गाईपालन र चिजमा रमाउँदै पूर्व लाहुरे

सन्तोष गौतम /बेनी
चैत ५ गते । cow farm ramcheम्याग्दीमा एक पूर्व लाहुरेले सहरको सुख, सुबिधा त्यागेर दुर्गम गाउँमा व्यवसायिक गाईपालन र चिज उद्योग सञ्चालन गरेका छन् । विदेशको कमाईले सहर बजारमा घर घडेरी किनेर गाउँको खेतीयोग्य जमीन बाझै राखी बसाईसराई गर्ने क्रम तिब्र रुपमा बढीरहेको अवस्थामा अन्नपूर्ण गाउँपालिका ८ राम्चेका यामबहादुर पुन गाउँमै उद्यमी बन्नुभएको हो ।

भारतीय, बेलायती गोर्खा सैनीक, युरोप, अमेरीका देखि खाडी मुलुकमा रोजगारी गर्ने म्याग्देलीहरु सहरी क्षेत्रमा बसाईसराई गर्ने क्रम तिब्र रुपमा बढीरहेको अवस्थामा भारतीय सेनाका पेन्सनर पुनले सञ्चालन गरेको गाईपालन र चिज उद्योगमा अरुले समेत रोजगारी पाएका छन् ।

“भारतीय गोर्खा सैनीकबाट पेन्सन आएपछि आठ वर्ष अफगानीस्तामा काम गरे” पुनले भन्नुभयो “बजारमा बस्न पुगेपनि उद्यम र समाजसेवा गर्ने भावनाले गाउँ फकीए ।” धेरै सहपाठीले पोखरा, काठमाडौ, बुटबलमा बसाई सरेर गएपनि गाउँनै प्यारो भएको पुनले बताउनुभयो ।

दुई वर्षअघि सात लाख रुपैयाँको लगानीमा उहाँले स्थापना गरेको राम्चे चिज उद्योगमा पुन र उनकी श्रीमती बाहेक अरु २ जनाले रोजगारी पाएका छन् । बाच्छाबाच्छी सहित जर्सी जातका आठ वटा गाई पालेका पुनले मासीक दुई सय किलोग्राम चिज उत्पादन गर्नुहुन्छ ।

प्रतिकिलो ७५० रुपैयाका दरले बेनी, नांगी, मोहरेडाँडा, घोडेपानी, घान्द्रुकका होटलमा चिज बिक्री हुने गरेको पुनले बताउनुभयो । “चिजको माग अत्याधिक छ” उहाँले भन्नुभयो “माग धान्न नसकेपछि क्षमता बढाउने योजना बनाएको छु ।” DSC01204उद्योगलाई दर्ता गरेर थप व्यवस्थित र व्यवसायिक हिसावले सञ्चालन गर्ने तयारी गरेको पुनले बताउनुभयो । प्रोटीनयुक्त चिज पर्यटकीय क्षेत्रमा बढी मात्रामा खपत हुने गरेको छ । उहाँ स्थानीय तह निर्वाचनमा वडा सदस्यमा चिर्वाचित भएका थिए ।

“सहरको सुबिधा भन्दा गाउँकै हावापानी र जनताको सेवालाई प्राथमिकता दिएको छु” उहाँले भन्नुभयो “बसाईसराईका कारण बाँझीएको जग्गालाई प्रयोगमा ल्याउन र बसाईसराई रोक्न नीतिगत रुपमा गाउँपालिकामा आवाज उठाएको छु ।” तस्विर ठाकुरप्रसाद आचार्य