गलेश्वर–काउलेगौडा सडकको स्तरोन्नती

सन्तोष गौतम/विकल्प न्यूज
बेनी १५ चैत । Galeshower Kaulegauda Road (15)बेनी नगरपालिका ९ को गलेश्वर देखि काउलेगौडा हुदै १० नम्बर वडा पात्लेखेत जोड्ने सडक स्तारोन्नती कार्य सुरु भएको छ । एक दशक अघि स्थानीयबासीन्दाले चन्दा संकलन गरेर ट्याक खोलेको सडक फराकीलो, घुम्ती तथा मोड सुधार, ग्रेड मिलाउने, नाली, कजवे बनाउने, पर्खाल लगाउने, सोलीङ गर्ने र नालीको भल ब्यवस्थापनका लागि ह्युम पाईप राखिएको हो ।

बेनी–पाखापानी सडकको बेनी पात्लेखेत खण्डको बैकल्पीक सडकको रुपमा रहेको बेनी गलेश्वर काउलेगौडा हुदै पात्लेखेत जोड्ने सडकमा सहज रुपमा नियमित सवारी सञ्चालनको व्यवस्था मिलाउन स्तारोन्नती गर्न लागिएको उपभोक्ता समितिले जनाएको छ ।
चालु आर्थिक वर्षमा बेनी नगरपालीकाको सहयोगमा गलेश्वर देखि काउलेगौडा सम्मको करिब तिन किलोमिटर सडक स्तारोन्नतीको काम सकिएको गलेश्वर काउलेगौडा पात्लेखेत सडक आयोजनाको उपभोक्ता समितिका अध्यक्ष तेजेन्द्र बानियाले बताउनुभयो । Galeshower Kaulegauda Road (14)नगरपालिकाको नौ लाख ६५ हजार रुपैयाँ अनुदान र उपभोक्ताको एक लाख ७० हजार २९४ रुपैया बराबरको श्रमदानमा स्तारोन्नतीको काम सकिएको उहाँले बताउनुभयो । यसअघि साढे तिन मिटर चाक्लो रहेको सडकलाई कम्तीमा ४ देखि साढे छ मिटर फराकीलो बनाइएको छ । सडकको कुनातर्फ कच्चि नाली बनाइएको छ ।

५० मिटर सडकमा ढुङ्गा बिछ्याएर सोलीङ गरिएको छ । बार्नेखोला क्षेत्रमा ८ मिटर लामो कजवे बनाइएको छ । पाँच थान ग्यावियन पर्खाल लगाउने र नालीको भल ब्यवस्थापनका लागि ह्युम पाईप राखिएको छ । स्तारोन्नतीपछि गलेश्वरदेखि काउलेगौडासम्म ट्याक्सी र स्कुटर तथा माईक्रोबस सहज रुपमा आवत जावत गर्न सक्ने भएको छ ।  Galeshower Kaulegauda Road (8)पाँच सय घरधुरी लाभान्वित भएका छन् । काउलेगौडाका ६३ घरधुरीले एक दिनका दरले श्रमदान गरेका थिए । १५ जनाले १५ दिनसम्म रोजगारी पाएका थिए । चैत तिस गतेसम्म सम्पन्न गर्ने लक्ष्य भएपनि पन्ध्र दिनअघिनै काम सकिएको अध्यक्ष बानियाले बताउनुभयो ।

सडक विस्तारका क्रममा केही जग्गा धनीको अवरोध योजनाका लागि चुनौती बनेको थियो । वि.स २०६३ मा स्थानीयबासीले तिन लाख ७५ हजार रुपैया चन्दा संकलन गरेर गलेश्वर देखि काउलेगौडा गिठेनी हुदै पात्लेखेत जोड्ने सडक निर्माण गरेका थिए । Galeshower Kaulegauda Road (5)यो सडकमा हालसम्म ३५ लाख रुपैया लगानी भएको छ । आगामी वर्ष काउलेगौडा देखि पात्लेखेततर्फ सडक स्तारोन्नती गर्दै जाने योजना रहेको उपभोक्ता समितिका सचिव नारायण खत्रीले बताउनुभयो । Galeshower Kaulegauda Road (2)यसैबीच बेनपा ९ को सल्लेरी नरवुद्धी आधारभुत विद्यालयमा बेनपाको एक लाख अनुदान र उपभोक्ताको १८ हजार रुपैया बराबरको श्रमदानमा ४५ मिटर ढुङ्गाको सिढी सहितको पदमार्ग र ३० मिटर लम्बाई तथा नौ मिटर उचाईमा घेराबार गरिएको छ ।