प्रदेश १ का मतदाता भन्छन् ः हामीलाई युवाको खाँचो छ

सन्तोष गौतम /विकल्प न्यूज
मंसिर ७ गते । binod kc 3एमाले र माओवादीको चुनावी तालमेल तथा चुनाव लगत्तै पार्टी एकिकरणको घोषणासंगै असोज अन्तिम सातादेखि म्याग्दीमा मंसिर १० गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा माओवादीले जिल्लाका तिन मध्य एक सिट पाउने चर्चा चल्यो । त्यही बेला माओवादीले म्याग्दीमा कुन सिट पाउला र कसलाई उमेद्वार बनाउला भन्ने सबैमा चासो बढ्यो ।

कात्तिक ३ गतेमात्र एमाले माओवादीको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा कसले कुन क्षेत्रमा उमेद्वार उठाउने भन्ने सहमती भएलगत्तै माओवादीले उमेद्वार पनी चयन ग¥यो । एमालेले प्रतिनिधिसभामा बैकल्पीक केन्द्रिय सदस्य भुपेन्द्र थापा र प्रदेशसभा क्षेत्र (ख)मा निवर्तमान सांसद नरदेवी पुनलाई उमेद्वार बनायो भने माओवादीको भागमा परेको प्रदेशसभा क्षेत्र (क)मा युवा नेता बिनोद केसीलाई उमेद्वार बनायो । binod kcक्षेत्र (क)मा उमेद्वारका लागि सुवास बिक, हरि भण्डारीको नाम सिफारीस भएपनी केसी परेका थिएनन् । अगुवा नेताहरु हुदा हुदै ३३ वर्षिय केसीले कसरी टिकट पाए भन्नेमा मात्र होईन् म्याग्दीको राजनितिमा चतुर खेलाडी मानिएका राप्रपाका केन्द्रिय सदस्य ७७ बर्षका भिमप्रसाद गौचनसंगको प्रतिस्पर्धाका कारण उनको चर्चा चुलीएको छ । एमाले र माओवादी केन्द्रको कार्यदलले कात्तिक ३ गते म्याग्दीको प्रदेशसभा क्षेत्र क माओवादीले पाउने सहमती गरेलगत्तै बेनीमा बसेको जिल्ला सचिवालय बैठकले केसीलाई सर्वसम्मत उमेद्वार बनाउने निर्णय गरेको थियो ।

यो निर्णय माओवादी हेडक्वाटरमा पुग्नेवित्तिकै अध्यक्ष प्रचण्डले स्वीकृत गर्दै केसीलाई फोन गरेर अग्रीम बधाई र शुभकामना दिएका थिए । माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा उनको निजी सचिवालयका सदस्य वाईसीएलका नेता पुनम खड्का मार्फत केसी र प्रचण्डको बालुवाटारमा भेट भएको थियो । उनी रघुगंगा गाउँपालीकाको केन्द्र बिवाद समाधानका लागि पहल गरिदिन अनुरोध गर्न प्रचण्डकहाँ पुगेका थिए । उनले म्याग्दीमा एउटा स्थानीय तह थप गरेर केन्द्र बिवाद समाधान गराउन पहल गरेका थिए । Binod KC (9)सो समस्या लिएर उनी काँग्रेस, एमालेका नेताहरुसंगै पनी प्रचण्डकहाँ पुगेका थिए । “पार्टी र गठबन्धनले दिएको अवसरलाई म्याग्देली जनताको हितमा लगाउनेछु” चुनावी प्रचार अभियानमा रहेका केसीले भने “म माओवादी केन्द्र र एमालेको मात्र नभएर समग्र म्याग्देली युवाहरुको पनी प्रतिनिधि हो ।” उमेरका हिसाबले कम भएपनि राजनितिक, सामाजिक क्षेत्रमा केसीले प्रशस्त अनुभव संगालेका छन् । विपक्षिले उनलाई “केटाकेटी” भनेर गरेको टिप्पणी र आरोपको कडा खण्डन गरेका छन् । Binod KCदश वर्षे जनयुद्धका क्रममा दाजु मदन केसीलाई गुमाएका ३३ वर्षिय बिनोद आन्दोलन र बलीदानबाट राजनितीमा होमीएका हुन् । उनले माओवादी जनयुद्धमा भित्री मोर्चामा रहेर जिम्मेवारी निभाएका थिए भने तत्कालिन १९ दिने जनआन्दोलनमा समेत सक्रिय रुपमा भुमिका खेलेका थिए । नेपालमा अहिले आएको परिवर्तनको जग माओावदी जनयुद्धमा केसी पटक पटक तत्कालिन राज्यपक्षबाट पक्राउ परि यातना सहेका थिए । जिल्ला खेलकुद विकास समितिको पुर्व अध्यक्ष रहेका केसी माओवादी केन्द्रको केन्द्रिय महाधिवेशन आयोजक समितिका सदस्य, बेनी नगर कमिटि उपाध्यक्ष, सचिवालय सदस्य हुन् । binod kc 2केसी प्राज्ञिक थलो म्याग्दी बहुमुखी क्याम्पसको सञ्चालक समितिको सदस्य हुन् । म्याग्दी ट्याक्सी व्यवसायी समितिका संस्थापक अध्यक्ष केसी हाल म्याग्दीकाली जिप व्यवसायी समितिको अध्यक्ष, पब्लिक भिजन केवुल नेटवर्कको पदाधीकारी र रेडियो म्याग्दीको उपाध्यक्ष हुन् । केसीले म्याग्दीमा पहिलो पटक २०६२ सालमा ट्याक्सी व्यवसायिहरुलाई एकजुट गरि समिति गठन गर्ने नेतृत्व गरेका थिए । binod kc 00

मजदुरी मार्फत राजनीतिमा प्रवेश गरेका केसीले जिल्लाको विभिन्न क्षेत्रमा रचनातमक योगदान पु¥याउँदै आएका छन् । जिल्ला खेलकुद विकास समितिको अध्यक्ष हुँदा म्याग्दीमा सुस्ताएको खेलकुदलाई क्रियाशिल बनाएको र यातायात सेवालाई मर्यादीत एवं व्यवस्थित बनाउन भुमिका खेलेकाले केसी युवा पुस्तामा बलीयो प्रभाव भएको व्यक्ती मानिन्छन् ।

चुनाव प्रचारको क्रममा एक चरण सबै वडामा पुगेर दोस्रो चरणको अभियानलाई अन्तिम चरणमा पु¥याएका केसीले युवाहरुको समस्यालाई नितीगत रुपमा समाधान गर्ने मुद्दालाई प्राथमिकतामा राखेका छन् । म्याग्दीको पर्यटन, जलस्रोत, कृषि, जडिवुटी र वन पैदावारको परिचालन गरि रोजगारी सिर्जनाको वातावरण बनाउन नितीगत पहल गर्ने केसीको चुनावी मुद्दा छ ।

संबिधानले जनताको आधारभुत आवश्यकतासंग जोडिएका शिक्षा स्वास्थ्य जस्ता अधिकार स्थानीय तहलाई दिएको छ । स्थानीय तहलाई बलियो बनाउँदै स्थानीय सरकारबाट सम्भव हुन नसकेका विकास आयोजना भित्र्याउन र प्रदेशको कानुन निर्माणमा सक्रिय भुमिका खेल्छु” केसी भन्छन् “महत्वाकांक्षी आश्वासन बाँडेर भन्दा जनताको विश्वास जितेर काम गरेर देखाउछु ।”

