म्याग्दी प्रवासी संघ(मोना)ंको अध्यक्षमा दधिवल खड्का निर्वाचित

विकल्प न्यूज/बेनी
असोज २७ गते ।

म्याग्दी प्रवासी नेपाली संघ(मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको अध्यक्षमा दधिवल खड्का निर्वाचित हुनुभएको छ । म्याग्दीको बेनीमा जारी पाँचौं महाधिवेशनले खड्कालाई अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित गरेको हो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ घार पुख्र्यौली थलो भएका खड्का यसअघि वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो । अन्य पदहरुमा पनि सर्वसम्मत रुपमा नेतृत्व चयन भएको मोनाले जनाएको छ । निर्वाचित पदाधिकारीहरुको आधिकारिक रुपमा निर्वाचन समितिले भने घोषणा गर्न वाँकी छ ।