म्याग्दीमा थपिए एकै दिन ४६ जना कोरोना संक्रमित

विकल्प न्यूज/बेनी
माघ १२ गते । म्याग्दीमा पछिल्लो २४ घण्टामा थप ४६ जनामा कोरोना पुष्टि भएको छ । स्थानीय तह र बेनी अस्पतालमा गरिएको एन्टिजेन परिक्षणबाट ४४ जना र पिसिआर परिक्षणबाट २ जना गरि ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वस्थ्य निर्देशनालय पोखराले विज्ञप्तीमा जनाएको छ । यो सँगै जिल्लामा सक्रिय संक्रमितको संख्या दुई सय ७० पुगेको छ । पछिल्लो समय कोरोना संक्रमण बढ्न थालेपछि स्वास्थ्य सुरक्षा पालनामा कडाई गरिएको छ ।