खानी र पानीको केन्द्र म्याग्दी, बहुमुल्य जडिवुटी, जैवीक बिबिधता युक्त म्याग्दी, धौलागिरी, अन्नपूर्ण, गुर्जा हिमालको काँखमा रहेको म्याग्दी, पर्यटकहरुलाई लोभ्याउने घोडेपानी, पुनहिल, रुप्से, अन्धगल्छी, टोड्के, मालीका, मोहरेडाँडा, रुईसे जस्ता सुन्दर ठाउँ र दर्जनौ प्राकृतिक तातोपानी कुण्ड भएको म्याग्दी, कृषि उत्पादन र पशुपालनमा प्रचुर सम्भावना बोकेको जिल्ला पनी हो । bam myagdiमुक्तिनाथ प्रवेशद्धार गलेश्वर लगायतका धार्मीक स्थल, दुई छिमेकी मुलक भारत र चिन जोड्ने छोटो कालीगण्डकी कोरीडोरको संगम स्थल बन्न पुगेको हाम्रो म्याग्दीबासीको कर्मशिल र पौखरी हातहरुनै विकास र सम्बृद्धीको आधार अनी सम्भावना हो ।

म्याग्दीको सडक, खानेपानी, विद्युत, सञ्चार लगायत पूर्वाधार विकासलाई व्यवस्थित र शिक्षा, स्वास्थ्य सेवाको गुणस्तर सुधार र पहुँच बढाउनु, पर्यटन, जलस्रोत, जडिवुटी, वनपैदावार, कृषि र पशुपालनको यी सम्भावनाहरुलाई व्यवस्थित र परिचालन गरेर जनताको जिवनस्तर सुधार गर्न सकिने केसीको भनाई छ । bam gathabandanपञ्चायतकालमा एक पटक सहायक र दुई पटक राज्यमन्त्री, पहिलो जिल्ला सभापती बनेका प्रजातन्त्रीक गठबन्धनबाट उमेद्वार बनेका राप्रपाका भिमप्रसाद गौचनलाई केसीले टक्कर दिएका छन् । केसीले टिकट पाएपछि माओवादी र एमालेका मात्र नभएर काँग्रेसका युवापुस्ता समेत उत्साहीत भएका छन् । युवाले पाएको अवसरलाई सदुपयोग गर्नुपर्ने म्याग्देली युवाहरुको भनाई छ । Bam Gathabandhan Umedbarनेपालमा निरंकुश राजतन्त्रको अन्त्य गर्ने क्रममा तत्कालिन माओवादीको जनयुद्धमा पटक पटक जेल जिवनमा यातना भोगेका केसी र अहिले आएको परिवर्तनलाई उल्टाउँदै पुनः राजतन्त्र चाहिन्छ भन्ने एजेण्डा लिएर आएका गौचनबिच कस्लाई रोज्लान म्याग्देली जनताले ? आम बौद्धिक तहमा निकै चासोका साथ बहस हुन थालेको छ ।

केसी र गौचनको चनाबी प्रतिस्पर्धालाई अग्रगमन र प्रतिगमन बिचको चुनाबी प्रतिस्पर्धाको रुपमा लिईएको छ । पञ्चायतकालमा दुई पटक राष्ट्रिय पञ्चायत सदस्य बनेका गौचनको प्रजातन्त्र पुर्नवाहली भएपछि जनप्रतिनिधि बन्ने दोस्रो पटकको प्रयासमा केसीको बढ्दो लोकप्रियता चुनौतीका चाँङ बनेर रहेको छ ।

गौचनका बिरुद्ध उमेद्वारी दर्ता गरेका नेपाली काँग्रेसका नेता नेत्रबहादुर महतले उमेद्वार फिर्ता लिएपनी उनको प्रचारमा महत मात्र होईन उनी निकट कुनै पनी काँग्रेस नेता कार्यकर्ता लागेका छैनन् । काँग्रेसका नेता कार्यकर्ताले पञ्चायतकालमा दुख दिएका कारण तालमेल भएपनि भिमप्रसादको पक्षमा प्रचारमा सक्रिय नभएको बताउँछन् ।Bhagabati

