Breaking News
जलजलामा ४७ करोड १० लाखको बजेट पारित
विकल्प न्यूज/जलजला असार १५ गते । पर्वतको जलजला गाउँपालिकाले आगमी आर्थिक वर्ष २०८०÷८१ का लागि नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ । गाउँपालिका केन्द्र लामाखेतमा विहिवार साँझ सम्पन्न भएको १४ औं गाउँभसाको तेस्रो वैठकबाट सर्वसम्मत रुपमा अध्यक्ष राजुप्रसाद आचार्यले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम र उपाध्यक्ष दिपक आचार्यले प्रस्तुत गर्नुभएको बजेट पारित भएको […]
सहमति जुटेपछि जलजलाको १४ औं गाउँसभा पुनः सुरु
विकल्प न्यूज/जलजला असार १४ गते । पर्वतको जलजला गाउँपालिकाको १४ औं गाउँसभा पुन सुरु भएको छ । यसअघि आह्वान गरिएको पहिलो र दोस्रो गाउँसभाको वैठकमा गणपुरक संख्या नपुगेको भन्दै तेस्रो पटक आज विहिवार सभा बसेको थियो । गाउँसभाका बहुमत सदस्यहरुले विरोध गरेपछि स्थगित भएको गाउँसभा दिनभर हुनसकेन । गाउँसभा स्थगित भएपछि पालिका अध्यक्ष राजुप्रसाद आचार्य,उपाध्यक्ष […]
जलजलाको गाउँसभास्थल किन भयो तनावग्रस्त ?
विकल्प न्यूज/जलजला असार १४ गते । पर्वतको जलजला गाउँपालिकाको गाउँसभा तनावग्रस्त बनेको छ । अध्यक्ष राजुप्रसाद आचार्यले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेक्रममा नेकपा एमालेबाट निर्वाचित गाउँसभा सदस्यले अबरोध गरेपछि दुई पक्षबिच झडपको अवस्था निम्तिएको छ । यस अघि बोलाइएका पहिलो र दोस्रो वैठकमा गणपुरक संख्या नपुगेपछि आज विहिवार तेस्रो वैठकको आह्वान गरिएको थियो । पालिका […]
जलजलाको गाउँसभामा बहुमत कार्यपालिका सदस्यहरुको असन्तुष्टि
विकल्प न्यूज /बेनी असार १४ गते । पर्वतको जलजला गाउँपालिकामा बहुमत जनप्रतिनिधिहरुले गाउँसभामा अनुपस्थित रहेर विरोध जनाएका छन । विहिबार पर्वत बेनीमा पत्रकार सम्मेलनको आयोजना गरि गाउँपालिकाको १४ औँ गाउँसभामा आफुहरु उपस्थित नभएको विषयमा जानकारी गराईएको हो । वडा अध्यक्ष र कार्यपालिका सदस्य गरि ११ जनाको हस्ताक्षरमा प्रेस विज्ञप्ती समेत प्रकाशन गरिएको छ । […]
अन्नपूर्ण गाउँपालिकाद्धारा किर्तिपुर मेयर कप विजेता खेलाडीलाई सम्मान
विकल्प न्यूज/बेनी असार १२ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले राष्ट्रव्यापी अन्तर स्थानीय तह ९यू १८० मेयेर कप पुरुष बास्केटबल प्रतियोगितामा अन्नपूर्ण गाउँपालिकाबाट सहभागी भई विजयी बन्न सफल खेलाडिहरुलाई सम्मान गरेको छ । किर्तिपुर नगरपालिकाको आयोजनामा असार २ गतेदेखि ९ गते सम्म काठमाडौँमा संचालन भएको पुरुष बास्केटबल प्रतियोगितामा प्रथम स्थान हाँसिल गरि म्याग्दी फर्किएको अन्नपूर्ण गाउँपालिकाबाट […]
मालिका गाउँपालिकाले ल्यायो ४५ करोड ८१ लाखको बजेट
विकल्प न्यूज/बेनी असार ११ गते । म्याग्दीको मालिका गाउँपालिकाले ४५ करोड ८१ लाख ४४ हजार रुपैयाँको बजेट पारित गरेको छ । आइतबार गाउँपालिकाको केन्द्र वडा नम्बर ६ छ्यारेछ्यारे स्थित सभाहलमा आयोजित गाउँसभाको १३ औं अधिवेशनमा उपाध्यक्ष लक्ष्मीदेवी घर्ती मगर पुनले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि प्रस्तुत गर्नुभएको उक्त बजेट छलफल सहित पारित गरिएको हो […]
गणपुरक संख्या नपुगेपछि जलजलाको गाउँसभा स्थगित
विकल्प न्यूज/जलजला असार १० गते । म्याग्दीको बेनी सँग सीमाना जोडिएको पर्वतको जलजला गाउँपालिको गाउँसभा स्थगित भएको छ । आइतबार आह्वान गरिएको गाउँसभाको १४ औं अधिवेशनमा गणपुरक संख्या नपुगेपछि सभा स्थगित गरिएको हो । नेकपा एमालेबाट निर्वाचित बहुमत गाउँसभाका सदस्यहरु गाउँसभाको अधिवेशनमा अनुपस्थित भएपछि सभा वस्नका लागि आवश्यक संख्या नपुगेकाले वैठक स्थगित भएको प्रमुख प्रशासकीय […]
बेनी नगरपालिकाको करिब ७१ करोडको बजेट सार्वजनिक
