संघ,प्रदेश तथा स्थानीय तहका सम्पूर्ण सरकारी कार्यालय,निकाय,प्रतिष्ठान,संघ संस्थामा मर्यादापूर्वक राष्ट्रिय झण्डा फहराउने तथा असोज २,३ र ४ गते घरघरमा साँझ दिप प्रज्वलन गरेर संविधान दिवस मनाउने अनुरोध समेत गरिएको छ ।


स्थानीय विद्युतीय तथा छापा संचार माध्यम मार्फत संविधान दिवस तथा राष्ट्रिय दिवससँग सम्बन्धित विभिन्न सन्देश तथा कार्यक्रमहरु उत्पादन,प्रकाशन तथा प्रशारण गर्न नेपाल पत्रकार महासंघ म्याग्दी शाखा मार्फत संचारगृह तथा पत्रकारहरुलाई अनुरोध गरिएको छ । यसैगरी सामाजिक तथा शैक्षिक संघ संस्थाहरुले संविधान दिवस रचनात्मक कार्यक्रमहरु गर्न अनुरोध गरिएको जिससले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *