आज निर्वाचन ः मत खसाल्न मतदाता उत्साहित

विकल्प न्यूज/बेनी
मंसिर १० गते ।

namuna 1दुई वर्ष अघि जारी भएको नेपालको संबिधान २०७२ कार्यान्वयनको क्रममा आज आईतबार निर्वाचन हुँदै छ । निर्वाचनलाई स्वतन्त्र,शान्तिपूर्ण,निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि राजनीतिक दल,प्रशासन र सुरक्षा निकायबाट आवश्यक तयारी गरिएको छ ।
पहिलो चरणमा म्याग्दी लगायत ३२ जिल्लामा हुन लागेको प्रतिनिधि र प्रदेशसभा चुनावको तयारी पुरा भएको छ । प्रदेश नम्बर ४ मा पर्ने म्याग्दी जिल्लाका १०६ वटै मतदान स्थलहरुमा बिहीबारनै कर्मचारी र सुरक्षाकर्मीको टोली पुगेर चुनावको तयारी थालेका थिए । सबै मतदान केन्द्रमा मतदान केन्द्रमा सर्वदलीय बैठक बसेर मतदानलाई कसरी शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्ने भन्ने विषयमा छलफल भएको छ ।

नयाँ संबिधानले परिकल्पना गरेको प्रतिनिधि र प्रदेशसभा गठनका लागि पहिलो पटक हुन लागेको चुनावमा भाग लिन मतदाता उत्साहीत भएका छन् । अन्नपूर्ण गाउँपालिका ८ राम्चेका मोतीबहादुर पुर्जाले चुनावपछि संबिधान कार्यान्वयनले पूर्णता पाउनुका साथै शान्ति, विकास र सम्बृद्धिको बाटोमा देश अघि बढ्ने विश्वास गर्नुभयो ।

“राजनीतिक कुरा धेरै भयो अब विकास हुन्छकी भन्ने आशा लागेको छ” पुर्जाले भन्नुभयो “यहाँका प्राकृतिक स्रोत साधनलाई परिचालन गरेर रोजगारी सिर्जना गरेमा जागीर खोज्दै हाम्रा छोरा नाती बिदेशीनुपर्ने थिएन् ।”

पहिलो पटक मताधिकार प्रयोग गर्न लागेका धौलागिरी गाउँपालिका ७ ताकमका गणेश सुवेदी चुनावले आफूलाई उत्साहीत बनाएको बताउनुहुन्छ । “जनप्रतिनिधि चुन्नका लागि मताधिकारको प्रयोग गर्न आतुर छौ” सुवेदीले भन्नुभयो “राजनीतिक स्थिरता कायम भएर विकासले गति लिने, शुषासन कायम हुने र सम्बृद्धि हासील हुने अपेक्षा गरेको छु ।”

जिल्ला निर्वाचन कार्यालयका अनुसार म्याग्दीमा ७५ हजार ५३८ जना मतदाताले चुनावमा भाग लिदैछन् । मतदानका लागि देशका विभिन्न ठाउँमा रहेका सर्वसाधारणहरु आफ्नो नामावली रहेको ठाउँमा पुग्न थालेका छन् । काठमाडौ, पोखरा, बेनी लगायतका ठाउँमा बसोबास गर्ने मतदाताहरु मतदानका लागि गाउँतर्फ हिडेका छन् ।

प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई निर्वाचन क्षेत्र रहेको म्याग्दीमा १३ जना उम्मेदवार रहेपनि एमाले माओवादीको बामपन्थी र काँग्रेस राप्रपाको गठबन्धनबिच कडा प्रतिस्र्धा हुने देखिएको छ । प्रतिनिधिसभामा एमालेका भुपेन्द्र थापा र काँग्रेसका खम्बिर गर्बुजा, प्रदेशसभा क्षेत्र क मा माओवादी केन्द्रका बिनोद केसी र राप्रपाका भिमप्रसाद गौचन, प्रदेशसभा क्षेत्र ख मा एमालेकी नरदेवी पुन र काँग्रेसका अमलाल फगामी मुख्य प्रतिस्पर्धीको रुपमा रहनुभएको छ । bhupendra and khambirम्याग्दीका १०६ मतदान केन्द्रमा सुरक्षाकर्मी र स्वमसेवक बाहेक ८४७ जना शिक्षक कर्मचारीलाई नियुक्ती प्रदान गरि खटाइएको सहायक निर्वाचन अधिकृत राजु ढुङ्गानाले बताउनुभयो । उहाँका अनुसार १०६ जना मतदान र त्यतीकै संख्यामा सहायक मतदान अधिकृत खटिएका छन् । यसैगरी ४२३ जना मतदान सहायक र २१२ जना सहयोगी तथा ४२२ जना स्वमसेवक खटाइने भएको छ ।