विकल्प न्यूज/बेनी असार १० गते । म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०-०८१ का लागि झण्डै ७१ करोडको बजेट पेस गरेको छ । बेनी नगरपालिकाकी उपप्रमुख ज्योति लामिछानेले आइतबार बेनी नगरपालिकाको नगर सभाको १३ औँ अधिवेशनमा ७० करोड ८९ लाख रुपियाँको बजेट पेस गर्नुभएको हो । नगरपालिको आन्तरिक आय, कर तथा गैर कर राजश्व र […]
धवलागिरीमा करिब ४४ करोडको बजेट पारित
विकल्प न्यूज/बेनी असार ९ गते । म्याग्दीको धवलागिरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०\०८१ का लागि रु. ४३ करोड ८९ लाख ५४ हजार २०० को बजेट पारित गरेको छ । गाउँपालिकाको केन्द्र मुनामा शुक्रबार सम्पन्न बिसौ गाउँसभामा उपाध्यक्ष रेशम पुनमगरले प्रस्तुत गर्नुभएको बजेट पारित भएको हो । क्षेत्रगत रुपमा आर्थिक विकासमा रु. पचास लाख ८० हजार, […]
अन्नपूर्ण गाउँपालिकाले बनायो साढे ५३ करोडको बजेट
विकल्प न्यूज/बेनी असार ८ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्षका २०८०÷०८१ का लागि साढे ५३ करोड रुपियाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरमा शुक्रबार शुरु भएको सत्रौ गाउँसभामा उपाध्यक्ष दिवा तिलिजा पुनले ५३ करोड ५४ लाख ४३ हजार ६ सय रुपियाँ को बजेट सार्वजनिक गर्नुभएको हो । चालुतर्फ ३५ करोड ५१ […]
एक वडा एक सुविधा सम्पन्न आवासीय विद्यालय अन्नपूर्णको नीति
विकल्प न्युज/ बेनी पोखरेबगर, ८ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटन, पूर्वाधार र शिक्षा क्षेत्रलाई प्राथमिकता दिदै आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यत्रम सार्वजनिक गरेको छ । गाउँपालिकाको केन्द्र पोखरेबगमा शुक्रबार भएको १७ औ गाउँसभामा अध्यक्ष भारतकुमार पुनले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । अन्नपूर्ण गाउँपालिकालाई विश्वसामु उत्कृष्ट पर्यटकीय गन्तब्यका रुपमा स्थापित […]
धवलागिरीको नीति “गाउँमै बसौ, यही उद्यम गरौ”
विकल्प न्यूज/बेनी असार ८ गते । म्याग्दीको धवलागिरि गाउँपालिकाले विदेशबाट फर्केका बेरोजगार युवाहरुको उद्यम विकास, आयआर्जन र व्यवसायमा जोड्न “गाउँमै बसौ, यही उद्यम गरौ” भन्ने कार्यक्रम सञ्चालन गर्ने नीति लिएको छ । त्यसका लागि अल्लो र कागज उद्योग सञ्चालन गर्न अनुदान दिने कार्यक्रम अगाडि सारेको छ । धवलागिरीले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि विहिवार […]
रघुगंगाले पारित ग¥यो ४३ करोड बढीको बजेट
विकल्प न्यूज\बेनी असार ८ गते । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८०÷०८१ को लागि रु ४३ करोड बढीको बजेट पारित भएको छ । विहिवार गाउँपालिकाको केन्द्र मौवाफाँटमा आयोजित १५ औँ गाउँसभामा उपाध्यक्ष प्रेमकुमारी पुनले प्रस्तुत गर्नुभएको रु ४३ करोड ५७ लाख ८७ हजार ६ सय बराबरको बजेट पारित भएको हो । उक्त बजेट सामाजिक […]
मंगला गाउँपालिकाले ल्यायो ४४ करोड ८१ लाखको बजेट
विकल्प न्यूज/बेनी असार ७ गते । म्याग्दीको मंगला गाउँपालिकाले आर्थिक बर्ष २०८०÷०८१ का लागि ४४ करोड ८१ लाखको बजेट ल्याएको छ । विहिबार गाउँपालिकाको केन्द्र बाबियाचौरमा आयोजित १६ औँ गाउँसभामा गाउँपालिका उपाध्यक्ष प्रेम कुमारी क्षेत्रीले कुल ४४ करोड ८१ लाख ११ हजार ७ सय रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो । यो बजेट अघिल्लो आर्थिक बर्षको […]
मालिकाको नीति ः ‘खाऔँ आफ्नो बारीको नखाऔँ सीमापारिको’
विकल्प न्यूज\बेनी असार ६ गते । म्याग्दीको मालिका गाउँपालिकाले कृषि क्षेत्रलाई व्यावसायिक बनाउन र स्थानीयवासीको आयआर्जनमा सुधार ल्याउन ‘किसान चौतारी जोतौँ खेतबारी अभियान’ सञ्चालन गर्ने भएको छ । मङ्गलबार दरवाङमा आयोजित गाउँसभाको १३औँ अधिवेशनबाट पारित आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा बाँझो जग्गामा खेती गर्ने किसानलाई प्रोत्साहनका लागि उक्त कार्यक्रम ल्याउन लागिएको जानकारी […]