म्याग्दीमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न,मतपेटीका संकलन सुरु

विकल्प न्यूज/बेनी
मंसिर १० गते । DSC_0066आज पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत म्याग्दीका सवै मतदान स्थलहरुमा शान्तिपूर्ण रुपमा मतदान कार्य सम्पन्न भएको छ । dagnamबिहान ७ बजेदेखि साँझ ५ बजेसम्म उत्सापूर्ण सहभागिता जनाउँदै मतदाताले केन्द्रमा पुगेर मतदान गरेका थिए । जिल्लाका ७२ मतदान स्थलका १०६ मतदान केन्द्रमा मतदान सकिएर मुचुल्का उतार्ने र शिल गर्ने काम सम्पन्न भइसकेको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतपेटीकाहरु सदरमुकाम ल्याउनका लागि मतदान स्थलबाट हिडिसकेको जनाइएको छ ।  dagnam 1सदरमुकाम देखि नजिक भएका मतदान स्थलबाट मतपेटी ल्याउने काम सुरु भएको छ । जिल्लामा करिव ६५ प्रतिशत मतदान भएको मूख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत खेमराज पाठकले बताउनुभयो ।

दुर्गम गुर्जाको मतपेटीका भोली सोमवार विहान ११ बजे सम्म हेलिकोप्टरबाट ल्याउने तयारी गरिएको छ । piple