बेनीमा २२ औं संस्करणको जेसिज कप फुटबल प्रतियोगिता हुने


विकल्प न्यूज/बेनी
असोज ११ गते ।

म्याग्दीमा विद्यालय तहमा लोकप्रिय मानिने अन्तरमावि जेसिजकप फुटवल प्रतियोगिताको २२ औँ संस्करण आगामी मंसिर १७ देखि २२ गतेसम्म हुने भएको छ । “खेलकुद बिकासमा नविन सोच,प्रतिभा प्रष्फुटनमा हाम्रो जोड“ भन्ने मुल नाराका साथ सञ्चालन हुने प्रतियोगिता एभरेष्ट ग्लोबल एजुकेसन÷भिसा को प्रस्तुतीमा सञ्चालन हुने छ ।


म्याग्दी जेसीजको तेस्रो साधारण सभाबाट प्रतियोगिताको मिति टुंगो लगाउनुका साथै प्रतियोगिताको आबश्यक तयारी सुरु गर्ने निर्णय गरिएको छ । प्रतियोगिताको सफलताको लागि शाखा उपाध्यक्ष देवेन्द्र घिमिरेलाई मुल संयोजक चयन गरेर आबश्यक तयारी अघि बढाउने निर्णय गरिएको शाखा अध्यक्ष दिनेश बानियाँले जानकारी दिनुभयो ।


प्रतियोगितामा बिजेतालाई रनिङशिल्ड,ट्रफि,मेडल,प्रमाणपत्र र नगद रु. ५२ हजार २२२ र उप–बिजेता लाई ट्रफि,मेडल,प्रमाणपत्र र नगद रु.३२ हजार,२३२ नगद पुरस्कार प्रदान गरिनेछ । त्यसैगरी प्रतियोगितामा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राईकर, उत्कृष्ट मिड्फिल्डर , राईजिङ्ग प्लेयर, उत्कृष्ट कोचलाई नगद रु.२ हजार ५०० को साथमा अवार्डद्धारा पुरस्कृत गरिनेछ ।

#Adv


त्यसैगरि अनुशासित टिमलार्य ट्रफि,प्रमाणपत्र र नगद रु.५ हजार तथा सेमि फाईनलिष्ट २ टिम लाई नगद रु.५ हजार पुरस्कार र प्रत्येक खेल मा म्यान अफ द म्याच घोषित गरि सम्मान गरिने म्याग्दी जेसिजका मिडिया म्यानेजर कपिल बानियाँले जानकारी दिनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *