Breaking News
कस्तो रहला म्याग्दीको “क्याबिनेट कनेक्सन”?

सन्तोष गौतम/विकल्प न्यूज चैत २८ गते । संघिय सरकारको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा र प्रदेश ४ को सामाजिक विकास मन्त्री नरदेवी पुन । दुई महिला नेता मन्त्री बनेसंगै म्याग्दीले संघीय र प्रदेश सरकारमा बलियो उपस्थिती जनाउने अवसर पाएको छ । संघीय सरकारको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा थममाया थापा र […]
लालीगुराँसको संरक्षण गरेर पर्यटन प्रवद्र्धन

सन्तोष गौतम /विकल्प न्यूज चैत २८ गते । पर्यटक आकर्षीत गर्न म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा रहेको गुरासँको जंगल संरक्षणमा स्थानीयबासी अग्रसर भएका छन् । बसन्त ऋतुमा पाखाभरी ढकमक्क फुल्ने लालीगुराँस पर्यटक भित्र्याउने माध्यम बनेको छ । अन्नपूर्ण गाउँपालिकाको ५, ६, ७ र ८ नम्बर वडामा फैलीएको राष्ट्रिय फुल लालीगुराँसको जंगल संरक्षण गरी आन्तरिक तथा बाह्य पर्यटकलाई […]
म्याग्दीका पर्यटकीय क्षेत्रमा पर्यटकको चहलपहल

विकल्प न्यूज/बेनी चैत २८ गते । म्याग्दीका पर्यटकीय क्षेत्रहरुमा चहलपहल सुरु भएको छ । सिजन सुरु भए सँगै आन्तरिक एवम् बाह्य पर्यटकहरुको चहलपहल वढेको हो । जिल्लाको घोडेपानी, पुनहिल, खोप्रा, मोहरेडाँडा, अन्नपूर्ण धौलागिरी सामुदायिक पदमार्ग, टोड्के, धौलागिरी र अन्नपूर्ण आधार शिवीर, धौलागिरी चक्रिय, गुरील्ला पदमार्ग, सिंगा र भुरुङमा रहेका तातोपानी कुण्डहरुमा पर्यटकको निकै भीड लागेको […]
औषधि बोकेर उड्यो ड्रोन…

घनश्याम खड्का /बेनी चैत २७ गते । अन्नपूर्ण गाउँपालिका–८ नागीस्थित हिमाञ्चल विद्यालयको चौरबाट आइतबार उडेको ड्रोन पारिको राम्चे गाउँ पुग्यो । करिब डेढ किलोमिटर लामो यात्रा गरेको यो ड्रोन रित्तो थिएन । यसको पिठ्युँमा थियो– एक किलो औषधिको बाकस । राम्चेको हेल्थपोस्टमा जमिनदेखि करिब १५ मिटर उचाइबाट औषधि खसालेर ड्रोन पुन: नागी फर्कियो । आठवटा पंखा जोडिएको यो अप्टोकप्टरको समुद्री […]
यसरी समृद्ध बन्न सक्छ प्रदेश ४

दिवाकर पौडेल/विकल्प न्यूज चैत २४ गते । नेपालको संबिधान २०७२ जारी भई देश संघिय गणतन्त्रको मार्गमा बढ्दो बालक झैं टुकु टुकु पाईला चालिरहेको छ। यसक्रममा तीन तहको निर्वाचन सम्पन्न भई तिनै तहको सरकारको अभ्यास शुरु भइसकेको छ । मुलुकका ७ प्रदेशहरु मध्ये ४ नं. प्रदेश हर हिसाबले मिलेको र बिकासका प्रशस्त सम्भावनाहरु बोकेको प्रदेशको रुपमा […]
अतिक्रमण हटाउन बेवास्ता

सन्तोष गौतम/विकल्प न्यूज चैत २० गते । बेनपा ९ गलेश्वरमा सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएको संरचना र ईन्टेकमा अख्तियारले गरेको पत्रचारको मुख्य बुँदा । तस्विर नवविकल्प बेनी नगरपालिका ९ गलेश्वरमा भएको सार्वजनिक जग्गा अतिक्रमण हटाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको निर्णय र निर्देशन बर्षौसम्म कार्यान्वयन हुन सकेको छैन् । सरोकारवाला निकायकै बेवास्ता र अलमलका कारण […]
निर्माण व्यवसायीको उदाहरणीय कार्य ः ः एक वर्षको काम पाँच महिनामै सकियो

विकल्प न्यूज/बेनी चैत २० गते । बेनी बजार संरक्षण कार्यक्रम अन्तरगत मंगलाघाट स्थित म्याग्दी नदी किनारमा निर्माण भएको मेसीनरी पर्खाल । तस्विर नवविकल्प एक वर्षमा सम्पन्न गर्ने लक्ष्य सहित जलउत्पन्न प्रकोप व्यवस्थापन कार्यालय बागलुङद्धारा सञ्चालीत बेनी बजार संरक्षण आयोजना अन्तरगत दोस्रो प्याकेजको नदी नियन्त्रण योजनाको काम लक्ष्य भन्दा सात महिना अघिनै सकिएको छ । सडक, […]
प्रस्तावित सामुदायिक अस्पताललाई करीब २ करोड सहयोग

सन्तोष गौतम/विकल्प न्यूज बेनी १८ चैत । बेनीनगरपालिका १० पात्लेखतमा स्थानीयस्तरबाट सञ्चालन हुन लागेको १५ शैयाको सामुदायिक अस्पतालका लागि पाँच रोपनी जग्गा निशुल्क प्रदान गरेका छन् । प्रस्तावित रघुनाथ भद्रकाली स्मृति समुदायिक अस्पतालका लागि राधाकृष्ण शर्माले उक्त जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाएका हुन् । अस्पतालका लागि शर्माको व्यक्तिगत एक करोड रुपैयाँ र स्थानीयको ३० लाख […]
गलेश्वर–काउलेगौडा सडकको स्तरोन्नती

