Breaking News

छैटौ म्याग्दी महोत्सवको तयारी सुरु

सन्तोष गौतम/विकल्प न्यूज बेनी १३ मंसिर । आगामी माघमा बेनीमा आयोजना गरिएको छैटौ म्याग्दी महोत्सवको तयारी सुरु भएको छ । म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा माघे संक्रान्ति पर्वको अवसरमा पुष २८ देखि माघ ८ गतेसम्म महोत्सवका साथै ४ नम्बर प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, ब्यापार मेला २०७४ आयोजना हुन लागेको हो । संघले बुधबार […]

म्याग्दीमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न,मतपेटीका संकलन सुरु

विकल्प न्यूज/बेनी मंसिर १० गते । आज पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत म्याग्दीका सवै मतदान स्थलहरुमा शान्तिपूर्ण रुपमा मतदान कार्य सम्पन्न भएको छ । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म उत्सापूर्ण सहभागिता जनाउँदै मतदाताले केन्द्रमा पुगेर मतदान गरेका थिए । जिल्लाका ७२ मतदान स्थलका १०६ मतदान केन्द्रमा मतदान सकिएर मुचुल्का उतार्ने र शिल […]

आज निर्वाचन ः मत खसाल्न मतदाता उत्साहित

विकल्प न्यूज/बेनी मंसिर १० गते । दुई वर्ष अघि जारी भएको नेपालको संबिधान २०७२ कार्यान्वयनको क्रममा आज आईतबार निर्वाचन हुँदै छ । निर्वाचनलाई स्वतन्त्र,शान्तिपूर्ण,निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि राजनीतिक दल,प्रशासन र सुरक्षा निकायबाट आवश्यक तयारी गरिएको छ । पहिलो चरणमा म्याग्दी लगायत ३२ जिल्लामा हुन लागेको प्रतिनिधि र प्रदेशसभा चुनावको तयारी पुरा भएको […]

बाबियाचौर र दरवाङमा नमुना मतदान

विकल्प न्यूज/बेनी मंसिर ९ गते । म्याग्दीको मालीका गाउँपालिकाको दरवाङ र मंगला गाउँपालिकाको बाबियाचौर बजारमा नमुना मतदान कार्यक्रम सम्पन्न भएको छ । सहि तरिकाले मतदान गर्ने तरीका सिकाउन र मतदाता शिक्षाको प्रचारप्रसार गर्ने उद्देश्यले जिल्ला निर्वाचन कार्यालयले नमुना मतदानको आयोजना गरेको हो । दरवाङको ईलाका हुलाक कार्यालय अगाडी आयोजित नमुना मतदानमा ७३ र बाबियाचौरमा ६५ […]

निर्वाचनमा यसरी गर्नुस् मतदान

काठमाडौँ, मङ्सिर ९ गते ।   पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदानका लागि अब २४ घण्टाको समय बाँकी छ ।  निर्वाचन आयोगले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाका सबै मतदान केन्द्रमा कर्मचारीसहित आवश्यक सामग्री पु¥याइसकेको छ । शुक्रबारदेखि मतदाता परिचयपत्र वितरण सुरु भएको छ ।  मतदाता परिचयपत्र वितरणसँगै आयोगका कर्मचारीले मतसङ्केतको विधिसमेत मतदातालाई बुझाइरहेका […]

प्रदेश १ का मतदाता भन्छन् ः हामीलाई युवाको खाँचो छ

सन्तोष गौतम /विकल्प न्यूज मंसिर ७ गते । एमाले र माओवादीको चुनावी तालमेल तथा चुनाव लगत्तै पार्टी एकिकरणको घोषणासंगै असोज अन्तिम सातादेखि म्याग्दीमा मंसिर १० गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा माओवादीले जिल्लाका तिन मध्य एक सिट पाउने चर्चा चल्यो । त्यही बेला माओवादीले म्याग्दीमा कुन सिट पाउला र कसलाई उमेद्वार बनाउला भन्ने सबैमा […]

प्रदेश २ का मतदाता भन्छन ः संघर्षशिल महिलालाई जिताउँछौं

विकल्प न्यूज/बेनी मंसिर ७ गते ।म्याग्दी जिल्लामा वाम गठबन्धनको तर्फबाट प्रदेशसभा क्षेत्र नम्बर २ (ख)मा साझा उम्मेदवार बनेकी नरदेवी पुनले बिहीबार पश्चिम म्याग्दीको विभिन्न ठाउँमा घरदैलो र मतदाता भेटघाट गरेकी छिन् । उम्मेदवार पुनसहितको चुनाव प्रचारप्रसारको टोलीले मंगला गाउँपालिका–२ रनबाङ, सहस्रधारा र ५ को छिस्बाङमा घरदैलो र मतदाता भेटघाटमार्फत वाम गठबन्धनको पक्षमा भोट मागेको छ […]

सबैको लोकप्रिय उम्मेदवार थापा

प्रताप बानियाँ/बेनी म्याग्दी, मंसिर ७ ।यही मंसिर १० गते पहिलो चरणमा हुने प्रतिनिधिसभामा वाम गठबन्धनको तर्फबाट म्याग्दीमा उम्मेदवार बनेका नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य भूपेन्द्रबहादुर थापा किसान परिवारको सदस्य हुनुहुन्छ । २०२४ सालमा म्याग्दीको रत्नेचौरमा बुबा शेरबहादुर थापा र आमा केशरकुमारी थापाको कोखबाट यस धर्तीमा पाइला टेक्नुभएका उहाँले सानैदेखि राजनीतिमा चासो राख्नुभएको थियो । छिमेकी […]

