दसैं मनाउन गाउँ फर्किनेको भिड (फोटोफिचर)

विकल्प न्यूज/बेनी
असोज ३ गते । हिन्दुहरुको महान पर्व विजया दशमी नजिकिँदै जाँदा दसैं मनाउन सर्वसाधरणहरु गाउँ फर्किन थालेका छन् । विभिन्न पेसा,रोजगारी र अध्ययनका क्रममा गाउँभन्दा वाहिर भएका सर्वसाधरणहरु दसै मनाउन घर फर्किन थालेका छन् । बेनीको कालिपुल वसपार्क, बेनी नगरपालिका गेट स्थित वस तथा जिप पार्क लगायतका स्थानहरुबाट छुट्ने जिप र वस मार्फत सर्वसाधरणहरु गाउँ फर्किन थालेका छन् । सरकारी कार्यालयहरु आजदेखि नै विदा भएकाले कर्मचारीहरु पनि आजै घर फर्किन थालेका छन् ।