विकल्प न्यूज/बेनी
असोज २७ गते ।
विभिन्न पेसा व्यवसाय र रोजगारीका लागि संसारभर छरिएका पर्वतेलीहरुको साझा संस्था अन्तर्राष्ट्रिय पर्वत समाजको चौथो महाअधिवेशन जलजला गाउँपालिका ३ मल्लाज माझफाँटमा शनिबार देखि सुरु भएको छ । महाशिवेशनको उद्घाटन गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्नुभयो ।
महाधिवेशन उद्घाटन पूर्व जलजलाका स्थानीयवासीहरुले पहिचान झल्कीने झाँकी सहितको ¥याली निकालेका छन् । मल्लाज दरबारबाट सुरु भएको झाँकी सहितको ¥याली कोटघरको परिसरमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।
महाधिवेशनमा गैर आवासिय नेपाल संघ अन्तर्राष्ट्रिय समितिका अध्यक्ष कुल आचार्य,अन्य विभिन्न पदमा रहेका सदस्यहरु, प्रवासी पर्वतेलीहरुका विभिन्न पदमा रहेका व्यक्तिहरु,राजनीतिक दलका प्रतिनिधि, पूर्व सांसद,संविधानसभाका सदस्यहरु, पालिकाका जनप्रतिनिधिहरु र स्थानीयवासीहरुको सहभागिता रहेको छ । अधिवेशनले आगमी दुईवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने आयोजकले जनाएका छन् ।