म्याग्दीमा संक्रमण बढ्दो – सक्रिय संक्रमित एकसय ४० पुगे

विकल्प न्यूज\बेनी
माघ ७ गते ।

 कोरोनाको तेस्रो लहर सुरु भएसँगै म्याग्दीमा पनि कोरोना संक्रमितको संख्यामा बढ्दो छ । दैनिक रुपमा संक्रमित थपिदै गएका छन् । विहिवार ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । भने शुक्रबार थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो सँगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या एकसय चालिस पुगेको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताउनुभयो । कोरोना संक्रमणको पछिल्लो अवस्था हेर्दा निकै जटिल छ उहाँले भन्नुभयो ‘यहि रुपबाट बढ्दै जाने हो भने माघको अन्तिम सम्म पाँचसय केस पुग्न सक्छ ।’ सवै पालिकामा एन्टिजेन र बेनी अस्पतालमा पिसिआर र एन्टिजेन दुवै विधिबाट कोरोनाको परिक्षण भइरहेको उहाँले बताउनुभयो ।

कोरोनाको जोखिम बढेकाले सकभर घर बाहिर ननिस्कन,भिडभाडमा नजान, अनिवार्य मास्कको प्रयोग, सावुनपानीले हात धुने लगायत स्वास्थ्य सुरक्षाका मापदण्डहरुलाई पालना गर्न उहाँले सर्वसाधरणहरुमा अनुरोध गर्नुभयो ।