मतदानका लागि सुरक्षाकर्मी र कर्मचारी गाउँ गाउँमा पुगेसंगै चुनावी माहौल तातीएको छ । आसन्न चुनावको सम्मुखमा प्रतिस्पर्धी दलहरुबीच सम्भावीत झडपको घटना न्युनीकरणका लागि म्याग्दीमा सुरक्षा निकायले रातको समयमा हुने गतिबिधिलाई निगरानी र नियन्त्रण गर्ने रणनिती लागु गरेका छन् । DSC_0013दल र उम्मेदवारको प्रचारप्रसारका क्रममा उम्मेदवार केन्द्रित सुरक्षा रणनीति अपनाएका सुरक्षा निकायले बिहीबारदेखि मतदान स्थल र सम्भावीत झडपका घटनालाई न्युनीकरणका लागि फरक रणनीति अपनाएका हुन् । मौन अवधिको रातको समयमा प्रतिस्पर्धी दलहरुले मतदातालाई प्रभावीत पार्न खोज्दा विगतमा झडपका घटनाहरु हुने गरेका छन् ।

सम्भावीत झडपका घटना हुन नदिनका लागि राती ८ बजेपछि हिडडुल गर्नेलाई निगरानी र दश बजेपछि हिडडुल गर्नेलाई नियन्त्रणमा लिईने प्रहरी नायव उपरिक्षक बसुन्धरा खड्काले जानकारी दिनुभयो । उहाँले सामाजिक सञ्जाल, मदिरा, पैसा, मोटरसाईकल, गलत मोटीभेसन र शक्ति प्रर्दशनका कारण हुन सक्ने सम्भावीत घटनालाई दृष्टिगत गरी सुरक्षा रणनिती अपनाइएको बताउनुभयो । nardevi and amlal fagamiजिल्लाका सबै ठाउँमा सुरक्षा निकायको उपस्थिती रहेकाले चुनाव बिरोधी गतिबिधि, उमेद्वार आक्रमण र मतदातालाई त्रसीत बनाउनेलाई तत्कालै नियन्त्रणमा लिन सकिने प्रनाउ खड्काले बताउनुभयो । प्रचारप्रसारका क्रममा सुरक्षा चुनौतीको रुपमा रहेको विप्पल नेतृत्वको नेकपाको गतिबिधिलाई समेत निगरानी गरिरहेको प्रहरीले मौन अवधिमा हुने टोल वारलाई थप चुनौतीको रुपमा विश्लेषण गरेको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले चुनावका लागि शतप्रतीशत सुरक्षाको व्यवस्था भएको बताउँदै अब दलहरु आचार संहिता पालनाप्रती संवेदनशिल बन्न आग्रह गर्नुभयो । उहाँले विगतका चुनावमा अशक्त, अपाङ्गको नाममा मतदानका दिन सवारी साधनमा मतदाना ओसार्ने गरीएको भन्दै यसपटक अनुमती लिएका भन्दा अन्य सवारी साधन सञ्चालन हुन नदिने जानकारी दिनुभयो । bhim and binodमुख्य निर्वाचन अधिकृत राजकुमार कोईरालाले मतदान स्थलबाट संकलन केन्द्र हुदै सदरमुकाम ल्याइने मतपेटिका गणना नहुँदा सम्मको लागि सिसी क्यामेराको निगरानीमा राखिने बताउनुभयो । उहाँले निर्वाचन आचार संहिता उल्लङ्घन गर्नेलाई कडाईका साथ कारबाही गरिने भन्दै सचेत बनाउनुभयो ।

पहिलो चरणमा प्रतिनिधि र प्रदेशसभा चुनाव हुन लागेको म्याग्दी लगायत ३२ जिल्लामा शुक्रबारदेखि मौन अवधि सुरु भएको छ । यो अवधिमा पहिलो चरणमा निर्वाचन हुने जिल्लामा कुनै पनि राजनीतिक दल तथा उम्मेदवार निर्वाचन प्रचार प्रसार गर्न पाउने छैनन् । आयोगका अनुसार सञ्चार माध्यमलाई भने ७७ वटै जिल्लामा निर्वाचन आचार संहिता लागु हुनेछ् ।

११ गतेबाट भने आचारसंहिता फुकुवा हुनेछ् । आयोगले आचार संहिता कार्यान्वयन गरे नगरेको अनुगमन गर्न छुट्टै बिशेषज्ञहरुको टोली गठन गरेर अनुगमन भैरहेको जनाएको छ । पहिलो चरणमा चुनाव हुने जिल्लाको मतदान केन्द्रबाट नयाँ मतदाताहरुलाई परिचयपत्र वितरणको काम सुरु भएको छ ।

शनिबारसम्म परिचयपत्र वितरण गरिने म्याग्दीका जिल्ला निर्वाचन अधिकारी केदारनाथ पौडेलले जानकारी दिनुभयो । नयाँ थपिएका मतदातालाई परिचयपत्र वितरणसंगै मतदाता सचेतना अभियान पनि एकैसाथ सञ्चालन गरिने भएको छ ।