निर्वाचनको मुखैमा किन आयो शिखवासीको यस्तो अपिल (भिडियो)

विकल्प न्यूज/बेनी
मंसिर ४ गते ।

shikha shikha 02आसन्न मंसिर १० गते हुने निर्वाचनको मिति नजिकिँदै गर्दा अन्नपूर्ण गाउँपालिका  ५ शिखका वासिन्दाहरुले म्याग्दी जिल्लाका मतदाताहरुमा अनुरोध गर्दै अपिल जारी गरेका छन् । आइतवार बेनीमा पत्रकार सम्मेलन गर्दै विगतमा भिमप्रसाद गौचनबाट पीडित र पीडितका परिवारहरुले उक्त अपिल सार्वजनिक गरेका हुन ।

तत्कालिन २०४२ चैत्र २० गते शिखमा घटेको हत्याकाण्डका वारेमा अपिल जारी गर्दै उक्त घटना मंसिर १० गते हुने प्रदेश सभा निर्वाचन क का उम्मेदवार भिमप्रसाद गौचनले घटाएको आरोप लगाउँदै मतदान नर्गन उनीहरुले अपिल गरेका हुन । यता उम्मेदवार गौचनले भने उक्त हत्याकाण्ड सँग आफ्नो कुनै संलग्नता नभएको बताउँदै आउनुभएको छ । हेर्नुहोस भिडियो