ताजा समाचार:
Search

Breaking News

स्थानीय तहका जनप्रतिनिधिको ‘टुक्रे’ योजना मोह

सन्तोष गौतम /विकल्प न्यूज चैत ६ गते । बाजागाजा सहित उद्द्घाटन । बेनी नगरपालिका ३ ज्यामीरेमा निर्माण भएको सडकको माघ तेस्रो सात उद्घाटन गर्नुहँुदै नगरप्रमुख हरिकुमार श्रेष्ठ । नगरपालिकाले एक लाख तिस हजार बजेट बिनियोजन गरेको यो सडक निर्माणका लागि उपभोक्ताले थप एक लाख बिस हजार लगानी गरेका थिए । तस्विर विकल्प न्यूज   चुनावमा बाँडेको […]

गीतले गाउँ चिनाउँदै गीता (भिडियो सहित)

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज चैत ६ गते ।    गीत संङ्गीतका तर्फबाट मनोरञ्जन दिँदै गाउँलाई चिनाउँने अभियानमा गीता पाइजा पुन मगर लाग्नुभएको छ । समुधुर स्वरकी धनी गीताले कला संस्कृति जगेर्नाका साथै गाउँको पहिचानलाई गीत मार्फत प्रचारप्रसार गरेर पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउनुभएको छ । म्याग्दीका पर्यटकीय क्षेत्रहरुको सुन्दरता झल्कीने गरी मौलिक लयमा गीत गाउँने गीता पछिल्लो समय […]

कता हराए म्याग्दीका तिन हजार लघुउद्यमी ?

करोडौ लगानीमा सीप र प्रबिधी पाएका अधिकांश लघुउद्यमी निश्क्रिय सन्तोष गौतम/विकल्प न्यूज बेनी ५ चैत । म्याग्दीमा चौध वर्षको अवधिमा तिन हजार जना लघुउद्यमी तयार भएका छन् । सन २००४ देखि १४ सम्म सञ्चालीत लघुउद्यम विकास र २०१४ देखि २०१८ सम्म सञ्चालनमा रहेको गरिवी निवारणका लागि लद्युउद्यम विकास कार्यक्रम मार्फत तिन हजार ३७ जना लघुउद्यमी […]

गाईपालन र चिजमा रमाउँदै पूर्व लाहुरे

सन्तोष गौतम /बेनी चैत ५ गते । म्याग्दीमा एक पूर्व लाहुरेले सहरको सुख, सुबिधा त्यागेर दुर्गम गाउँमा व्यवसायिक गाईपालन र चिज उद्योग सञ्चालन गरेका छन् । विदेशको कमाईले सहर बजारमा घर घडेरी किनेर गाउँको खेतीयोग्य जमीन बाझै राखी बसाईसराई गर्ने क्रम तिब्र रुपमा बढीरहेको अवस्थामा अन्नपूर्ण गाउँपालिका ८ राम्चेका यामबहादुर पुन गाउँमै उद्यमी बन्नुभएको हो […]

हिमाली पहिचानको खोजी

विकल्प न्यूज/बेनी चैत १ गते । दर्जनौ हिमालहरु रहेको प्रदेश ४ को म्याग्दी जिल्लाको हिमाली पहिचान ओझेलमा परेको छ । संसारको सातौं अग्लो (८,१६७ मिटर) धौलागिरि प्रथमदेखि छैटौँसम्मका चुचुरासँगै अन्नपूर्ण प्रथम, मानापाथी, गुर्जा, चुरेन, पुथा, बराह शिखर, निलगिरि हिमालको दक्षिण र पूर्वी मोहडा म्याग्दीको भुगोलमा समेटीएको छ । धौलागिरी गाउँपालिकाको मुदी, गुर्जा, मल्कवाङ, रघुगंगाको कुइनेमंगले, […]

यस्तो छ स्थानीय तहका जनप्रतिनिधिको दश महिना

सन्तोष गौतम/विकल्प न्यूज फागुन ३० गते । सिंहदरबारको अधिकार गाउँ नगरमा आएको भनेर प्रचार गरिए जस्तो म्याग्दीका स्थानीय तहले जनअपेक्षा अनुसार काम गर्न सकेका छैनन् । स्थानीय तह गठन भएको लामो समय वितिसक्दा पनि जनप्रतिनिधिहरुले आशा लाग्दा योजनाहरु अगाडि सार्न सकेका छैनन् । गत बैशाख ३१ गते भएको चुनावबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुले चुनावमा गरेका […]

कालीगण्डकी करिडोर प्रसारण आयोजनाको निर्माण कार्य तिव्र

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज फागुन ३० गते ।  निर्माणधिन कालीगण्डकी करिडोर प्रसारण लाइन आयोजनाको निर्माण कार्य तिव्र पारिएको छ । २२० केभी क्षमताको दाना देखि कुर्खोट सम्म आयोजनाको निर्माण कार्य धमाधम भइरहेको हो । म्याग्दीको दाना देखि पर्वतको खुर्कोट सम्म विस्तार गरिने २२० केभी क्षमताको प्रसारण लाइनका लागि टावर र सव–स्टेसन निर्माण गर्ने कार्य तिव्रगतिमा अगाडि […]

