ताजा समाचार:
Search

Breaking News

बेनीमा बाढिपहिराे (तस्बिर )

विकल्प न्यूज/बेनी असार २४ गते ।  बेनी बजारको न्यूरोड स्थित घतानचोकमा विहिवार विहान पहिरो गएको छ । बुधवार राती देखि परेको अविरल वर्षाका कारण हिलसाइडबाट खसेको पहिरोले घतानचोकमा क्षति पु¥याएको छ । न्यूरोडको भित्री गल्लीमा रहेको श्याम भण्डारी र राम बहादुर केसीको घर माथिको पाखा भत्किएको हो । पहिरोले घरलाई क्षति पुराएको छैन । घर […]

आजदेखि धेरै ठूलो वर्षा हुने सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ, असार २३ ।   आजदेखि फेरि वर्षाको मात्रा बढ्ने सम्भावना देखिएको मौसमविद्ले बताएका छन्।  मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालयका अनुसार आगामी २/३ दिन देशभर मनसुन सक्रिय हुने देखिएको हो। ‘हल्कादेखि मध्यसम्म वर्षा देशभर हुने सम्भावना छ भने गरी लुम्बिनीदेखि प्रदेश १ सम्म अलि बढी वर्षा हुने देखिएको छ,’ मौसमविद् अर्यालले बुधबार बिहान  भने, ‘सुदूरपश्चिम र कर्णालीमा […]

कुश्माको दोविल्लामा सुन्दरे खोलाले गाडी बगाउँदा ३ जना बेपत्ता

विकल्प न्यूज/पर्वत असार २३ गते ।  फाइल तस्विर जिल्लाको कुश्मा नगरपालिका वडा न ८ चुवा स्थित सुन्दरे खोलाले गाडी बगाएको छ । अविरल बर्षातसंगै आएको बाढिका कारण मध्य रातमा गाडी बगाउँदा ३ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख शिवराज बुढाथोकीले जानकारी दिए । अहिले वेपत्ताको खोजी कार्यमा स्थानीयवासी र प्रहरी जुटेका छन् ।

म्याग्दीमा छिसबाङ खहरेको बाढीले घर बगाउँदा दुईको मृत्यु

 विकल्प न्यूज/बेनी असार २३ गते । फाइल तस्विर  म्याग्दीको मंगला गाउँपालिका–५ छिसबाङ खहरेमा बाढीले घर बगाउँदा बुधबार बिहान दुई जनाको मृत्यु भएको छ । खहरेखोलामा आएको बाढीले थमबहादुर बुढाको घर बगाउँदा त्यहाँ पसल गरि बस्ने मालिका गाउँपालिका–६ रातोढुङ्गाका खगेन्द्र रोकाका छोरा बजिन र बुहारी बिनालाई बेपत्ता बनाएको थियो । घटनास्थलमा रहेका मालिका गाउँपालिका–६ का वडा […]

बाढीपहिरो पीडितलाई घर हस्तान्तरण

विकल्प न्यूज/बेनी असार २० गते ।    म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यसमितिले बाढीपहिरोले विस्थापित भएका ४० परिवारलाई नयाँ घर बनाएको छ । गत बर्खाको पहिरोले घर भत्किएका, पुरिएका र बगाएको घर निर्माण गरी पीडितलाई चावी हस्तान्तरण गरिएको हो । जिल्ला विपद् ब्यवस्थापन समिति, स्थानीय पालिकाहरुसँग समन्वय गरी जग्गाविहिनलाई एकीकृत बस्ती र जग्गा भएका […]

बेनी अस्पतालमा पहिलोपटक इन्डोस्कोपी सेवा सञ्चालनको तयारी

विकल्प न्यूज/बेनी असार १८ गते ।  म्याग्दीको सदरमुकाम बेनी स्थित बेनी अस्पतालमा इन्डोस्कोपी सेवा सञ्चालनको तयारी गरिएको छ । एकसाता भित्र सञ्चालनमा ल्याउने गरी आवश्यक उपकरणहरु जडान गर्न लागिएको हो । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको ३० लाख रुपियाँ बजेटबाट उपकरण गरिद गरी सेवा सञ्चालन गर्न लागिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो । […]

म्याग्दीमा थप ४२ जनामा कोरोना संक्रम‌ण पुष्टि

विकल्प न्युज/ बेनी असार १७ गते ।  विहिवार म्याग्दीमा थप ४२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । केहि दिन यता काेराेना संक्रमण बढ्न थालेकाे छ । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार बेनी नगरपालिकामा ६ जना , मंगला गाउँपालिकामा ३ जना र जलजला गाँउपालिकामा ३ जना गरी १२ जना पिसिआर विधिबाट र मंगला गाउँपालिकामा २७ जना , […]

सिमलचौरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ६ जना घाईते

म्याग्दी १६ असार । म्याग्दीमा बुधवार साँझ भएको जिप दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ भने ६ जना घाईते भएका छन् । म्याग्दी सदरमुकाम बेनीदेखि मंगला गाउँपालिका–१ पुर्णगाउँतर्फ जाँदै गरेको ग १ ज ७६५२ नम्बरको जिप सोही गाउँपालिकाको वडा नम्बर २ सिमलचौरको नेवारेखोलामा दुर्घटना हुँदा जिपमा सवार दुई जनाको मृत्यु भएको हो । दुर्घटनामा […]

आगामी तीन दिन भारी वर्षाको सम्भावना

१६ असार, काठमाडौं । आगामी तीन दिन नेपालको धेरैजस्तो स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्यून चापीय रेखा नेपालको हाल तराई भूभाग नजिक रहेकाले सो क्षेत्र वरपर बढी वर्षा हुने छ । ‘तीन दिनको समग्र अवस्थालाई भन्दा कर्णाली र सुदूरपश्चिम प्रदेशबाहेक अरु स्थानहरुमा भारी वर्षाको सम्भावना छ,’ मौसमविद सजिना शाक्यले […]

म्याग्दीमा मंगलबार थप ३३ जनामा कोरोना संक्रमण पुष्टि

विकल्प न्यूज/बेनी असार १५ गते ।    म्याग्दीमा मंगलबार थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार बेनी नगरपालिकामा १०,मंगलामा ६,रघुगंगामा ४,अन्नपूर्णमा ३ र पर्वतको जलजलामा ३ गरि २६ जना पिसिआर विविधबाट र धौलागिरिमा १ मंगलामा २,रघुगंगामा ४ जना गरी ७ जनामा एन्टिजेन विधिबाट गरिएको परिक्षणबाट उक्त संख्यामा कोरोना संक्रमण […]

मुदीमा केन्द्रीय प्रसारण लाइनको बिजुली पुग्यो

विकल्प न्युज/ बेनी असार १३ गते ।   म्याग्दीको धवलागिरी गाउँपालिका वडा नम्बर ४ मुदीमा केन्द्रीय प्रसारण लाइनको बिजुली बलेको छ ।नेपाल विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्रले विद्युत् विस्तार सकेसँगै शनिबारदेखी मुदीमा बिजुली बालिएको हो । प्राधिकरण म्याग्दी विद्युत वितरण केन्द्रका सुचना अधिकारी रबिन्द्र भण्डारीका अनुसार संघ र प्रदेश सरकारको संयुक्त बजेटमा मुदीका दुईसय घरमा विद्युतिकरण […]

बेनी नगरपालिकाको बजेटमा पूर्वाधार विकासलाई प्राथमिकता

विकल्प न्यूज\बेनी असार ११ गते ।  ‘कृषि, पर्यटन र पूर्वाधारः स्वच्छ, समृद्ध बेनी नगरको मूल आधार’ भन्ने नारासहित म्याग्दीको बेनी नगरपालिकाले ६६ करोडको बजेट ल्याएको छ । नवौं नगर सभामार्फत बिहीबार आगामी आर्थिक वर्ष २०७८\७९ का लागि कुल ६६ करोड पाँचलाख ६७ हजार रुपैयाँको बजेट सार्वजनिक गरिएको हो । नगरसभामा बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले […]

मंगलामा ४२ करोड बढीको बजेट पारित

विकल्प न्यूज\बेनी बेनी १० असार । म्याग्दीको मंगला गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७८÷७९ को लागि नीति तथा कार्यक्रम र बजेट गाउँसभाबाट पारित गरेको छ । विहिवार गाउँपालिकाको केन्द्र बावियाचौरमा आयोजित एघारौँ गाउँसभामा अध्यक्ष सतप्रसाद रोकाद्धारा प्रस्तुत नीति तथा कार्यक्रम र उपाध्यक्ष सिर्जना केसीलेले प्रस्तुत गर्नुभएको बजेट छलफल सहित सर्वसम्मत रुपमा पारित भएको हो । मंगलामा […]

मालिकाले ल्यायो साढे पचास करोडको बजेट

विकल्प न्यूज\बेनी दरबाङ, १० असार । म्याग्दीको मालिका गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८\७९ का लागि पचास करोड ४३ लाख ४९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । छ्यारछ्यारे स्थित सभाहलमा बिहिबार भएको नवौ गाउँसभामा उपाध्यक्ष खरमाया बिटालुले चालुतर्फ सात करोड ८१ लख, पुजिगत तर्फ १३ करोड ४ लाख र शसर्त अनुदान तर्फ १९ करोड २७ […]

धवलागिरीको ४८ करोड चालीस लाखको बजेट पारित

विकल्प न्युज/मुना मुना, ९ असार । म्याग्दीको धवलागिरी गाउँपालिकाको बुधबार मुनामा भएको एघारौं गाउँसभाले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि ४८ करोड ४० लाख ९९ हजार ८२० रुपैयाँको बजेट पारित गरेको छ । बुहमतबाट पारित भएको बजेट बितरण र बाँडफाँड असन्तुलित र असमान भएको भन्दै वडा नम्बर १ गुर्जा र वडा नम्बर ५ मल्कवाङका जनप्रतिनिधीहरुले […]