म्याग्दी उद्योग बाणिज्य संघको २८ औं साधारणसभा सुरु

विकल्प न्यूज/बेनी
माघ ७ गते ।

 निजी क्षेत्रको छाता संगठन म्याग्दीको उद्योग वाणिज्य संघको २८ औं वार्षिक साधारणसभा बेनीमा सुरु भएको छ । शनिबार संघको सभाहलमा जुम मार्फत सुरु भएको साधारणसभाको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य कुबिरकुमार श्रेष्ठले उदघाटन गर्नुभयो ।

संघले कोरोना महामारीलाई मध्यनजर गर्दै संघको सभाहलमा उद्घाटन समारोह र बन्द सत्रलाई जुम मार्फत भर्जुअलबाट समेत साधारणसभामा सहभागी हुने व्यवस्था मिलाइएको छ ।

संघले सूचना नै जारी गरेर भर्चुअल रुपमा सहभागी हुन सदस्यहरुलाई आह्वान गरेपनि कतिपय सदस्यहरु सभाहलमै समेत पुगेका छन् । जिल्लामा सभा, समारोह गर्दा २५ जना भन्दा बढी सहभागी नगराउन जिल्ला प्रशासन कार्यालयले नियम बनाएको छ ।