अन्तराष्ट्रिय पर्वत समाजमा नयाँ नेतृत्व चयन

विकल्प न्यूज/जलजला
असोज २८ गते ।

अन्तराष्ट्रिय पर्वत समाजको चौथो अधिवेशनबाट गुणराज शर्माको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । संस्थाको बरिष्ठ उपाध्यक्ष रहेका शर्मा सर्वसम्मत रुपमा आगामी २ वर्षे कार्यकालका लागि अध्यक्षमा चयन हुनुभएको हो । जलजला ३ मल्लाज माझफाँटमा सम्पन्न समाजको चौथो अधिवेशनबाट अध्यक्ष लगायत सवै पदाधिकारीहरु सर्वसम्मत रुपमा चयन भएका हुन ।

अध्यक्ष शर्मा हाल स्विटजरल्याण्डमा बसोबास गर्नुहुन्छ । अन्य पदाधिकारी तथा सदस्यहरु पनि सर्वसम्मत रुपमा चयन गरिएको समाजले जनाएको छ । बरिष्ठ उपाध्यक्षमा दधी आचार्य (बेलायत), उपाध्यक्षहरुमा क्रमश बाबुराम शर्मा (अमेरिका), शेषराज तिमिल्सिना (कतार), मणि प्रसाद भुर्तेल (युएई), सुभाष लामिछाने (जापान), महिला उपाध्यक्षमा संगिता कार्की कुँवर (दक्षिण कोरिया), चयन भएका छन् ।

महासचिवमा प्रकाश पौडेल (बेल्जियम) चयन हुनुभएको छ । सचिवमा क्रमश कमल लामिछाने (युएई), रुद्रमणी लम्साल (वेल्जियम), सन्तोष पौडेल (स्पेन), नवीन पराजुली (दक्षिण कोरिया) र रामकृष्ण रेग्मी (क्यानडा) रहनुभएको छ । कोषाध्यक्षमा तिलक सापकोटा (युएई), क्षेत्रीय संयोजकहरुमध्ये मध्य पुर्व संयोजकमा राम शर्मा (बहराइन), एसिया प्यासिफिक संयोजकमा मुक्ती रेग्मी (जापान) र अमेरिका सम्योजकमा रबिन शर्मा चयन भएका छन् ।

समाजको सदस्यहरुमा युवालाल सापकोटा (युएइ), ओम प्रकाश न्यौपाने (युएइ), रमेशराज जैसी (जापान), सेवक वि.क.(कतार), विकास लामिछाने (कतार), नन्दलाल वि.क (कतार) र विनोद जिसी (स्विजरल्यान्ड) चयन भएका छन् । अधिवेशनको उद्घाटन शनिबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्नुभएको थियो । अधिवेशन उद्घाटन पूर्व मल्लाजका स्थानीयहरुले बाजागाजा सहित झाँकी निकालेका थिए ।