सन्तोष गौतम/विकल्प न्यूज बेनी १५ चैत । बेनी नगरपालिका ९ को गलेश्वर देखि काउलेगौडा हुदै १० नम्बर वडा पात्लेखेत जोड्ने सडक स्तारोन्नती कार्य सुरु भएको छ । एक दशक अघि स्थानीयबासीन्दाले चन्दा संकलन गरेर ट्याक खोलेको सडक फराकीलो, घुम्ती तथा मोड सुधार, ग्रेड मिलाउने, नाली, कजवे बनाउने, पर्खाल लगाउने, सोलीङ गर्ने र नालीको भल ब्यवस्थापनका […]
बेनी–जोमसोम सडकमा सवारी रोकेर स्तारोन्नतीको काम गरिने

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १५ चैत । म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसंग जोड्ने बेनी–जोमसोम सडक स्तरोन्नतीका लागि म्याग्दी खण्डमा शुक्रबारदेखि दैनिक आठ घण्टा सवारी रोकीने भएको छ । भारत र चिन जोड्ने राष्ट्रिय गौरबको कालीगण्डकी कोरीडोर अन्तरगत बेनी–जोमसोम–कोरला सडक आयोजनाले स्तारोन्नतीको कामलाई तिब्रता दिन ७६ किलोमिटर दुरीको बेनी जोमसोम सडकमा सवारी […]
सिंहदरबार नपुगेको गाउँ

सन्तोष गौतम/विकल्प न्यूज चैत १४ गते । धौलागिरी गाउँपालिकाको मुदीका बिरामीलाई डोकोमा बोकेर उपचारका लागि स्वास्थ्य संस्थामा लैजाने क्रममा मच्छिममा खिचिएको तस्विर । तस्विर नवविकल्प लुलाङ/ धौलागिरी गाउँपालिका १ गुर्जाका जंगबिर छन्त्याल एक वर्षअघि घोरेटो बाटो खन्ने क्रममा भिरबाट खसेको ढुङ्गाले लागेर दायाँ साप्रा भाँच्चीएपछि घटनास्थलमै बेहोस हुनुभयो । छिमेकी गाउँ लुलाङ देखि कम्तीमा आठ […]
प्राकृतिक स्रोतको व्यवस्थापन गरेर जनताको जिवनस्तर बदल्छौं

विकल्प न्यूज/बेनी चैत १४ गते । साविकका गुर्जा, लुलाङ, मुना, मुदी, मराङ, मल्कवाङ र ताकम गाविसको एक हजार ३७ वर्गकिलोमिटर क्षेत्रफलमा फैलीएको धौलागिरी गाउँपालिका म्याग्दीको दुर्गम र बिकट भुगोलमा अवस्थित छ । वि.स २०६८ को जनगणना अनुसार १४ हजार १०४ जनसंख्याको बसोबास रहेको यो गाउँपालिकाको अध्यक्षको रुपमा महिला नेता थमसरा पुनले नेतृत्व सम्हालेको दश महिना […]
म्याग्दीका वडाध्यक्षहरु आर्थिक संकटमा

विकल्प न्यूज/बेनी चैत १३ गते ।मंगला गाउँपालिका २ बाबियाचौरका वडा अध्यक्ष धनबहादुर खाती कार्यकक्षमा काम गर्नुहँुदै । तस्विर नवविकल्प गैरसरकारी संस्थाको जागीरबाट राजीनामा दिएर राजनीतिमा होमीएका धौलागिरी गाउँपालिका १ गुर्जाका झकबहादुर छन्त्याललाई एक महिनामै सफलता मिल्यो । जडिवुटीको ब्यापार र सामाजिक परिचालकको रुपमा काम गरेका छन्त्याल गत बैशाखमा भएको स्थानीय तह निर्वाचनमा वडा अध्यक्षमा निर्वाचित […]
कालिगण्डकी करिडोर सडक आयोजनालाई ३० करोड थपियो

विकल्प न्यूज/बेनी चैत १० गते । राष्ट्रिय गौरबको कालिगण्डकी करिडोर सडक आयोजनालाई अर्थमन्त्रालयले ३० करोड रकम विनियोजन गरेको छ । विभिन्न शीर्षकमा विनियोजितमध्ये खर्च नभएको रकम तानेर कालिगण्डकी करिडोर सडक अयोजनालाई रकमान्तर गरिएको हो। फागुनको अन्तिम साता आयोजनालाई रकम उपलब्ध गराइएको अर्थ मन्त्रालयले जनाएको छ। विनियोजित बजेट अपुग भएपछि अर्थ मन्त्रालयले नेपाल– चीन जोड्ने कालीगण्डकी […]
सूर्यनारायण पुरस्कार २०७४ बाट डा. बानियाँ सम्मानित

विकल्प न्यूज/बेनी चैत ८ गते । सूर्य नारायण पुरस्कार संस्था बेनी म्याग्दीले १५ औं सूर्यनारायण पुरस्कार साहित्यकार डा. कर्णबहादुर बानियाँलाई प्रदान गरेको छ । बेनीमा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष देवेन्द्रवहादुर केसी र संस्थाका अध्यक्ष सुवर्णकुमार श्रेष्ठले नेपाली लोकसंस्कृति,कला र साहित्यको विकासमा योगदान पु¥याएको भन्दै डा. बानियाँलाई रु १५ हजार रुपियाँ राशिको पुरस्कार सहित […]