उनिहरु जिल्ला सभापति तथा काँग्रेसका प्रतिनिधिसभाका उमेद्वार खम्बिर गर्बुजाको प्रचारमा मात्र केन्द्रित भएकाले पनी माओवादी, एमालेका साझा उमेद्वार केसीलाई सहज भएको छ । काँग्रेसका पुर्व जिल्ला सभापती डाक्टर भुपेन्द्रबहादुर खड्काले गौचनको पञ्चे प्रवृती अझै रहेकाले उनलाई जिताउन नहुने भन्दै सार्वजनिक अपिल गरेका छन् ।

वि.स २०४३ सालमा आफ्ना प्रतिस्पर्धी हरि पाईजा र भुपेन्द्र खड्काको बढ्दो लोकप्रियता देखेर गौचनको योजनामा शिखमा सुरेश गर्बुजा लगायतको हत्या र दर्जनौ व्यक्तिहरुलाई धरपकड गरिएको भन्दै पिडितका आफन्तहरु भिमप्रसादलाई हराउने अभियानमा सार्वजनीक विक्षप्ती निकालेरै लागेका छन् ।

बेनी नगरपालीका, रघुगंगा र अन्नपूर्ण गाउँपालीका समावेश भएको प्रदेश सभाको क्षेत्र नम्बर १ मा ४२ हजार ९९३ जना मतदाता छन् । प्रदेश सभा क को यो निर्वाचन क्षेत्रमा स्थानीय तह निर्वाचनमा वडा अध्यक्षहरुले पाएको मतलाई आधार मान्दा बाम गठबन्धन प्रजातान्त्रीक भन्दा ७५९ मतले अगाडी रहेको छ् । 23380056_1701388296559560_6266498681451064034_nगौचनको गृहगाउँ पाखापानीमा राप्रपाका उमेद्वार स्थानीय तह निर्वाचनमा काँग्रेसका युवा नेता मनकुमार गर्बुजासंग भारी मतान्तरले पराजित भएका थिए । पटक पटक राज्यको माथिल्लो तहमा पुगेको र जिल्लाको विकासवादी नेता भएको दावी गर्ने गौचनले आफ्नै जन्मथलो विकासले पिछदिँदा समेत वास्ता नगरेको र चुनावको बेला मात्र भोट माग्न आउने गरेको भन्दै पाखापानीका बासिन्दा रुष्ट बनेका छन् ।

प्रजातान्त्रीक गठबन्धनका उमेद्वार गौचनलाई कमजोर संगठन, पार्टीमा आएको बिभाजन, काँग्रेसभित्रको असन्तुष्टि चुनौती छ । विगतमा उनले चुनाव जित्न अपनाएको विभिन्न हत्कण्डा यसपटक पनी दोहोरीने होकी भन्ने आशंका पनी उत्तिकै छ ।

गौचनका भाई राप्रपा प्रजातान्त्रीकका केन्द्रिय सदस्य जगतप्रसाद गौचन समेत उनको प्रचारमा सक्रिय छैनन् । स्थानीय तह निर्वाचनमा एमालेसंग तालमेल गरेर बेनपाको उपमेयरमा निर्वाचित राप्रपाकी सञ्जु बरुवालले असहयोग गरेकाले जिसस प्रमुख पद गुमाउनु परेकोमा काँग्रेस कार्यकर्ता राप्रपाप्रती आक्रोशित छन् ।

आफ्नो बलीयो प्रभाव क्षेत्रमा तालमेलका क्रममा राप्रपालाई छाडेको भन्दै काँग्रेसमा तिब्र असन्तुष्टि छ । गौचनको पार्टी राप्रपाको राजसंस्था पुर्नस्थापना गर्ने प्रमुख एजेण्डा हो । माओवादी केन्द्रका उमेद्वार केसीका लागि संगठनात्मक हिसावले कमजोर राप्रपासंगको प्रतिस्पर्धा अनुकुल देखिएको छ ।