आहा सडक यस्तो पो ! झिँ–पाखापानी सडक दुइ लेनको

सन्तोष गौतम /विकल्प न्यूज फागुन २९ गते ।  झिँमा सडकमा सोलीङ गर्दै स्थानीयबासीन्दा । तस्विर नवविकल्प झिँ म्याग्दीको रघुगंगा गाउँपालिकाको झि–पाखापानी सडकलाई दुइ लेनको बनाउने काम सुरु गरिएको छ । रघुगंगा गाउँपालिकाले बेनपा १० पात्लेखेतको सिमानादेखि वडा न. ५ झिँ हुदै ६ नम्बर वडा पाखापानी जोड्ने सडकलाई दश मिटर फराकीलो बनाउन लागेको हो । झिँ […]

माइतीका दुई पाठापाठीले विष्णुलाई बनायो लखपति

सन्तोष गौतम /विकल्प न्यूज विकल्प न्यूज/बेनी फागुन २९ गते । दुईचार हजार रुपैयाँ आवश्यक पर्दा साहुकहाँ ऋण माग्न जानुपर्ने समस्याबाट मुक्त भएकोमा अन्नपूर्ण गाउँपालिका ६ कुटमुनीकी बिष्णु खड्का दंङ्ग पर्नुभएको छ । दशक अघि माइतीबाट दुई वटा पाठापाठी ल्याएर बाख्रा पाल्न सुरु गरेकी खड्काले अहिले बाख्रा बेचेरै वार्षिक दुई देखि तिन लाख सम्म आम्दानी गर्नुहुन्छ […]

प्रगति निराशाजनक ः नौ महिनामा बेनपाको बाईस प्रतिशत योजना सम्पन्न

सन्तोष गौतम/विकल्प न्यूज बेनी २८ फागुन । बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०७४/७५ मा बजेट बिनियोजन गरेका मध्य करिब नौ महिनाको अवधिमा बाईस प्रतिशत मात्र भौतिक पूर्वाधार योजनाको काम सम्पन्न भएको छ । बेनीमा सोमबार भएको दोस्रो नगरसभामा उपप्रमुख सञ्जु बरुवालले २५० वटा पूर्वाधार योजनाका लागि बजेट बिनियोजन भएकोमा आईतबार सम्म २२३ वटाको सर्वेक्षण, २१४ […]

नगरसभामा जनप्रतिनिधि र कर्मचारीको जुहारी

सन्तोष गौतम /विकल्प न्यूज बेनी २८ फागुन । नगरसभाका सदस्यहरुले प्रस्तुत गरिएको बिधेयकको अध्ययनको लागि समय माग गरेपछि सोमबार सुरु भएको बेनी नगरपालिकाको दोस्रो नगरसभा स्थगित भएको छ । नगरप्रमुख हरिकुमार श्रेष्ठले आर्थिक कार्यबिधी नियमित तथा व्यवस्थित गर्न बनेको ऐन २०७४ नगरसभामा प्रस्तुत गर्नुभएको थियो । कार्यपालिकाको आईतबारको बैठकले गरेको निर्णय अनुसार सभामा बिधेयक प्रस्तुत […]

लक्ष्य अघिनै निर्माण भएको राखु भगवती स्वास्थ्य चौकीको भवन हस्तान्तरण

धिरन खत्री /विकल्प न्यूज भगवती २८माघ ।  म्याग्दीको रघुगंगा गाउँपालिका २ भगवती स्थित स्वास्थ्य चौकीको भवन निर्माण भएको छ । सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङको एक करोड ३८ लाख २० हजार ८४३ रुपैयाँको लगानीमा दुई तले दश कोठे सुबिधासम्पन्न भवन निर्माण गरेको हो । भवनको भुई तलामा बिरामीको स्वास्थ्य परिक्षण, औषधि भण्डारण, […]

आहा कुँडुलेको सुन्दरता !

विकल्प न्यूज/बागलुङ फागुन २७ गते । आहा कुँडुलेको सुन्दरता ! बागलुङको पञ्चकोटबाट देखिने बागलुङ नगरपालिका ४ कुँडुले । यहाँ व्यवसायिक तोरी खेती गर्ने गरिन्छ । तस्विर चन्द्रप्रकाश शर्मा

करबाकेलीमा सामुदायिक होटल

विकल्प न्यूज/बेनी करबाकेली,फागुन २७ गते । करबाकेलीमा खोलीएको सामुदायिक होटल । ठाकुरप्रसाद आचार्य/नवविकल्प  अन्नपूर्ण गाउँपालिका ८ राम्चेका स्थानीयवासीहरुले प्रशिद्ध धार्मिक स्थल करबाकेलीमा सामुदायिक होटल सञ्चालन गरेका छन् । अन्नपूर्ण पदमार्गको भ्रमणमा आउने आन्तरिक एवम् वाह्य पर्यटकहरुलाई खान र वस्नको सुविधा दिनका लागि सामुदायिक होटल खोलेका हुन । करबाकेली बाबा संरक्षण समितिको व्यवस्थापनमा सुबिधासम्पन्न होटल सञ्चालन […]

म्याग्दीमा अपारदर्शी रुपमा “डोजर” प्रयोग

सन्तोष गौतम/विकल्प न्यूज फागुन २२ गते ।  बेनपा २ को दारिम्बोटमा उपभोक्ता समितिले भाडामा लिएको डोजर प्रयोग गरेर सडक फराकीलो बनाईदै । तस्विर नवविकल्प म्याग्दीका स्थानीय तहले सञ्चालन गरेका सडक आयोजनामा अपारदर्शी रुपमा “हेभी ईक्युभमेन्ट”को प्रयोग भएको छ । उपभोक्ता समितिले जिल्ला दररेट र सार्वजनिक खरिद ऐन विपरीत प्रतिस्पर्धा नगराई मौखीक सहमतीको आधारमा आफू अनुकुलका […]