कुन गाउँबाट कति भोट आयो ? उम्मेदवारले थाहा पाउने छैनन्

७ मंसिर, काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारले कुन गाउँबाट आफूलाई कति भोट आयो भनेर थाहा नपाउने भएका छन् । निर्वाचन आयोगले मतगणना गर्दा कुन ठाउँबाट कसले कति मत पायो भन्ने थाहा नहुने गरी मतपेटिका मिसाउनु पर्ने नियम र निर्देशिकाबारे निर्वाचन अधिकृतहरुलाई सचेत गराएको छ । हिलो चरणको चुनाव आइतबार हुँदैछ भने दोस्रो चरणको मतदान […]

म्याग्दीको निर्वाचन ः मतदान स्थलमा पुग्दै कर्मचारी(फोटोफिचर)

विकल्प न्यूज/बेनी मंसिर ७ गते । आगमी आइतवार हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाका खटिएका कर्मचारीहरु निर्वाचन सामाग्री बुझेर मतदानस्थल तर्फ खटिन थालेका छन् ।मतदान सामाग्री सहित सुरक्षाकर्मीको साथमा कर्मचारीहरु कार्यक्षेत्रमा प्रस्थान गरेका हुन् । चुनावका लागि म्याग्दीमा आठसय ४७ जना कर्मचारी नियुक्त गरिएको छ । यसैगरी चारसय २२ जना स्वमसेवक खटाइएको छ ।  सदरमुकामबाट दुइदिन […]

निर्वाचन आचार संहिता विरुद्धको उजुरी दुःख दिने हतियार बन्यो

विकल्प न्यूज /विकल्प न्यूज बेनी ६ मंसिर । चुनावलाई निष्पक्ष, भयरहित र स्वच्छ वातावरणमा सम्पन्न गर्न सघाउने उद्देश्यले बनेको निर्वाचन आचार संहिता म्याग्दीमा दुःख दिने हतियार बनेको छ । तालमेल गरेर चुनावी मैदानमा उत्रिएका एमाले र माओवादी केन्द्रको बाम तथा नेपाली काँग्रेस राप्रपाको गठबन्धन निकट शिक्षकहरु हचुवाको भरमा गरिएको उजुरीका कारण बदनामको शिकार बनेका छन् […]

प्रशङ्ग म्याग्दीको निर्वाचन ः ‘लाहुरे’ राजनीति

दुर्गा खनाल, घनश्याम खडा र भीम घिमिरे । मंसिर ५, २०७४ । बेलायती सेनाबाट अवकास पाएपछि राजनीतिमा आएका खमवीर गर्बुजा अहिले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कांग्रेसबाट उम्मेदवार छन् । २०७० को संविधानसभा निर्वाचनमा पराजित भएपनि जिल्लामा पार्टी सभापतिको जिम्मेवारीमा सक्रिय भएका उनी यसपटक पुन: उम्मेदवार बनेका हुन् । ‘लाहुरे’ पृष्ठभूमिबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका उनी जिल्लामा एक्ला उम्मेदवार […]

निर्वाचनको मुखैमा किन आयो शिखवासीको यस्तो अपिल (भिडियो)

विकल्प न्यूज/बेनी मंसिर ४ गते । आसन्न मंसिर १० गते हुने निर्वाचनको मिति नजिकिँदै गर्दा अन्नपूर्ण गाउँपालिका  ५ शिखका वासिन्दाहरुले म्याग्दी जिल्लाका मतदाताहरुमा अनुरोध गर्दै अपिल जारी गरेका छन् । आइतवार बेनीमा पत्रकार सम्मेलन गर्दै विगतमा भिमप्रसाद गौचनबाट पीडित र पीडितका परिवारहरुले उक्त अपिल सार्वजनिक गरेका हुन । तत्कालिन २०४२ चैत्र २० गते शिखमा घटेको हत्याकाण्डका […]

उम्मेदवार थापाले राम्चेवासीलाई भने, “बेलायती पिआरवाला रोज्ने की जनताको सेवक”

विकल्प न्यूज/बेनी मंसिर ४ गते । पार्टी एकताको घोषणा सहित चुनावी तालमेल गरेका नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनले सोमबार अन्नपूर्ण गाउँपालिका ८ राम्चेमा संयुक्त चुनावी आमसभा सम्पन्न गरेका छन ।  आमसभालाई सम्बोधन गर्दै वामगठबन्धन म्याग्दीका प्रतिनिधिसभाका उम्मेद्वार एमालेका बैकल्पीक केन्द्रिय सदस्य भुपेन्द्र थापाले बेलायती पिआरवालाले म्याग्दीको विकास नगर्ने आरोप लगाउनुभयो । “जिवनभर खेती […]

यसरी हुँदै छ म्याग्दीमा मोनाको आवरणमा राजनीति

विकल्प न्यूज/बेनी मंसिर ४ गते । विश्वका विभिन्न देशमा छरीएर रहेका म्याग्देलीहरुको साझा संस्था मानिदै आएको म्याग्दी प्रवासी नेपाली संघ (मोना) राजनीति मुछीएको छ । मोनाको आवरणमा सो संस्थाका केही व्यक्तिहरुले म्याग्दीमा नेपाली काँग्रेसको चुनाव प्रचार गर्न थालेपछि स्वतन्त्र, साझा, सामाजिक र गैरराजनीतिक भनिदै आएको मोनाको भुमिकाप्रति प्रश्न उठेको छ । मोनाका निवर्तमान अध्यक्ष योगेन्द्र […]