ताजा समाचार:
Search

अन्तर्राष्ट्रिय पर्वत समाजको अधिवेशनमा आएका पाहुनालाई माझफाँटमा भव्य स्वागत (भिडियो\फोटो)

विकल्प न्यूज/जलजला
असोज २६ गते ।

शनिबार देखि सुरु हुने अन्तर्राष्ट्रिय पर्वत समाजको चौथो अधिवेशनमा भाग लिन आएका समाजका पदाधिकारी,सदस्य लगायत पाहुनाहरुलाई जलजला गाउँपालिकाका माझफाँटवासीहरुले भव्य रुपमा स्वागत गरेका छन् । स्थानीय आमा समुह,जनप्रतिनिधि र सर्वसाधरणहरुले मल्लाजको दरबारमा नौमती बाजा सहित भव्य रुपमा स्वागत गरेका हुन । अधिवेशनमा भाग लिन विहिवार साँझ उनीहरु माझफाँटमा आइपुगेका हुन । मल्लाजका महिलाहरुले बजाएको नौमती बाजामा पाहुनाहरु रमाइलो मानेर नाचेका थिए ।

पेसा,व्यवसाय र रोजगारीका क्रममा विभिन्न मुलुकमा पुगेका पर्वतेलीहरुको साझा संस्था अन्तर्राष्ट्रिय पर्वत समाजको भोली कोतघरको प्राङ्गणमा अधिवेशनको उद्घाटनको तयारी गरिएको छ । जलजला गाउँपालिका र स्थानीयवासीहरुले अधिवेशन सफल पार्न आवश्यक तयारी गरेका छन् । अधिवेशनको सवै तयारी पुरा भएको प्रचारप्रसार तथा सूचना सम्प्रेषण उपसमितिका संयोजक नविन जिसीले जानकारी दिनुभयो ।

अधिवेशन उद्घाटनका दिन विभिन्न सोरठी नाच, बाजागाजा, झाँक्री प्रदर्शन लगायत राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने जिसीले बताउनुभयो । अधिवेशनले जलजलाको पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने आशा गरिएको छ ।